चीनले अमेरिकी उत्पादनमा १० देखि १५ प्रतिशतसम्म कर लगायो



प्रकाशित मिति : माघ २२, २०८१ मंगलबार

चीनले अमेरिकाबाट आयात हुने कोइला र तरलीकृत प्राकृतिक ग्यासमा १५ प्रतिशत भन्सार दर लगाउने बताएको छ ।

बेइजिङको वित्त मन्त्रालयले अमेरिकाबाट कच्चा तेल, कृषि मेसिनरी, ठूला विस्थापन सवारी साधन र पिकअप ट्रकको आयातमा १० प्रतिशत भन्सार महसुल लगाउने पनि घोषणा गरेको छ ।

बेइजिङका अनुसार नयाँ उपायहरू अमेरिकाले लगाएको ‘एकतर्फी भन्सार दर वृद्धि’ को प्रतिक्रियामा आएका हुन् ।

चीनले अमेरिकी उत्पादनमा १० देखि १५ प्रतिशतसम्म कर लगायो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार चीनबाट आउने सामानहरूले उनीहरूले पहिले नै वहन गरेको भन्सार दरमाथि थप १० प्रतिशत भन्सार दर लगाइने घोषणा गरेका थिए ।

गैरकानूनी आप्रवासी र फेन्टानिलसहितका लागुऔषधको अमेरिकामा प्रवाह रोक्न असफल भएका देशहरूलाई सजाय दिने उद्देश्यले यी कदमहरू चालिएको ट्रम्पले बताएका छन ।

चीनले अमेरिकी कदमले विश्व व्यापार सङ्गठनका नियमहरूको गम्भीर उल्लङ्घन गरेको बताएको छ ।

अर्को सोमबारदेखि लागु हुने चीनको करको घोषणा ट्रम्पले आगामी २४ घन्टामा राष्ट्रपति सी जिनपिङसँग फोनमा कुरा गर्ने घोषणा गरेको केही समयपछि गरिएको हो ।

क्यानाडा, चीन र मेक्सिको अमेरिकाका तीन सबैभन्दा ठूला व्यापारिक साझेदार हुन् । यो व्यापार युद्ध होइन, यो लागुऔषधको युद्ध हो भनेर अमेरिकाले बताउदै आएको छ ।

चीनले अमेरिकी उत्पादनमा १० देखि १५ प्रतिशतसम्म कर लगायो

क्यानडा , चीन र मेक्सिको बिरुद्ध सँगसँगै सीमा शुल्क घोषणा गरेपछि क्यानडा र मेक्सिकोलाई ट्रम्पले एक महिना सुधारका लागि समय दिएका छन । तर चीनबिरुद्ध १० प्रतिशत थप आयात शुल्क भने कार्यन्वयन हुने उनले बताए ।

चिनियाँ समकक्षीसँग ह्ुने बार्ता सफल नभएकामा यो दर अझै बढ्नसक्ने ट्रम्पले संकेत गरेका छन ।





Source link

Leave a Comment