गाजा युद्धविराम सम्झौता अनुमोदन गर्न इजरायली मन्त्रीपरिषदको ढिलाई, शुक्रबार अनुमोदन हुनेमा अमेरिका आशावादी



प्रकाशित मिति : माघ ३, २०८१ बिहीबार

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा युद्धविराम सम्झौतामा मन्त्रीपरिषदको भोटिङ स्थगित गरेका छन्।

उनले हमासमाथि सम्झौतामा अन्तिम क्षणको परिवर्तनको प्रयास गरेको आरोप लगाएका छन्।

सम्झौतामा गरिएको केही अन्तिम समायोजनका बारेमा अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिन्केनले युद्धविराम आइतबार जस्तो तय गरिएको थियो, त्यस्तै लागू हुने बताएका छन ।

इजरायली वार्ताकारहरूले सम्झौतामा लामो समयसम्मको छलफलपछि सहमति जनाएपनि, यसलाई सुरक्षा क्याबिनेट र सरकारबाट स्वीकृति प्राप्त गर्नुअघि लागू गर्न सकिँदैन।

हमासले सम्झौतामा आफू प्रतिबद्ध रहेको बताएको छ । उसले केही आफना सदस्यहरूको नाम मुक्त गरिने प्यालेस्टिनी बन्दीहरूको सूचीमा थप्नको लागि मात्र प्रयास गरेको बताएको छ ।

इजरायली हवाई आक्रमणका कारण गाजामा बुधबार सम्झौताको घोषणा पछिका केही घण्टामा ८० भन्दा बढी मानिसको ज्यान गएपछि यो ढिलाई भएको देखिएको छ ।

नेतन्याहुले जबसम्म हमासले सम्झौताका सबै पक्ष स्वीकार गर्दैन तबसम्म मन्त्रीपरिषदको बैठक नहुने बताएका छन । अमेरिकी विदेशमन्त्री ब्लिन्केनले सम्झौता आइतबार लागू हुनेमा आश्वस्त रहेको बताए।

इजरायली मन्त्रीपरिषदको बैठक शुक्रबार बस्ने र सम्झौतामा औपचारिक स्वीकृति दिने अपेक्षा गरिएको छ।

गाजा युद्धविराम सम्झौता अनुमोदन गर्न इजरायली मन्त्रीपरिषदको ढिलाई, शुक्रबार अनुमोदन हुनेमा अमेरिका आशावादी





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School