गाजामा इजरायली आक्रमण, तीन शिशुसहित ११ जनाको मृत्यु



प्रकाशित मिति : बैशाख २०, २०८२ शनिबार

गाजाको नागरिक रक्षा निकायले शनिबार जानकारी दिएको अनुसार दक्षिणी गाजास्थित खान युनिस शरणार्थी शिविरमा रातभर भएको इजरायली हवाई आक्रमणमा ११ जनाको ज्यान गएको छ, जसमा एक वर्षभन्दा कम उमेरका तीन शिशुहरू पनि छन् ।

नागरिक सुरक्षा प्रवक्ता महमूद बास्सालका अनुसार बिहान ३ बजे (स्थानीय समय) खान युनिसको अल–बयराम परिवारको घरमा गरिएको आक्रमणमा ज्यान गुमाउनेहरू एउटै विस्तारित परिवारका सदस्यहरू हुन् । तीमध्ये पहिचान भएका आठ जना मध्ये एक वर्षका छोरा, एक वर्षकी छोरी र एक महिनाको शिशु पनि परेका छन् ।

इजरायली सेनाका प्रवक्ताले एएफपीसँग कुरा गर्दै आक्रमणको पुष्टि गरे । सो कारबाही ‘एक आतङ्ककारी हमास सदस्यलाई लक्षित गरी गरिएको’ बताइएको छ । तर थप विवरण दिइएको छैन ।

गाजामा इजरायली आक्रमण, तीन शिशुसहित ११ जनाको मृत्यु

गाजामा इजरायली आक्रमण, तीन शिशुसहित ११ जनाको मृत्यु

घटनास्थलमा उद्धारकर्मीहरू र स्थानीय बासिन्दाहरूले खण्डहरमा खोजी कार्य गरेका थिए । एएफपीका एक पत्रकारले खिचेको भिडियोमा एक उद्धारकर्मीले भग्नावशेषबाट एक शिशुको निर्जीव शरीर बाहिर ल्याएको देखिन्छ ।

नजिकैको भवनमा बसोबास गर्ने फाइका अबु हाताबले भने, “म उज्यालो चमक देखेँ, त्यसपछि विस्फोट भयो र सम्पूर्ण क्षेत्र धुलोले ढाकियो । केही देख्न सकिएन, सबै अँध्यारो भयो ।” उनले थपे, “हाम्रा सबै झ्यालहरू फुटेका छन्, कोठाहरू क्षतिग्रस्त छन्, छिमेकीको घर पूर्ण रूपमा ध्वस्त भएको छ ।”

इजरायलले मार्च १८ देखि हमासविरुद्धको युद्धमा दुई महिनाको युद्धविरामपछि पुनः आक्रमण सुरु गरेको हो । उक्त युद्ध सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा गरिएको आक्रमणपछि सुरु भएको थियो ।

हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार मार्च १८ पछि पुनः सुरु भएको आक्रमणदेखि हालसम्म कम्तीमा दुई हजार ३९६ जनाको मृत्यु भइसकेको छ । कुल मृतक सङ्ख्या ५२ हजार ४९५ पुगेको बताइएको छ ।

शुक्रबार मात्रै इजरायली आक्रमणमा कम्तीमा ४२ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा निकायले जनाएको थियो । यस क्षेत्र मार्च २ देखि पूर्ण इस्रायली नाकाबन्दी अन्तर्गत रहँदै आएको छ ।

गाजामा इजरायली आक्रमण, तीन शिशुसहित ११ जनाको मृत्यु

इजरायलले हमासले मानवीय सहायता अप्ठ्यारो पारिरहेको आरोप लगाउँदै गाजामा सहयोग सामग्री पठाउने कार्य रोकेको छ । इजरायली पक्षले नाकाबन्दीले हमासमाथि बन्धक मुक्त गराउने दबाब सिर्जना गर्ने उद्देश्य रहेको बताएको छ ।

संयुक्त राष्ट्र सङ्घका विभिन्न निकायहरूले गाजामा भइरहेको मानवीय सङ्कटबारे चेतावनी दिँदै इजरायललाई सहायता प्रवाहमा लगाइएको रोक हटाउन अनुरोध गरेका छन् । उनीहरूले भोकमरीको गम्भीर जोखिमसमेत उल्लेख गरेका छन् ।





Source link

Leave a Comment