गत महिना अमेरिकाको एक्सचेन्ज भिजिटर भिसा पाउने नेपाली गतबर्षको मेको तुलनामा ५४% कम

गत महिना अमेरिकाको एक्सचेन्ज भिजिटर भिसा पाउने नेपाली गतबर्षको मेको तुलनामा ५४% कम



प्रकाशित मिति : असार १६, २०८१ आईतबार

गत महिना अमेरिकाको एक्सचेन्ज भिजिटर भिसा पाउने नेपाली गतबर्षको मेको तुलनामा ५४% कम

मे महिनामा अमेरिकी दूतावास काठमाडौंबाट दर्जनौं नेपाली डाक्टरको जे वान भिसा आवेदन  एउटै शैलीमा रिजेक्ट गरिएको आवेदकहरुले गुनासो गरिरहँदा उक्त महिना अमेरिकाको एक्सचेन्ज भिजिटर भिसा पाउने नेपाली गतबर्षको सोही अवधिको तुलनामा ५४ प्रतिशत कम रहेको तथ्यांक अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको छ ।

अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुशार सन् २०२४ को मे महिनामा ९१ जना नेपालीले जेवान भिसा पाएका छन् भने उनीहरुका १४ जना डिपेन्डेन्टहरुले जे टु भिसा पाएका छन् । जबकी सन् २०२३ मे महिनामा १९७ जना नेपालीले जेवान भिसा पाएका थिए भने उनीहरुका ४८ जना डिपेन्डेन्टहरुले जे टु भिसा पाएका थिए । यसरी तुलना गर्दा गतबर्ष मे महिनाको तुलनामा यो बर्षको मे महिनामा ५३ दशमलव ८ प्रतिशत कम नेपालीले जे वान भिसा प्राप्त गरेका छन् । यद्यपी जे वान भिसा प्राप्त गर्ने सबैजना अमेरिकामा मेडिकल रेसिडेन्सीका लागि आउनेहरु भने होइनन्, अमेरिकामा अन्य प्रकारका एक्सचेन्ज भिजिटरका रुपमा आउनेहरुले पनि जे वान भिसा प्राप्त गर्छन् ।

यो बर्षको मे महिनामा कुल ९१ जना नेपालीले जेवान भिसा पाएपनि काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट भने जम्मा ६७ जनालाई जेवान भिसा जारी गरिएको थियो । काठमाडौं दुतावासबाट जेवान भिसा वाहकका ११ जना डिपेन्डेन्टहरुले मे महनिामा जे टु भिसा पाएका छन् । यद्यपी अप्रिलमा भने कुल ८१ जना नेपालीहरुले विभिन्न दुतावासहरुबाट अमेरिकाको जेवान भिसा पाएका थिए, जुन संख्या अघिल्लो बर्षको अप्रिलको तुलनामा भने बढी हो । अघिल्लो बर्षको अप्रिलमा ३२ जना नेपालीहरुलेमात्र विभिन्न दुतावासहरुबाट अमेरिकाको जेवान भिसा पाएका थिए ।

गत महिना अमेरिकाको एक्सचेन्ज भिजिटर भिसा पाउने नेपाली गतबर्षको मेको तुलनामा ५४% कम

अमेरिकामा  मेडिकल रेसिडेन्सीका लागि म्याच भएकाहरु कामदार भिसा एचवान बीमा पनि अमेरिका आउने गर्छन् । तर यो संख्या पनि निकै कम रहेको छ । सन् २०२४ को मे महिनामा कुल ४३ जना नेपालीहले एचवानबी भिसा पाएका छन् भने २१ जना उनीहरुका डिपेन्डेन्टहरुले एचफोर भिसा पाएका छन् । यो संख्या सन् २०२३ को मे महिनाको तुलनामा ५७ दशमलव ४ प्रतिशत कम हो । सन् २०२३ को मे महिनामा १०१ जना नेपालीहरुले अमेरिकाको एचवानबी भिसा पाएका थिए भने उनीहरुका ३६ जना डिपेन्डेन्टहरुले एचफोर भिसा पाएका थिए । यद्यपी एचवान बी भिसा प्राप्त गर्ने सबैजना अमेरिकामा मेडिकल रेसिडेन्सीका लागि आउनेहरु भने होइनन्, अमेरिकामा अन्य प्रकारका कामदारका रुपमा र कामदार भिसाको लोटरीमार्फत आउनेहरुले पनि एचवानबी भिसा प्राप्त गर्छन् ।

गत जनवरीमा युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ एग्जामिनेशन युएसएमएलई कार्यक्रमले नेपालका कैयन परीक्षार्थीहरूले प्राप्त गरेको अङ्कलाई रद्द गरेपछि स्कोर रद्द नभएका नेपाली डाक्टरहरुलाई अमेरिकामा रेसिडेन्सीका लागि म्याच पाउन मुस्किल भएको थियो । यद्यपी केही डाक्टरहरु भने अमेरिकामा रेसिडेन्सीका लागि स्वीकृत भएका थिए । तर उनीहरुको भिसा अमेरिकी दूतावास काठमाडौंले एउटै शैलीमा उल्लेख्य संख्यामा अस्वीकार गरेपछि यसपटक मे मा जेवान भिसा पाउनेहरुको संख्यामा गिरावट देखिएको हो ।

जे वान भिसाका लागि आवेदन अस्वीकृत गर्नुका साथै कतिपयको पहिलेको भिजिटर भिसा समेत दूतावासले रद्द गरिदिएको थियो । यद्यपी कतिपयले पुन आवेदन दिएर जेवान भिसा पाउन सफल भएका थिए भने कतिपयले अन्य देशमा रहेका अमेरिकी दूतावासमा जेवान भिसाका लागि आवेदन दिएर भिसा प्राप्त गर्न सफल भएका थिए । सामान्यतया जुन वा जुलाईबाट रेसिडेन्सी कोर्श सुरु हुने भएकाले भिसा नपाएकाहरुलाई पुन आवेदन दिनका लागि समेत कम समय उपलब्ध थियो । भिसा अस्वीकृत भएकाले रेसिडेन्सी कोर्शका लागि आउन नपाउँदा उनीहरुले आफूले गरेको मिहिनेत, खर्च र समय खेर गएको गुनासो गरेका छन् ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School