कार्यस्थलमा अध्यागमन कारबाही तीव्र पार्ने ट्रम्प प्रशासनको तयारी



प्रकाशित मिति : १८ असार २०८३, बिहिबार

कार्यस्थलमा अध्यागमन कारबाही तीव्र पार्ने ट्रम्प प्रशासनको तयारी

तस्वीर : आइस

ट्रम्प प्रशासनले कार्यस्थलहरूमा अध्यागमन कानुन कार्यान्वयनसम्बन्धी कारबाही बढाउने योजना बनाइरहेको छ। पक्राउ पर्नेहरूको सङ्ख्या बढाउन र राष्ट्रपतिका कट्टर समर्थकहरूलाई सन्तुष्ट पार्न विभिन्न सङ्घीय निकायहरू रणनीति तय गर्न लागिपरेको यस विषयसँग निकट विभीन्न स्रोतहरूले जानकारी दिएका छन्।

प्रशासनिक अधिकारीहरूका अनुसार हाल आपराधिक अनुसन्धानहरू भइरहेका छन् र थप प्रवर्तन उपायहरू तिनै अनुसन्धानका आधारमा चालिनेछन्। गृह सुरक्षा मन्त्रालय डिपार्टमेन्ट अफ होमल्यान्ड सेकुरिटीका प्रवक्ताका अनुसार हाल ठगीलाई लक्षित गरी आपराधिक अनुसन्धानमा वृद्धि” गरिएको छ।

उत्पादन, निर्माण र कृषि जस्ता प्रमुख उद्योगहरूलाई चिढ्याएर कमजोर अर्थतन्त्रलाई थप जोखिममा नपारी इतिहासकै ठूलो सङ्ख्यामा देश निकाला गर्ने प्रयासमा प्रशासनले सन्तुलन कायम गर्न खोजिरहेको बेला यो आन्तरिक गृहकार्य सुरु भएको हो।

विगतमा कार्यस्थलहरूमा छापा मार्ने विषयमा होमल्यान्ड सेकुरिटीले मिश्रित सन्देशहरू दिँदै आएको थियो। गत वर्ष जोर्जियास्थित हुन्डाईको प्लान्टमा गरिएको अध्यागमन छापाका कारण अमेरिका र दक्षिण कोरियाबीच कूटनीतिक विवाद समेत उत्पन्न भएको थियो। अध्यागमनका कट्टरपन्थीहरू भने राष्ट्रपतिको बृहत्तर अध्यागमन एजेन्डा पूरा गर्न कार्यस्थलमा यस्तो कारबाही आवश्यक रहेको तर्क गर्छन्।

वर्तमान अवस्थाबारे चर्चा गर्दै एक प्रशासनिक अधिकारीले भने, यथार्थ के हो भने कार्यस्थलमा कारबाही भएकै छैन र यो नभएसम्म निष्कासनको सङ्ख्या तोकिएको स्तरमा पुग्न सक्दैन। स्रोतका अनुसार कार्यस्थलमा कारबाही गर्ने रणनीति तयार पार्न जस्टिस डिपार्टमेन्ट र होमल्यान्ड सेकुरिटीसहित विभिन्न सङ्घीय निकायका अधिकारीहरू लगातार छलफलमा छन्।

यस योजनाको एक भाग अन्तर्गत रोजगारदाताहरूलाई कामदार भर्ना गर्नेसम्बन्धी जिम्मेवारीबारे शिक्षित गराउने र आपराधिक गतिविधिमा संलग्न कार्यस्थलहरूबाट अध्यागमन गिरफ्‍तारी गर्ने तयारी भइरहेको एक स्रोतले जनाएको छ। यद्यपि, योजनाहरू अझै प्रारम्भिक चरणमा रहेकाले यसमा परिवर्तन हुनसक्ने स्रोतहरूले सचेत गराएका छन्।

ह्वाइट हाउसका एक अधिकारीले भने, यो कुनै नयाँ नीति होइन। प्रशासनले आफ्नो कार्यकालको सुरुदेखि नै कल्याणकारी योजनामा ठगी, लाभ ठगी, पहिचान चोरी जस्ता कैयौँ उल्लङ्घनहरूमा आपराधिक अनुसन्धान गर्दै आएको छ। उनले थपे,यी अनुसन्धानहरू आपराधिक प्रकृतिका हुन्। यदि कानुन तोड्नेहरूलाई रोक्न कानुनी कारबाही आवश्यक परेमा ट्रम्प प्रशासनले कानुन पूर्ण रूपमा कार्यान्वयन गर्नेछ।

कार्यस्थलमा गरिने यस्ता कारबाहीको तयारीका लागि महिनौँ वा वर्षौँ लाग्न सक्छ, किनकि यो जारी आपराधिक अनुसन्धानमा आधारित हुन्छ।आईसको होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन्सले सामान्यतया सुरुमा कम्पनीको अध्यागमन कागजात अडिट गर्ने सूचना दिन्छ; त्यसपछि अडिट गरिन्छ र समस्या देखिएमा आपराधिक अनुसन्धान सुरु गरिन्छ।

पूर्व डीएचएस अधिकारीले यस प्रक्रियाबारे भने, यो निकै कठिन कार्य हो किनभने यसमा कागजातहरूको चाङ हुन्छ। कसैको दोष प्रमाणित गर्न ठूलो विश्लेषण र लगनशीलता आवश्यक पर्छ। यसका लागि निकै मिहिनेत चाहिन्छ।

अध्यागमनका कट्टरपन्थी र राष्ट्रपतिका सहयोगीहरूले लामो समयदेखि कार्यस्थलमा कारबाही बढाउन दबाब दिँदै आएका छन्। उनीहरू यसलाई सार्वजनिक सुरक्षा वा राष्ट्रिय सुरक्षाका लागि खतरा नभएका सामान्य कागजातविहीन आप्रवासीहरूलाई पनि ठूलो सङ्ख्यामा देश निकाला गर्ने र अवैध रूपमा काम दिने रोजगारदाताहरूलाई दण्डित गर्ने बलियो माध्यम मान्छन्।

सीमित आप्रवासनको वकालत गर्ने संस्था ‘सेन्टर फर इमिग्रेसन स्टडीज’ का निर्देशक मार्क क्रिकोरियन भन्छन्, प्रशासनले अब एउटा परीक्षाको सामना गर्दैछ-उनीहरू यसमा सफल हुन्छन् कि हुँदैनन्? परीक्षा यो हो कि उनीहरूले रोजगारीसँग सम्बन्धित कानुनी कारबाहीलाई उल्लेखनीय रूपमा बढाउँछन् वा बढाउँदैनन्। यो कार्यस्थलमा छापा मार्ने मात्र होइन, बरु कागजातहरूको कडा जाँचबुझ जस्ता सबै प्रक्रिया यसको हिस्सा हुनुपर्छ। उनका अनुसार यसमा रोजगारदाताहरूलाई समेत सचेत गराउनु समावेश छ।

कार्यस्थलमा चाल्न लागिएको यो कदम आइसले आफ्नो समग्र गिरफ्‍तारी अभियानलाई तीव्र पारिरहेकै बेला आएको हो। हालैका दिनहरूमा आइसले अध्यागमन गिरफ्‍तारी बढाएर दैनिक औसत करिब २,००० जनालाई हिरासतमा लिइरहेको छ, जुन अघिल्ला महिनाहरूको तुलनामा बढी हो। अधिकारीहरू यो सङ्ख्यालाई निरन्तर कायम राख्न चाहन्छन्।

हाम्रो गिरफ्‍तारीको सङ्ख्या बढिरहेको छ। देश निकाला गरिनेहरूको सङ्ख्या पनि लगातार वृद्धि भइरहेको छ। अहिले हामीले दैनिक औसत ३,००० भन्दा बढी- वास्तवमा भन्नुपर्दा विगत केही हप्तादेखि दैनिक ३,२०० भन्दा बढी व्यक्तिहरूलाई देश निकाला गरिरहेका छौँ, होमल्यान्ड सेक्रेटरी मार्कवेन मुलिनले बुधबार न्युयोर्कमा आयोजित पत्रकार सम्मेलनमा भने। उनले थपे, तपाईँ ‘रेड स्टेट’ मा बस्नुहोस् वा ‘ब्लु स्टेट’ मा, हामी कानुन र व्यवस्था पुनर्बहाली गर्न प्रत्येक दिन दृढताका साथ लागिपरेका छौँ।

गत वर्ष ट्रम्प आफैँ पनि आप्रवासी कामदारहरूमाथि कडा कारबाही गर्ने विषयमा पटक-पटक अलमलिएका थिए। कतिपय अवस्थामा उनले आप्रवासीहरूलाई रोजगारी दिने कृषि र अन्य उद्योगहरूलाई संरक्षण गर्नुपर्ने सुझाव दिएका थिए भने अर्कोतर्फ उनी र उनका केही शीर्ष सल्लाहकारहरूले आइसलाई आप्रवासनसम्बन्धी धरपकड तीव्र पार्न दबाब दिइरहेका थिए।

यसले गर्दा आइस भित्रै पनि अन्योलको स्थिति सिर्जना भएको थियो; एजेन्टहरूलाई कहिले फारम, होटल र रेस्टुरेन्टहरूमा अध्यागमन छापा नमार्न भनिन्थ्यो भने कहिले कार्यस्थलमा कारबाही जारी राख्न निर्देशन दिइन्थ्यो।

हाल चाल्न लागिएको यस पछिल्लो कारबाहीको दायरा कति ठूलो हुनेछ भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन। क्रिकोरियनले यस कारबाहीले रोजगारदाताहरूलाई केही असहजता निम्त्याउने स्वीकार गर्दै भने, केही असहजता बिना ठूलो सङ्ख्यामा देश निकाला गर्न वा उनीहरूलाई आफैँ देश छोड्न बाध्य पार्न सम्भव नै छैन।





Source link

Leave a Comment