क्यालिफोर्नियाको सान डिएगो नजिक डुङ्गा पल्टियो : तीनको मृत्यु, सातजना बेपत्ता



प्रकाशित मिति : बैशाख २२, २०८२ सोमबार

सान डिएगो नजिक प्रशान्त महासागरमा डुङ्गा पल्टिँदा तीनजनाको मृत्यु भएको छ । सातजना बेपत्ता भएका छन ।

क्यालिफोर्नियाको सान डिएगो नजिक प्रशान्त महासागरमा एउटा सानो डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको हो । कम्तीमा सात जना अझै बेपत्ता रहेका अधिकारीहरूले बताएका छन्।

पङ्गा शैलीको माछा मार्ने डुङ्गामा १६ जना सवार थिए । डुङ्गामा दुई जना बालबालिकासमेत थिए। यो डुङ्गा टोरे पाइन्स स्टेट बीच नजिकै पल्टिएको थियो ।

क्यालिफोर्नियाको सान डिएगो नजिक डुङ्गा पल्टियो : तीनको मृत्यु, सातजना बेपत्ता

क्यालिफोर्नियाको सान डिएगो नजिक डुङ्गा पल्टियो : तीनको मृत्यु, सातजना बेपत्ता

अमेरिकी कोस्ट गार्डले सामाजिक सञ्जाल एक्स मा दिएको जानकारी अनुसार सुरुमा नौ जना बेपत्ता भएका थिए । पछि दुई जनालाई फेला पारेर नियन्त्रणमा लिइएको छ।

कोस्ट गार्डका एक अधिकारीले यो घटनालाई मानव तस्करीसंग जोडिएको हुनसक्न सक्ने बताएका छन । चार जनालाई अस्पताल लगिएको छ ।

डुङ्गाभित्र जुत्ता, लाइफ ज्याकेट र बोतलहरू फेला परेका छन् । डुङ्गा पल्टिनुअघि यो कहाँबाट आएको थियो भन्ने एकीन भइसकेको छैन।
सन् डिएगोभन्दा करिब ३५ माइल उत्तरमा, मेक्सिको सीमाको नजिक यो घटना भएको थियो।

कोस्ट गार्ड पेटी अफिसर क्रिस स्याप्पेले डुङ्गाहरू प्रायः तस्करहरूले प्रयोग गर्ने गरेको बताएका छन । “उनीहरू पर्यटक होइनन्,” उनले भने। “उनीहरू आप्रवासी भएको विश्वास गरिएको छ।”

पङ्गा डुङ्गा भनेको सामान्यतया बाहिरी मोटरले चलाइने सानो, हलुका र खुला डुङ्गा हो। हराइरहेका व्यक्तिहरूको खोजीका लागि कोस्ट गार्डको जहाज र हेलिकप्टर परिचालन गरिएको छ ।

क्यालिफोर्नियाको सान डिएगो नजिक डुङ्गा पल्टियो : तीनको मृत्यु, सातजना बेपत्ता

एन्सिनिटास फायर डिपार्टमेन्टका जोर्ज सान्चेजले भने, “पक्राउ परेकाहरूको आप्रवासन स्थिति अझै स्पष्ट छैन।”





Source link

Leave a Comment