काठमाडौंमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको ‘गौरव यात्रा’ (फोटो फिचर)

प्रकाशित मिति : ३० जेष्ठ २०८३, शनिबार

काठमाडौंमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको ‘गौरव यात्रा’ (फोटो फिचर)

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूले शनिबार काठमाडौंमा गौरव यात्रा (प्राइड परेड) निकालेका छन् । विभिन्न नारा लेखिएका ब्यानर तथा प्लेकार्ड बोकेर शान्ति बाटिकाबाट सुरु भएको र्‍याली खुल्ला मञ्चमा पुगेर सम्पन्न भएको थियो ।

काठमाडौंमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको ‘गौरव यात्रा’ (फोटो फिचर)

विश्वभर जुन महिनालाई ‘प्राइड मन्थ’ का रूपमा मनाउने गरिन्छ । यो परम्परा सन् १९६९ जुनमा अमेरिकाको न्यूयोर्कस्थित स्टोनवाल दङ्गापछि सुरु भएको हो । नेपालमा भने यो कार्यक्रम पहिलो पटक सन् २०१९ मा आयोजना गरिएको थियो । पछिल्ला वर्षहरूमा यसमा समुदायको उत्साहजनक सहभागिता बढ्दै गएको छ ।

काठमाडौंमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको ‘गौरव यात्रा’ (फोटो फिचर)

र्‍यालीमा विभिन्न उमेर समूहका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूका साथै आम नागरिकहरू पनि सहभागी थिए । रङ्गीचङ्गी झण्डा फहराउँदै, अनुहारमा फेस पेन्टिङ गर्दै सहभागीहरूले संविधानले प्रदान गरेको अधिकारको कार्यान्वयनको माग गरेका थिए ।

काठमाडौंमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको ‘गौरव यात्रा’ (फोटो फिचर)

नेपालमा समलिङ्गी विवाहलाई कानुनी मान्यता दिइसकिएको छ । यसैगरी गण्डकी प्रदेशले लोकसेवा आयोगमार्फत् सरकारी दरबन्दीमा आरक्षणको व्यवस्था गरिसकेको छ । र्‍यालीका सहभागीहरूले समान हैसियत, अधिकारको सुनिश्चितता र सामाजिक सम्मानको माग गर्दै आएका छन् ।

काठमाडौंमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको ‘गौरव यात्रा’ (फोटो फिचर)

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायसँग आफ्नै ऐतिहासिक उत्सवहरू छन् । सन् २००७ (२०६४ पुस ६ गते) सर्वोच्च अदालतले दिएको पहिचानको फैसलाको दिनलाई उनीहरूले उत्सवका रूपमा मनाउने गरेका छन् ।

काठमाडौंमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको ‘गौरव यात्रा’ (फोटो फिचर)

काठमाडौंमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको ‘गौरव यात्रा’ (फोटो फिचर)

विगत तीन वर्षदेखि असार १५ गते ‘रोपाइँ जात्रा’ मनाउँदै आएका छन् भने सन् २००४ देखि गाइजात्रालाई पनि क्वियर सशक्तीकरणसँग जोडेर मनाइँदै आएको छ ।

काठमाडौंमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको ‘गौरव यात्रा’ (फोटो फिचर)

समुदायका सदस्यहरूले नेपालको आफ्नै समय, संस्कृति र परिवेशअनुसार पहिचानको मुद्दा उठाउँदै आएका छन् ।

काठमाडौंमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको ‘गौरव यात्रा’ (फोटो फिचर)

“प्राइड मन्थ भनेको आफ्नो पहिचानलाई गर्वका साथ स्वीकार गर्दै अघि बढ्ने समय हो,” सहभागीहरूले भने, “आफ्नो अस्तित्व नै आफ्नो शक्ति हो भन्ने महसुस गर्ने र अरूलाई पनि त्यो अनुभूति दिलाउने अवसर हो । कसैलाई आफ्नो पहिचानअनुसार बाँच्न पाउने हक मात्र होइन, उनीहरूलाई ‘तिमी एक्लो छैनौ’ भन्ने अनुभूति गराउनु नै साँचो परिवर्तन हो ।”

काठमाडौंमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको ‘गौरव यात्रा’ (फोटो फिचर)

यस्ता र्‍यालीहरूले समाजमा समावेशीता, सम्मान र समानताको वातावरण निर्माण गर्न निरन्तरता दिनुपर्ने उनीहरूको भनाइ छ ।

काठमाडौंमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको ‘गौरव यात्रा’ (फोटो फिचर)
काठमाडौंमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको ‘गौरव यात्रा’ (फोटो फिचर)
काठमाडौंमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको ‘गौरव यात्रा’ (फोटो फिचर)
काठमाडौंमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको ‘गौरव यात्रा’ (फोटो फिचर)
काठमाडौंमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको ‘गौरव यात्रा’ (फोटो फिचर)

सबै तस्वीरः दीपेन्द्र ढुंगाना

Source link

Leave a Comment