इरानलाई चेतावनी दिँदै ट्रम्पले भने – ‘आज राति एउटा पूरै सभ्यता समाप्त हुनेछ’



प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार

इरानलाई चेतावनी दिँदै ट्रम्पले भने – ‘आज राति एउटा पूरै सभ्यता समाप्त हुनेछ’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध चर्को अभिव्यक्ति दिँदै सम्भावित ठूलो सैन्य टकरावको संकेत गरेका छन् । जसले अन्तर्राष्ट्रिय समुदायमा गम्भीर चिन्ता पैदा गरेको छ।

फेब्रुअरी २८ मा ट्रम्पले ‘ठूलो सैन्य कारबाही’ सुरु गरिएको घोषणा गर्दै अमेरिकी–इजरायली संयुक्त आक्रमणले इरानका सैन्य तथा सरकारी संरचनाहरूलाई लक्षित गरिएको बताएका थिए।

यसैबीच, ट्रम्पले इरानलाई रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिने हर्मुजको जलडमरू पूर्ण रूपमा पुनः सञ्चालन गर्न मंगलबार साँझसम्मको समयसीमा दिएका थिए । यदि उक्त मार्ग तत्काल नखोलिएमा ‘अज्ञात तर कडा प्रतिकार’ सामना गर्नुपर्ने चेतावनीसमेत दिएका थिए । होर्मुज जलडमरू विश्व ऊर्जा आपूर्तिको मुख्य मार्ग मानिन्छ, जहाँ अवरोध हुँदा विश्व अर्थतन्त्रमै असर पर्न सक्छ।

तर, सबैभन्दा चासोको विषय बनेको छ ट्रम्पको मंगलबार बिहानको अभिव्यक्ति। उनले आफ्नो सामाजिक सञ्जालमार्फत लेख्दै भनेका छन्, “आज राति एउटा पूरै सभ्यता समाप्त हुनेछ, जसलाई फेरि कहिल्यै फर्काउन सकिने छैन।”

उनले थपेका छन्, “म यस्तो हुन नचाहन्छु, तर सम्भवतः यस्तै हुनेछ ।”, यसले सम्भावित विनाशकारी अवस्थाको संकेत गरेको विश्लेषकहरू बताउँछन्।





Source link

Leave a Comment