प्रकाशित मिति : मंसिर ११, २०८२ बिहीबार

अमेरिकाको कोलोराडोमा अब आप्रवासन तथा सीमा शुल्क प्रवर्तन (आइस) का अधिकारीहरूले फरार हुनसक्ने सम्भावना भएका व्यक्तिलाई मात्र विना वारेन्ट पक्राउ गर्न पाउने भएका छन्।
संघीय न्यायाधीशले अब आइस अधिकारीहरूले फरार हुनसक्ने व्यक्ति छ भने मात्रै विना वारेन्ट पक्राउ गर्न पाउने निर्णय सुनाएका हुन्। यो आदेश अमेरिकन सिभिल लिबर्टिज युनियन अफ कोलोराडो र अन्य वकिलहरूले दायर गरेको मुद्दाको आधारमा आएको हो। अमेरिकी डिस्ट्रिक्ट सिनियर न्यायाधीश आर. ब्रुक ज्याक्सनले यो आदेश जारी गरेका हुन्।
अमेरिकन सिभिल लिबर्टिज युनियन अफ कोलोराडो ले वारेन्ट बिना आइस द्वारा पक्राउ गरिएका चार जनाको पक्षमा मुद्दा दायर गरेको थियो। उनीहरूको दाबी थियो कि राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन अभियानअन्तर्गत अधिकारीहरूले कानुनी रूपमा आवश्यक मूल्यांकन नगरी अनियमित रूपमा मानिसहरूलाई पक्राउ गरेका थिए।
संघीय कानुनअनुसार विना वारेन्ट कसैलाई गिरफ्तार गर्नुअघि आप्रवासन अधिकारीहरूसँग ती व्यक्ति अमेरिकामा अवैध रूपमा बसेका छन् वा उनी फरार हुने सम्भावना छ भन्ने कारण कारणहरू हुनु आवश्यक छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका प्रवक्ता ट्रिसिया म्याकलाफ्लिनले यस निर्णयलाई “सक्रियवादी फैसला” भन्दै विभागले कानुनको पालना गर्ने दाबी गरिन्।
यो फैसला यसअघि क्यालिफोर्नियामा अमेरिकन सिभिल लिबर्टिज युनियनले दायर गरेको अर्को मुद्दासँग मिल्दोजुल्दो छ । जहाँ अदालतले सीमा सुरक्षा एजेन्टहरूले वारेन्टबिना गरेको गिरफ्तारीमाथि रोक लगाएको थियो।
सरकारले त्यो निर्णय विरुद्ध अपिल गरेको छ। यसअघि लस एन्जेलस क्षेत्रमा जात, भाषा, पेशा वा स्थानको आधारमा मानिसहरूलाई नियन्त्रणमा लिने काममा रोक लगाउने आदेश जारी गरिएको थियो, तर सर्वोच्च अदालतले सेप्टेम्बरमा त्यो आदेश उल्टाएको थियो। यो घटनाक्रम न्यु ओर्लियान्समा सीमा सुरक्षा अभियानको डरले आप्रवासीहरू घरमै बसिरहेको बेला आएको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
