एसइई दिने विद्यार्थीलाई गाउँपालिकाले दियाे खाद्यान्न

एसइई दिने विद्यार्थीलाई गाउँपालिकाले दियाे खाद्यान्न


मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने विद्यार्थीलाई गाउँपालिकाले खाद्यान्न उपलब्ध गराएको छ।

बुधबार पालिकामा एक कार्यक्रमकाबीच विद्यार्थीहरूलाई खाद्यान्न वितरण गरिएको हो। मकवानपुरको विकट र दुर्गम पालिकाको रुपमा रहेको राक्सिराङले एसइईमा सहभागी हुन लागेका विद्यार्थीलाई साढे १२ किलो चामल, दाल, तेल, नुन लगायतको खाद्यान्न उपलब्ध गराएको हो।

यसअघि मनहरी र हेटौंडाको विभिन्न परीक्षा केन्द्रबाट परीक्षा दिँदै आएका राक्सिराङका परीक्षार्थीले पहिलो पटक आफ्नै पालिकाको केन्द्रबाट परीक्षा दिँदै छन्। राक्सिराङ गाउँपालिकाको प्रजा जागृति माध्यमिक विद्यालयलाई परीक्षा केन्द्र तोकिएको छ।

विद्यार्थीको सहजताको लागि खाद्यान्न सहयोग गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए। ‘राक्सिराङ गाउँपालिकाबाट यो वर्ष ३८१ विद्यार्थी एसइईमा सहभागी हुँदै छन्’, अध्यक्ष मल्लले भने, ‘जसमध्ये टाढाबाट आएका २०३ जनालाई सहयोग गरिएको हो। यसबाट विद्यार्थीलाई सहज रुपमा परीक्षामा सहभागी हुन मद्दत पुग्नेछ भन्ने विश्वास लिएका छौं।’

अहिले गाउँमा खाद्यान्नको अभाव हुने समय रहेकोले विद्यार्थीलाई खाद्यान्न वितरण गरिएको अध्यक्ष मल्ले बताए। ८ देखि १२ घण्टासम्म हिँडेर परीक्षा केन्द्र आउनुपर्ने अवस्थामा राक्सिराङका विद्यार्थी रहेका छन्।

खाद्यान्न अभाव खेप्दै आएका राक्सिराङको सिलिङे मावि, खैराङको कालिका मावि, श्री मावि देवीटार र कालिका मावि राक्सिराङका विद्यार्थीलाई खाद्यान्न वितरण गरिएको राक्सिराङका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले बताए।

टाढाबाट आएका परीक्षार्थीहरू आफन्तकोमा आश्रय लिएर बसेका छन्। चेपाङ जातीको बाहुल्य रहेको राक्सिराङबाट १०४ जना चेपाङ विद्यार्थीहरुले एसइई दिँदै छन्। मकवानपुरबाट यस पटक ६ हजार १ सय ६३ जना विद्यार्थी एसइईमा सहभागी हुँदै छन्।

प्रकाशित: १४ चैत्र २०८० २१:०७ बुधबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School