इरानले युद्धविराम उल्लङ्घन गरेको भन्दै इजरायलका रक्षामन्त्रीले दिए आक्रमणको आदेश



प्रकाशित मिति : असार १०, २०८२ मंगलबार


इजरायलका रक्षा मन्त्री इजरायल काट्जले मंगलबार तेहरानमाथि सैन्य आक्रमण गर्न आदेश दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको युद्धविरामको केही घण्टामै इरानले मिसाइल प्रहार गरेको भन्दै इजरायलले यस्तो निर्णय लिएको हो। यस घटनाले दुई मुलुकबीच पुनः द्वन्द्व चर्किने सम्भावना देखिएको छ।

इजरायली रक्षा मन्त्री काट्जले वक्तव्य जारी गर्दै भने, “अमेरिकाका राष्ट्रपति ट्रम्पद्वारा घोषणा गरिएको युद्धविरामको इरानले स्पष्ट उल्लंघन गरेको छ। त्यसैले मैले तेहरानमा रहेको शासकीय संरचना र आतंकवादी पूर्वाधारहरूलाई लक्षित गर्दै उच्च तीव्रताको सैन्य कारबाही निरन्तर जारी राख्न इजरायली सेनालाई निर्देशन दिएको छु।”

तर, इरानले भने इजरायलको यो आरोपलाई अस्वीकार गरेको छ। इरानी सरकारी मिडिया ‘नूर न्यूज’ का अनुसार इरानको सशस्त्र बलको महासेनापतिले पछिल्लो केही घण्टामा इजरायलतर्फ कुनै मिसाइल प्रक्षेपण नभएको बताएका छन्।

इरानले युद्धविराम उल्लङ्घन गरेको भन्दै इजरायलका रक्षामन्त्रीले दिए आक्रमणको आदेश

इरानले युद्धविराम उल्लङ्घन गरेको भन्दै इजरायलका रक्षामन्त्रीले दिए आक्रमणको आदेश

मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच १२ दिनदेखि जारी युद्ध अन्त्य गर्न युद्धविराम घोषणा गरेका थिए। ट्रम्पले सोसल ट्रुथमा मा लेखेका थिए, “सिजफायर अब लागू भएको छ। कृपया यसलाई उल्लङ्घन नगर्नुहोस् !”

उक्त घोषणापछि इजरायल र इरान दुवैले युद्धविराममा सहमति जनाएको घोषणा गरेका थिए।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले जुन १३ मा सुरु गरिएको इरानमाथिको आकस्मिक आक्रमणबाट आफ्नो देशले लक्ष्य प्राप्त गरिसकेको दावी गरेका छन्।

https://www.youtube.com/watch?v=videoseries

उनले भने, “इरानको आणविक कार्यक्रम र मिसाइल क्षमताको विनाश हाम्रो लक्ष्य थियो, जुन पूरा भएको छ। यस अभियानमा अमेरिकी समर्थनप्रति इजरायल आभारी छ।”

इरानी सर्वोच्च सुरक्षा परिषद्ले भने इजरायललाई ‘एकतर्फी हार स्वीकार गर्न बाध्य पारिएको’ दाबी गरेको छ। परिषद्ले चेतावनी दिँदै भन्यो, “शत्रुको कुनै पनि आक्रमणको जवाफ दिन इरानी सेनाहरू सदैव ट्रिगरमा औंला राखेर तयार रहने छन्।”

इरानले युद्धविराम उल्लङ्घन गरेको भन्दै इजरायलका रक्षामन्त्रीले दिए आक्रमणको आदेश

इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि भएको स्पष्ट पारेको छ र आणविक हतियार विकास गर्ने दाबीलाई अस्वीकार गरेको छ। तर. इजरायल र पश्चिमी मुलुकहरू भने त्यसलाई सम्भावित खतरा ठान्दै आएका छन्।

युद्धविरामको घोषणापछि मंगलबार अन्तर्राष्ट्रिय सेयर बजारमा उत्साह देखिएको छ भने तेलको मूल्यमा गिरावट आएको छ। यसबाट विश्वले अमेरिकी हस्तक्षेपपछि युद्ध अन्त्यतर्फ अघि बढ्ने आशा लिएको देखिएको छ।





Source link

Leave a Comment