इरान र इजरायलबीच युद्ध चर्किदै गर्दा अमेरिकाले सैन्य विमान युरोप पठायो



प्रकाशित मिति : असार ३, २०८२ मंगलबार


अमेरिकाले आफना सैन्य विमानलाई युरोप पठाएको छ । इरान इजरायल तनावबीच सम्भावित सैन्य कारबाहीको तयारीका लागि अमेरिकाले आफना सैन्य विमानलाई युरोप पठाएको हो ।

पछिल्ला ३ दिनमा कम्तीमा ३० वटा अमेरिकी सैन्य विमानहरू अमेरिका भित्रका विभिन्न आधारशिविरबाट युरोप पठाइएको तथ्य फ्लाइट ट्र्याकिङ डाटाबाट देखिएको छ।

यी सबै विमानहरू ट्याङ्कर एयरक्राफ्ट हुन् । जसको प्रयोग लडाकु विमान र बमबर्षक विमानहरूलाई हावामा इन्धन भर्नका लागि गरिन्छ । तीमध्ये कम्तीमा सात वटा विमानहरू स्पेन, स्कटल्यान्ड र इङ्ल्यान्डमा रहेका अमेरिकी एयरबेसहरूमा अवतरण गरेका थिए।

इरान र इजरायलबीच युद्ध चर्किदै गर्दा अमेरिकाले सैन्य विमान युरोप पठायो

इरान र इजरायलबीच युद्ध चर्किदै गर्दा अमेरिकाले सैन्य विमान युरोप पठायो

इजरायल र इरानबीच सैन्य प्रहारहरू जारी रहेका बेला अमेरिकी सैन्य विमानहरु युरोप लगिएको छ । इजरायलले शुक्रबार इरानको न्यूक्लियर कार्यक्रम नष्ट गर्ने नाममा सैन्य अभियान थालेको घोषणा गरेको थियो।

यद्यपि अमेरिकी विमानहरू युरोपमा सारिनु सिधै इजरायल–इरान संघर्षसँग सम्बन्धित छ कि छैन भन्ने स्पष्ट छैन । तर सैन्य विश्लेषक जस्टिन ब्रन्कले भने, ‘यस्ता ट्याङ्कर विमानहरूको यति ठूलो संख्यामा तैनाथी असामान्य कुरा हो।’

उनले भने, ‘यसले संकेत गर्छ कि अमेरिकाले केही हप्ताभित्र सम्भावित सैन्य कारबाहीको तयारी गरिरहेको छ।’ ट्र्याक गरिएका सात ट्याङ्कर विमानहरू इटालीको पूर्वमा उडिरहेको देखिएको छ । जबकि एउटा विमान ग्रीसको क्रिट टापुमा अवतरण गरेको थियो। बाँकी विमानहरूको गन्तव्य खुलाइएको छैन।

आयरिस डिफेन्स फोर्सका पूर्व प्रमुख उप एडमिरल मार्क मेल्लेटले यी गतिविधिहरू इरानलाई वार्तामा झुक्न दबाव दिनका लागि अमेरिकाले अपनाएको रणनीति हुन सक्ने बताएका छन ।

शुक्रबार इजरायलले इरानको न्यूक्लियर पूर्वाधारमा आक्रमण गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता गर्न दिएको समयसीमा समाप्त भएको भोलिपल्ट आक्रमण भएको हो।

इरान र इजरायलबीच युद्ध चर्किदै गर्दा अमेरिकाले सैन्य विमान युरोप पठायो

रिपोर्टहरूका अनुसार अमेरिका अहिले युद्धपोतलाई पनि दक्षिण चीन सागरबाट मध्यपूर्वतिर पठाउँदैछ । भियतनाममा सो युद्धपोतको एक कार्यक्रम तय गरिएको थियो । जुन ‘आपतकालीन सैन्य आवश्यकताका कारण’ रद्द गरिएको अमेरिकी दूतावासले जनाएको छ।

इरानमा दुई प्रमुख भूमिगत यूरेनियम प्रशोधन स्थलहरू छन् । नताञ्ज र फोर्दो ती भूमिगत प्रशोधन केन्द्रहरु हुन । नताञ्जमा पहिले नै इजरायली आक्रमण भइसकेको छ । फोर्दो स्थल पहाडभित्र गहिराइमा रहेको छ।

त्यहाँ प्रहार गर्न बंकर बस्टर बम प्रयोग गर्नुपर्ने हुन्छ। यी बमहरू ६० मिटर गहिरो कंक्रिट भित्र छिर्न सक्षम छन्।

यी बम केवल बी २ स्टेल्थ बमबर्षक विमानमार्फत मात्र बोक्न सकिन्छ । अमेरिकाले यी बमबर्षकहरूलाई हिन्द महासागरको डिएगो गार्सिया टापुमा तैनाथ गरेको थियो ।

यो टापु इरानको दक्षिणी तटबाट करिब २ हजार ४०० माइल टाढा पर्छ । तर यो सैन्य कारबाहीको लागि उपयुक्त दूरीमा भने पर्छ।





Source link

Leave a Comment