प्रकाशित मिति : पुस ६, २०८२ सोमबार

फोटोः एपी/रासस
अमेरिकाको क्यालिफोर्नियामा आएको भीषण बाढीका कारण एक जनाको मृत्यु भएको छ। बाढीको जोखिमलाई मध्यनजर गर्दै ३ करोडभन्दा बढी मानिसका लागि सतर्कता सूचना जारी गरिएको छ।
क्यालिफोर्नियास्थित रेडिङ सहरमा भारी वर्षापछि खतरनाक बाढी आएको हो। आगामी केही दिनसम्म भारी वर्षा र आकस्मिक बाढीको सम्भावना रहेकाले राज्यभर सतर्कता अपनाउन भनिएको छ।
रेडिङका मेयर माइक लिटाउले फेसबुकमार्फत जानकारी दिँदै मृतकको मृत्युको यकिन कारणबारे अनुसन्धान भइरहेको बताएका छन्। मेयरका अनुसार, गाडीभित्र पानी पसेर फसेका एक व्यक्तिले आपत्कालीन फोन गरेका थिए, तर कुराकानीकै क्रममा उनको मोबाइलको ब्याट्री सकिएको थियो।
रेडिङका एक प्रहरी अधिकृतले पानीमा पौडिँदै पुगेर गाडीको सिसा फुटाई उनलाई किनारमा निकालेका थिए। तत्काल ‘सीपीआर’ दिइए तापनि उनलाई बचाउन नसकिएको अधिकारीहरूले बताएका छन्।
मौसमविद्हरूका अनुसार ‘क्रिसमस इभ’ अर्थात् बुधबार अर्को समुद्री आँधी पश्चिमी तटतर्फ आउँदैछ। यस पटक यसको मुख्य प्रभाव दक्षिणी क्यालिफोर्नियामा पर्ने अनुमान गरिएको छ।
हाल उत्तरी क्यालिफोर्नियाका सहरहरूमा सडकहरू बाढीले भरिएका छन् भने कतिपय सवारीसाधनहरू डुबानमा परेका छन्।
लगातारको आँधीका कारण पश्चिमी क्षेत्रमा आकस्मिक बाढी, पहिरो र लेदोसहितको बाढीको उच्च जोखिम रहेको छ। विशेष गरी डढेलोले क्षति पुऱ्याएका क्षेत्रहरूमा जोखिम अझ बढी रहेको भन्दै प्रशासनले कडा चेतावनी दिएको छ।
क्यालिफोर्निया अमेरिकाको पश्चिमी राज्य भए तापनि यसको बाढीको लामो र विनाशकारी इतिहास रहेको छ। विशेष गरी भारी वर्षा, हिउँ पग्लनु, र “एट्मोस्फेरिक रिभर” भनिने मौसमी प्रणालीका कारण यहाँ पटक–पटक बाढी आउने गरेको छ।
सन् १८६१–१८६२ को बाढीलाई क्यालिफोर्नियाको इतिहासकै सबैभन्दा ठूलो र भयानक बाढी मानिन्छ। त्यतिबेला लगातार करिब दुई महिनासम्म भारी वर्षा भएको थियो ।
जसका कारण साक्रामेन्टो उपत्यका पूरै जलमग्न भएको थियो। हजारौँ मानिस विस्थापित भएपछि तत्कालीन समयमा क्यालिफोर्नियाको राजधानी अस्थायी रूपमा सान फ्रान्सिस्को सार्नुपरेको थियो।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्