ग्रिनकार्ड स्पोन्सरका लागि युएससीआईएसद्वारा स्पोन्सरकर्ताको आम्दानीको मापदण्ड बृद्धि



प्रकाशित मिति : चैत्र १४, २०८१ बिहीबार

ग्रिनकार्ड स्पोन्सरका लागि युएससीआईएसद्वारा स्पोन्सरकर्ताको आम्दानीको मापदण्ड बृद्धि

परिवारमा आधारित ग्रिनकार्ड वा आप्रवासी भिसा स्पोन्सरका लागि स्पोन्सरकर्ताको आम्दानी गतबर्षको तुलनामा बृद्धि गरिएको छ । यसै महिनादेखि लागु हुनेगरी युएससीआईएसले स्पोन्सरकर्ताको आम्दानीको मापदण्ड बढाएको हो ।

डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसले  पोभर्टी गाइडलाइन अपडेट  गरेपछि युएससीआईएसले त्यसको झण्डै डेढ महिनापछि आम्दानीको मापदण्ड बृद्धि गरेको घोषणा गरेको हो ।

यस अगाडि अलास्का र हवाई बाहेक ४८ राज्यमा बस्नेहरुका सन्दर्भमा यदि स्पोन्सरकर्ताले कसैलाई स्पोन्सर गर्नुपर्ने भएमा उसको बार्षिक आम्दानी कम्तीमा २५ हजार ५ सय ५० डलर  भन्दा माथि हुनुपर्ने प्रावधान रहेकोमा अब  युएससीआईएसले यो रकम २६ हजार ४ सय ३७ डलर  भन्दा बढी हुनुपर्ने प्रावधान ल्याएको छ ।

ग्रिनकार्ड स्पोन्सरका लागि युएससीआईएसद्वारा स्पोन्सरकर्ताको आम्दानीको मापदण्ड बृद्धि

ग्रिनकार्ड स्पोन्सरका लागि युएससीआईएसद्वारा स्पोन्सरकर्ताको आम्दानीको मापदण्ड बृद्धि

एकजना भन्दा बढी स्पोन्सर गर्नेहरुको सन्दर्भमा वा परिवारमा एकजनाभन्दा बढी हुनेहरुको सन्दर्भमा भने आम्दानीको मापदण्ड प्रतिव्यक्ति ६ हजार ८ सय ७५ डलर थप्दै जानुपर्छ । कसैलाई स्पोन्सर गर्नका लागि पोभर्टी गाइडलाइनको १२५ प्रतिशत भन्दा माथि आम्दानी हुनुपर्ने भएकाले स्पोन्सरकर्ताको आम्दानीको मापदण्डमा परिवर्तन भएको हो ।

ग्रिनकार्ड स्पोन्सरका लागि युएससीआईएसद्वारा स्पोन्सरकर्ताको आम्दानीको मापदण्ड बृद्धि
युएससीआईएसका अनुशार स्पोन्सरकर्ताको आम्दानीको मापदण्ड ।

अलास्का र हवाई राज्यमा बस्नेहरुका सन्दर्भमा यो रकम अलग्गै रहेको छ । स्पोन्सरकर्ता अमेरिकी सेनामा रहेको छ र उसले दम्पत्ति वा छोराछोरीलाई स्पोन्सर गर्नुपर्ने छ भने पोभर्टी गाइडलाइनको १ सय प्रतिशतमात्र आम्दानी भए पुग्छ ।

तोकिएको आम्दानी हुने व्यक्तिले भिसा वा ग्रिनकार्डका लागि स्पोन्सर गर्न सक्छ । खासगरी फर्म आई ८६४ भर्दा न्यूनतम आम्दानीको मापदण्ड पूरा गरेको हुनुपर्छ । यसरी स्पोन्सर गरिएको व्यक्तिले १० बर्षभित्र अमेरिकामा आएर सरकारी सुविधा लिएमा त्यसको क्षतिपूर्ति स्पोन्सरकर्ताबाट अमेरिकी सरकारले लिनसक्ने कानुनी प्रावधान रहेको छ ।

अलास्का र हवाईमा हुनेहरुका लागि भने अन्य राज्यको तुलनामा बढी आम्दानी भएको हुनुपर्छ । हवाईमा हुनेहरुको तुलनामा अलास्कामा हुनेहरुको तुलनामा अझ बढी आम्दानी हुनुपर्ने प्रावधान रहेको छ ।

अमेरिकामा विभिन्न प्रकारका आप्रवासी भिसामा आउनका लागि दुई प्रकारका स्पोन्सर फर्मको आवश्यकता पर्छ । सामान्यतया परिवारमा आधारित भिसाका लागि स्पोन्सरकर्ताले आई ८६४ नामको स्पोन्सर फर्म भर्नुपर्छ भने रोजगारमा आधारित, डिभी लोटरी र मंगेतर भिसा के वानका लागि आई १३४ नामको स्पोन्सर फर्म भर्नुपर्छ ।

ग्रिनकार्ड स्पोन्सरका लागि युएससीआईएसद्वारा स्पोन्सरकर्ताको आम्दानीको मापदण्ड बृद्धि

स्पोन्सरकर्ताले आई ८६४ नामको स्पोन्सर फर्म भर्दा आम्दानीको मापदण्ड पोभर्टी गाइडलाइनभन्दा १२५ प्रतिशतमाथि हुनुपर्छ भने आई १३४ नामको स्पोन्सर फर्म भर्दा पोभर्टी गाइडलाइनभन्दा एकसयप्रतिशतमाथि भए पुग्छ । अर्थात् आई १३४ फर्म भरेर स्पोन्सर गर्दा कम आम्दानी भए पुग्छ ।

फर्म आई ८६४ भर्ने स्पोन्सरकर्ताले स्पोन्सर गरिएको व्यक्ति अमेरिकामा आएर सरकारी सुविधा खाएमा त्यसको क्षतिपूर्ति सरकारलाई तिर्नुपर्ने हुनसक्छ भने आई १३४ स्पोन्सरमा त्यस्तो बाध्यता नहुनसक्छ ।





Source link

Leave a Comment