खेल संघको योजना र कार्यक्रमका आधारमा बजेट

खेल संघको योजना र कार्यक्रमका आधारमा बजेट


२० चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय खेल संघलाई उनीहरुको कार्यक्रम र योजनाका आधारमा बजेट दिने ब्यवस्था गरिने बताएका छन् ।

काठमाडौँमा मंगलबार आयोजित ‘खेलकुदमा योजना र बजेट कस्तो ?’ भन्ने विषयक खेलकुद पत्रकारसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै आगामी बजेटमा खेल संघको कार्यक्रम र पेश गरेको योजनाका आधारमा बजेटमै अनुदानको ब्यवस्था गरिने बताए ।

उनले खेलकुदले पाएको बजेटलाई प्राथमिकताका आधारमा खर्च गरिने पनि बताए । ‘राखेपले दुई सय नौ मा रहेको खेल संघको संख्यालाई ६१ मा घटाइएको छ । बजेट विनियोजनको हिसाबले पनि पदक र राष्ट्रिय महत्वका खेललाई ध्यान दिईनेछ । खेलकुदमा बजेट पर्याप्त नहुने र भएको बजेटलाई पनि खर्च गर्न नसकिने अवस्थालाई चिर्न आवश्यक छ,’ उनले भने ।

नेपालको कूल बजेट मध्ये खेलकुदले ०.१२ प्रतिशत बजेट पाउने र त्यसमा पनि ठूलो हिस्सा कर्मचारीको तलब भत्तामा जाने गरेको यथार्थ रहेको घिसिङले सुनाए ।

राखेपले कर्णाली प्रदशेमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुदलाई मुख्य प्राथमिकतामा राखेको र यसको अपनत्व प्रदेश स्वयंलाई दिन लागेको पनि सदस्य–सचिव घिसिङले बताए ।

राखेपले राष्ट्रिय गौरवको आयोजनामा परेको मुलपानी क्रिकेट मैदान, विराटनगर र भरतपुरको मैदानलाई छिटो सम्पन्न गरिसक्ने योजनाका साथ अगाडि बढेको सदस्य–सचिव घिसिङले जानकारी दिए ।

बजेट निर्माणको पूर्वसन्ध्यामा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी सञ्चारकर्मीको सुझाव लिँदै सदस्य– सचिव घिसिङले राखेपले भौतिक पूर्वाधार निर्माण, पुनर्निर्माण, खेलाडी पलायन, खेलाडी र प्रशिक्षकलाई प्रविधियुक्त प्रशिक्षण तथा तयारीको ब्यवस्था, राष्ट्रिय टोलीको चुस्त तयारी, खेल जीवनपछि खेलाडीले पाउने सुविधा, पुरस्कार जस्ता विषयमा बजेटमा ध्यान दिईने पनि प्रतिबद्धता व्यक्त गरे ।

सहभागी सञ्चारकर्मीले काम गर्नु सक्ने गरी कार्यक्रम तर्जुमा गर्नु, १० औं राष्ट्रिय खेलकुदलाई बजेटमा प्राथमिकता दिनु पर्ने, खेलाडी पलायन हुने अवस्थलाई अन्त्य गर्ने गरी योजना बनाउनु पर्ने, राखेपको गतिविधिलाई प्रविधियुक्त बनाउनु पर्नेलगायतका सुझाव दिएका थिए । राखेपले यसअघि बजेट सम्बन्धमा खेल संघका पदाधिकारीसँग पनि छलफल गरेको थियो ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School