को हुन् इजरायल सैन्य अखडामा क्षेप्यास्त्र आक्रमण गर्ने हुथी विद्रोही ?


News Summary

Generated by OK AI. Editorially reviewed.

  • यमनको हुथी विद्रोहीहरूले मार्च २८ मा इजरायलका संवेदनशील सैन्य स्थलहरूमा क्षेप्यास्त्र आक्रमण गरेका छन्।
  • हुथी समूहले इजरायली सैन्य लक्ष्यहरूलाई निशाना बनाएको र अभियान प्यालेस्टाइन र इरानविरुद्ध जारी रहने बताएको छ।
  • यो आक्रमणले लाल सागरको व्यापारिक मार्गमा अनिश्चितता बढाएको र विश्वव्यापी ऊर्जा संकट र आर्थिक मन्दीको जोखिम बढाएको छ।

यमनको उत्तरी पहाडी इलाकाबाट उत्रिएका हुथी विद्रोहीहरूले शनिबार इजरायलका ‘संवेदनशील सैन्य स्थल’ हरूमाथि क्षेप्यास्त्रको वर्षा गरेका छन् । यो आक्रमण इरानविरुद्ध अमेरिका र इजरायलले सुरु गरेको महिना दिन लामो युद्धमा हुथी समूहको औपचारिक र आक्रामक प्रवेश हो।

हुथी सैन्य प्रवक्ता याह्या सारीले अल-मसिरा टेलिभिजन मार्फत इजरायली सैन्य लक्ष्यहरूलाई निशाना बनाएका घोषणा गरे । उनले भने, ‘हामीले इजरायली सैन्य लक्ष्यहरूलाई निशाना बनाएका छौँ र यो अभियान प्यालेस्टाइन र इरानविरुद्धको आक्रमण नरोकिएसम्म जारी रहनेछ ।’

इजरायलले अधिकांश क्षेप्यास्त्रलाई आकाशमै नष्ट गरेको दाबी गरे पनि यो घटनाले रेड सागरको व्यापारिक मार्गलाई पुनः अनिश्चितताको भुमरीमा धकेलिदिएको छ।

हुथीहरूको उत्पत्ति

हुथीहरूलाई आधिकारिक रूपमा ‘अन्सार अल्लाह’ ईश्वरका समर्थकहरू भनिन्छ । हुथीहरू यमनको उत्तरी सादा प्रान्तबाट उदाएको एक सशस्त्र धार्मिक र राजनीतिक समूह हो । हुथीहरूको जग बुझ्न यमनको हजार वर्ष पुरानो धार्मिक इतिहास पल्टाउनुपर्छ । हुथीहरू मुख्यतया ‘जायदिशिया’ मुस्लिम समुदायसँग सम्बन्धित छन् । शिया इस्लामको यो शाखा अन्य शियाहरूभन्दा केही फरक छ र यसका कतिपय अभ्यासहरू सुन्नी इस्लामसँग मिल्दाजुल्दा छन् ।

इरानका लागि हुथीहरू साउदी अरबलाई दबाबमा राख्ने र लाल सागरमा इजरायल तथा पश्चिमा शक्तिहरूको घाँटी निमोठ्ने प्रमुख हतियार बनेका छन्। हिजबुल्लाह र हमासजस्तै हुथीहरू पनि इरानको ‘प्रतिरोधको अक्ष’ का बलिया खम्बा हुन्।

८९७ देखि १९६२ सम्म, झन्डै एक हजार वर्षसम्म यमनको उत्तरी पहाडी क्षेत्रमा जायदी इमामहरूले शासन गरेका थिए । पैगम्बर मुहम्मदको वंश (अह्ल अल-बायत) बाट नेतृत्व आउनुपर्ने र अन्यायी शासकविरुद्ध विद्रोह गर्नु उनीहरू धार्मिक कर्तव्य ठान्दछन् । यही ‘खुरुज’ (विद्रोह) को अवधारणा नै आजको हुथी आन्दोलनको वैचारिक मेरुदण्ड हो।

१९६२ को सैन्य कुर इमामतको अन्त्य

यमनको आधुनिक इतिहासमा सन् १९६२ एउटा निर्णायक वर्ष थियो । सो वर्ष भएको सैन्य विद्रोहले हजार वर्ष पुरानो जायदी इमामतको अन्त्य गरिदियो र ‘यमन अरब गणतन्त्र’ (उत्तर यमन) को स्थापना भयो।

यो विद्रोहले जायदी समुदायलाई राजनीतिक रूपमा किनारा लगायो । इजिप्टका गमाल अब्देल नासेरले गणतन्त्रवादीहरूलाई समर्थन गरे भने साउदी अरबले इमामका समर्थकहरूलाई । यसले यमनलाई एउटा लामो गृहयुद्धमा धकेल्यो, जसको अवशेष आजका हुथीहरूमा पनि देखिन्छ। उनीहरू आफूलाई त्यही खोसिएको राजनीतिक र धार्मिक साख फिर्ता लिने योद्धाका रूपमा हेर्छन्।

को हुन् इजरायल सैन्य अखडामा क्षेप्यास्त्र आक्रमण गर्ने हुथी विद्रोही ?

यमनको आन्तरिक द्वन्द्वमा धार्मिक रङ तब गाढा भयो जब छिमेकी साउदी अरबले यमनको उत्तरी क्षेत्रमा ‘वाहाबी’ र ‘सलाफी’ (कट्टर सुन्नी) विचारधारा फैलाउन थाल्यो।

सन् १९८० को दशकमा साउदी अरबले सादा प्रान्त (हुथीहरूको गढ) मा मदरसाहरू खोल्न ठूलो लगानी गर्‍यो । जायदी विद्वानहरूले यसलाई आफ्नो अस्तित्वमाथिको खतरा ठाने । यही वैचारिक अतिक्रमणको प्रतिवाद गर्न हुसेन बद्र अल-दिन अल-हुथीले धार्मिक शिक्षा र युवा परिचालनको काम सुरु गरे। यो केवल धार्मिक विवाद मात्र थिएन, यो त यमनको मौलिक पहिचान र विदेशी हस्तक्षेपबीचको लडाइँ थियो।

सन् १९९० को दशकमा यमनको एकीकरणपछि साउदी अरबको ‘वाहाबी’ (कट्टर सुन्नी) विचारधाराको बढ्दो प्रभाव र अमेरिकी समर्थित यमनी सरकारविरुद्ध यो आन्दोलन जन्मियो। संस्थापक हुसैन बद्र अल-दिन अल-हुथीले सन् १९९२ मा ‘विश्वास गर्ने युवा’ नामक कार्यक्रममार्फत जायदी पहिचान जोगाउने अभियान सुरु गरे।

सन् २००३ को इराक आक्रमणपछि हुसेनले अमेरिका र इजरायल विरोधी नारालाई आफ्नो मूल मन्त्र बनाए । जब सरकारले उनलाई नियन्त्रण गर्न खोज्यो, २००४ मा सादाको पहाडबाट पहिलो सशस्त्र विद्रोह सुरु भयो। सोही वर्षको सेप्टेम्बर १० मा हुसेन मारिए । उनको मृत्युले आन्दोलनलाई कमजोर बनाउनुको साटो झन् एकजुट बनायो । नेतृत्व उनका भाइ अब्दुल मालिक अल-हुथीले सम्हाले, जसले छरिएका जायदी कमान्डरहरूलाई एउटै सैन्य कमान्डमा ल्याए।

को हुन् इजरायल सैन्य अखडामा क्षेप्यास्त्र आक्रमण गर्ने हुथी विद्रोही ?

विद्रोहदेखि सत्तासम्मको यात्रा र गृहयुद्धको ज्वाला

सन् २०११ को ‘अरब स्प्रिङ’ क्रान्तिले यमनको ३३ वर्षे सालेह शासनलाई हल्लाइदियो। हुथीहरूले सानामा भएका प्रदर्शनहरूमा सक्रिय भाग लिए।

सालेहले सत्ता छोडेपछि उप-राष्ट्रपति अब्द-रब्बु मन्सुर हादी सत्तामा आए। तर हादी सरकार कमजोर र भ्रष्ट साबित भयो। हुथीहरूले जनताको असन्तुष्टिलाई उपयोग गरे र २०१४ मा सानामा भीषण प्रदर्शन सुरु गरे। २१ सेप्टेम्बर २०१४ मा हुथी लडाकुहरूले राजधानी साना कब्जा गरे र हादी सरकारलाई पलायन हुन बाध्य पारे । यो घटनाले यमनको इतिहासलाई सधैँका लागि बदलिदियो । यमनमा भीषण गृहयुद्धको सुरुवात भयो । सन् २०१५ मा साउदी अरबको नेतृत्वमा १० देशको सैन्य गठबन्धनले हुथीहरूलाई रोक्न ‘अपरेशन डिसाइसिभ स्टर्म’ सुरु गर्‍यो।

‘रेड लाइन’ तोडियो भने लाल सागरमा जहाजहरू पूर्णरूफमा ध्वस्त बनाउने चेतावनी अब्दुल मालिक अल-हुथीले दिएका छन् । जसका कारण विश्वभर ऊर्जा संकट र आर्थिक मन्दीको जोखिम पुनः बढेको छ ।

साउदीको लक्ष्य हादी सरकारलाई पुनः स्थापना गर्नु र इरान समर्थित हुथीहरूलाई सिमानाबाट लखेट्नु थियो । तर, यो युद्ध साउदीले सोचेजस्तो सजिलो भएन । हुथीहरूले छापामार युद्धको कौशल प्रयोग गरेर साउदीको अत्याधुनिक सैन्य प्रविधिलाई चुनौती दिए। यसै बीच इरानले हुथीहरूलाई अत्याधुनिक ड्रोन र मिसाइल प्रविधि उपलब्ध गराउन थाल्यो। परिणाम स्वरूप, हुथीहरूले साउदी अरब र यूएईका तेल प्रशोधन केन्द्र र विमानस्थलहरूमा सिधै हमला गर्न सक्ने क्षमता विकास गरे ।

यो युद्ध अन्ततः इरान र साउदी अरबको ‘प्रोक्सी’ लडाइँमा परिणत भयो । संयुक्त राष्ट्रसंघका अनुसार यो युद्धले विश्वकै सबैभन्दा ठूलो मानवीय संकट निम्त्याएको छ, जहाँ हालसम्म झन्डै ४ लाख मानिसले ज्यान गुमाएका छन् भने ४० लाखभन्दा बढी विस्थापित भएका छन्।

इरानसँगको सम्बन्ध र प्रतिरोधको अक्ष

हुथीहरू इरानको क्षेत्रीय रणनीतिका सबैभन्दा सफल र प्रभावकारी साझेदार हुन्। इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स’ (आईआरजीसी) ले हुथीहरूलाई अत्याधुनिक ड्रोन, ब्यालिस्टिक मिसाइल र सैन्य तालिम उपलब्ध गराउँदै आएको छ।

हुथीहरूले इरानी प्रविधि प्रयोग गरी २ हजार १५० किलोमिटरभन्दा टाढा प्रहार गर्न सक्ने ‘प्यालेस्टाइन-२’ जस्ता शक्तिशाली क्षेप्यास्त्रहरू विकास गरेका छन्।

इरानका लागि हुथीहरू साउदी अरबलाई दबाबमा राख्ने र लाल सागरमा इजरायल तथा पश्चिमा शक्तिहरूको घाँटी निमोठ्ने प्रमुख हतियार बनेका छन्। हिजबुल्लाह र हमासजस्तै हुथीहरू पनि इरानको ‘प्रतिरोधको अक्ष’ का बलिया खम्बा हुन्।

को हुन् इजरायल सैन्य अखडामा क्षेप्यास्त्र आक्रमण गर्ने हुथी विद्रोही ?

लाल सागर आक्रमण: विश्व व्यापारको धमनीमा प्रहार

सन् २०२२ देखि यो द्वन्द्व धेरै हदसम्म स्थिर देखिएको थियो। साउदी अरब र हुथीहरूबीच लामो समयदेखि युद्धविरामका लागि गोप्य र खुला वार्ताहरू भइरहेका थिए। तर २०२३ को अक्टोबर ७ पछि हुथीहरूले प्यालेस्टाइनको समर्थनमा लाल सागरमा जहाजहरूमाथि आक्रमण सुरु गरे। हुथीहरूले लाल सागर र ‘बाब अल-मन्देब’ स्ट्रेटमा इजरायल र पश्चिमा जहाजहरूमाथि शृंखलाबद्ध आक्रमण सुरु गरे। यसको प्रभाव विश्वव्यापी बन्यो ।

विश्व व्यापारको झन्डै १५ प्रतिशत हिस्सा ओगट्ने यो मार्ग असुरक्षित भएपछि जहाजहरू अफ्रिकाको ‘केप अफ गुड होप’ भएर घुम्न बाध्य भए। यसले गर्दा ढुवानी समय ९ दिन थपियो र लागत २ देखि ३ गुणाले बढ्यो।

इन्धन र सामानको ढुवानी महँगो हुँदा नेपाल जस्ता विकासशील देशहरूमा आयातित सामानको मूल्य ह्वात्तै बढ्यो, जसले गर्दा विश्वव्यापी मुद्रास्फीतिमा बल पुग्यो।

२०२६ को इरान–इजरायल युद्ध र हुथीहरूको तेस्रो मोर्चा

फेब्रुअरी र मार्च २०२६ मा जब अमेरिका र इजरायलले इरानका परमाणु स्थलहरूमा आक्रमण गरे, हुथीहरूले औपचारिक रूपमा युद्धमा प्रवेश गरे। मार्च २८ मा इजरायली सैन्य लक्ष्यमा गरिएको क्षेप्यास्त्र प्रहार यसैको पछिल्लो कडी हो।

‘रेड लाइन’ तोडियो भने लाल सागरमा जहाजहरू पूर्णरूफमा ध्वस्त बनाउने चेतावनी अब्दुल मालिक अल-हुथीले दिएका छन् । जसका कारण विश्वभर ऊर्जा संकट र आर्थिक मन्दीको जोखिम पुनः बढेको छ । स्ट्रेट अफ होर्मुज र लाल सागर दुवै चोकप्वाइन्टहरू प्रभावित हुँदा विश्वको तेल आपूर्ति ठप्प हुने खतरा देखिएको छ।





Source link

Leave a Comment