प्रकाशित मिति : पुस २, २०८२ बिहीबार

फोटो : डेविड ग्रे / एएफपी
अष्ट्रेलियाले घृणात्मक भाषण (हेट स्पिच) सम्बन्धी कानुनहरूलाई कडा बनाउने घोषणा गरेको छ। “घृणा र विभाजन फैलाउने” व्यक्तिहरूको भिसा रद्द वा अस्वीकार गर्न सक्ने नयाँ कानुनी अधिकार सुनिश्चित गर्ने तयारीमा अष्ट्रेलिया सरकार देखिएको छ।
यो कदम बोण्डाई बीचमा भएको सामूहिक गोलीकाण्डप्रति सरकारको प्रतिक्रियालाई थप कडा बनाउने प्रमुख निर्णयका रूपमा बाहिर आएको हो।
प्रधानमन्त्री एन्थोनी अल्बानेजीले नयाँ उपायहरू सार्वजनिक गरेका हुन्। आइतबार हानुका उत्सवका क्रममा भएको आक्रमणपछि यहूदीविरोधी घृणा रोक्न पर्याप्त कदम नचालिएको भन्दै सरकारमाथि दबाब बढ्दै गएको थियो।
प्रधानमन्त्रीले ७ अक्टोबर २०२३ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि अष्ट्रेलियामा बढेको यहूदीविरोधी गतिविधि रोक्न आफूले पर्याप्त काम गर्न नसकेको स्वीकार गरेका छन्।
राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाएका अल्बानेजीले जिलियन सेगलद्वारा प्रस्तुत यहूदीविरोधी घृणा विरुद्धको योजनालाई पूर्ण रूपमा समर्थन गर्दै अपनाउने बताएका छन्।
तर, नयाँ योजनाको विवरण समेटिएको दस्तावेजमा सरकारले १३ वटा सिफारिसहरूलाई ‘कार्यान्वयन प्रक्रियामार्फत अघि बढाइने’ मात्र उल्लेख गरेको छ।
घोषणा गरिएको योजनाका मुख्य बुँदाहरू हिंसा प्रवर्द्धन गर्ने उपदेशक तथा नेताहरूका लागि कडा ‘घृणात्मक भाषण अपराध’ कानुन लागू गर्ने,हिंसा उक्साउने घृणात्मक भाषणमा सजाय बढाउने,अनलाइन धम्की र दुर्व्यवहारमा घृणालाई सजाय निर्धारणको गम्भीर आधार बनाउने छन ।
घृणात्मक भाषण, हिंसा वा जातीय घृणा फैलाउने नेताहरू संलग्न सङ्गठनहरूलाई सूचीकृत गर्ने प्रणाली विकास गर्ने,जातीय आधारमा गरिने गम्भीर अपमान वा जातीय सर्वोच्चताको वकालत गर्ने कार्यलाई लक्षित गर्दै संघीय अपराध परिभाषित गर्ने रहेका छन ।
यी परिवर्तनहरूले यस वर्षको सुरुवातमा संघीय संसद्बाट पारित घृणात्मक भाषणसम्बन्धी कानुनलाई अझ विस्तार गर्नेछन्, जसले विशेष समूहविरुद्ध हिंसा प्रोत्साहन गर्ने कार्यलाई अपराध मानेको थियो।
सरकारले सुरुमा विधेयकमा अपमानविरोधी प्रावधानहरू पनि समावेश गर्ने योजना बनाएको थियो, तर धार्मिक समूहहरूको दबाबपछि ती प्रावधानहरू हटाइएको थियो।
अल्बानेजीले नयाँ कानुनमाथि छलफल गर्न गर्मी बिदाको समयमा पनि संसद् बोलाउन सक्ने सम्भावना रहेको छ। तर कानुनी चुनौती सामना गर्न सक्ने गरी “जटिल” संशोधनहरू सावधानीपूर्वक तयार गर्नुपर्ने उनले बताएका छन्।
अधिकारीहरूका अनुसार बोण्डाईमा भएको गोलीकाण्ड अष्ट्रेलियाको इतिहासकै सबैभन्दा भयावह आतङ्कवादी आक्रमणमध्ये एक इस्लामिक स्टेट बाट प्रेरित देखिएको छ। अल्बानेजीले ७ अक्टोबर २०२३ यता अष्ट्रेलियामा यहूदीविरोधी गतिविधि बढेको पुनः स्वीकार गरेका छन्।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्