जर्जियामा हुन्डाईको इभी ब्याट्री कारखानामा ‘आइस’को छापा



प्रकाशित मिति : भाद्र १८, २०८२ बिहीबार

जर्जियामा हुन्डाईको इभी ब्याट्री कारखानामा ‘आइस’को छापा

आइस अधिकारी । फाइल तस्वीर । स्रोत : अमेरिकी इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट

अमेरिकी आप्रवासन अधिकारीहरूले छापा मार्ने क्रमलाई निरन्तरता दिएका छन्। यसै क्रममा उनीहरूले दक्षिणपूर्वी जर्जियामा रहेको हुन्डाईको विद्युतीय सवारीसाधन निर्माण स्थलमा छापा मारेका हुन्।

आप्रवासन अधिकारीहरूको छापापछि, त्यहाँ नजिकै निर्माणाधीन ब्याट्री कारखानाको काम तत्काल रोकिएको छ। यो कारबाही जर्जियाको इतिहासकै सबैभन्दा ठूलो लगानीको उद्योग स्थलमध्ये एकमा केन्द्रित भएको हो।

हुन्डाई मोटर ग्रुपले करिब ७.६ बिलियन डलरको लागतमा एक वर्षअघि इभी उत्पादन सुरु गरेको थियो । जसमा करिब १,२०० कर्मचारी कार्यरत छन्।

जर्जियामा हुन्डाईको इभी ब्याट्री कारखानामा ‘आइस’को छापा

अमेरिकी आप्रवासन तथा सीमा सुरक्षा निकाय (आइस) का प्रवक्ताले सभारना नजिकै रहेको करिब ३,००० एकड क्षेत्रफलमा फैलिएको स्थलमा सङ्घीय अधिकारीहरूले कारबाही गरिरहेको पुष्टि गरेका छन्। उनका अनुसार, छापा मुख्यतयाः ब्याट्री प्लान्ट निर्माण स्थलमा केन्द्रित थियो।

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले एजेन्टहरूले “अवैध रोजगारीसम्बन्धी गतिविधि र अन्य गम्भीर सङ्घीय अपराध” सँग सम्बन्धित आपराधिक अनुसन्धानका क्रममा खोज तथा पक्राउको निर्देशन कार्यान्वयन गरेको बताएको छ। छापामा कति जना पक्राउ परे, त्यसको सङ्ख्या भने दिइएको छैन।

छापा मार्ने क्रममा जर्जिया स्टेट पेट्रोलका सुरक्षाकर्मीहरूले हुन्डाई स्थल जाने सडक अवरुद्ध गरेका थिए। राज्यको सार्वजनिक सुरक्षा विभागले सङ्घीय निकायलाई सहयोग गर्न उनीहरूलाई खटाइएको पुष्टि गरेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सामूहिक निष्कासन नीति अन्तर्गत छापा मार्ने कार्यलाई प्राथमिकता दिँदै आएको छ। यस अन्तर्गत खेतीबारी, निर्माण स्थल, रेस्टुरेन्ट र गाडी मर्मत केन्द्रहरूमा समेत आप्रवासन अधिकारीहरूले छापा मारिरहेका छन्।

प्यू रिसर्च सेन्टरले गरेको अध्ययनले जनवरीदेखि जुलाईसम्म अमेरिकाको श्रमबजारमा करिब १२ लाखभन्दा बढी आप्रवासी घटेको जनाएको छ। यसमा कागजातविहीन र कानुनी रूपमा बसोबास गर्ने दुवै खालका आप्रवासी समावेश छन्।

जर्जियामा हुन्डाईको इभी ब्याट्री कारखानामा ‘आइस’को छापा

ब्रायन काउन्टीमा इन्टरस्टेट १६ नजिक रहेको सोही स्थानमा हुन्डाईले विद्युतीय सवारी उत्पादनका अतिरिक्त एलजी इनर्जी सोलुसनसँग साझेदारी गरी ब्याट्री प्लान्ट पनि बनाउँदै छ। यो प्लान्ट अर्को वर्ष सञ्चालनमा आउने लक्ष्य राखिएको छ।

संयुक्त लगानी कम्पनीले विज्ञप्ति जारी गर्दै निर्माण कार्य अस्थायी रूपमा रोकिएको जनाएको छ। यद्यपि, हुन्डाईको विद्युतीय सवारी उत्पादनमा भने कुनै प्रभाव परेको छैन।





Source link

Leave a Comment