इजरायल-इरान तनावले आफ्नो लागि सैन्य सहायता नघट्ने युक्रेनको अपेक्षा



प्रकाशित मिति : जेष्ठ ३१, २०८२ शनिबार

UKRAINE-EU-RUSSIA-CONFLICT-WAR

इजरायल र इरानबीचको तनावका कारण किएभलाई दिइने सैन्य सहायतामा कमी नआउने विश्वास युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले व्यक्त गरेका छन् ।

उनले भने, “हामी युक्रेनलाई दिइने सहयोग यसबाट कम नहोस् भन्ने चाहन्छौं । पछिल्लो पटक युक्रेनलाई सहायता कम गर्न कारक बनेको इजरायल र अरब राष्ट्रको सैन्य तनाब पनि एक कारक बनेको थियो ।

इजरायलले शुक्रबार इरानमाथि आणविक तथा सैन्य संयन्त्रका साथै उच्च पदस्थ जनरल र आणविक वैज्ञानिकलाई लक्षित गरी ठूलो मात्रामा आक्रमण गरेको थियो ।

इजरायल-इरान तनावले आफ्नो लागि सैन्य सहायता नघट्ने युक्रेनको अपेक्षा

इजरायल-इरान तनावले आफ्नो लागि सैन्य सहायता नघट्ने युक्रेनको अपेक्षा

इरानमाथिको आक्रमणले तेलको मूल्यमा वृद्धि भएको र यसले रुसलाई फाइदा पुग्ने जेलेन्स्कीले बताएका छन् ।

“आक्रमणका कारण तेलको मूल्यमा तीव्र वृद्धि भयो। यो हाम्रो लागि नराम्रो हो”, रूसी तेल निर्यातमा मूल्य सीमा लागू गर्न आह्वान गर्दै उनले थपे ।

उनले निकट भविष्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्भावित बैठकमा मूल्य सीमाको मुद्दा उठाउने बताए ।

यद्यपि, इजरायली आक्रमणहरूले तेहरानबाट मस्कोलाई सैन्य उपकरण आपूर्तिमा कमी ल्याउँछ भने यो किएभका लागि पनि अनुकूल हुन सक्छ । रूसले युक्रेनविरूद्धको लडाईमा इरानमा निर्मित ड्रोन र र उत्तर कोरियाली जनशक्तिको व्यापक प्रयोग गरेको दावी युक्रेन र उसका पश्चिमी सहयोगीहरूले गरेका छन् ।

युक्रेनी नेताले वासिङ्टनको संलग्नताबिना युरोपको समर्थन रोकिने चेतावनी पनि दिए । उनले भने, “यदि अमेरिकाको संलग्नता छैन भने युक्रेनलाई दिने सहयोग के गर्ने भनेर युरोपले अहिलेसम्म निर्णय गरिसकेको छैन।”

इजरायल-इरान तनावले आफ्नो लागि सैन्य सहायता नघट्ने युक्रेनको अपेक्षा

उनले रुससँगको वार्तामा ‘दृष्टिकोण परिवर्तन’ गर्न अमेरिकालाई आग्रह गर्दै अहिले अमेरिकाको रूससँगको सम्बन्ध ‘धेरै न्यानो’ भएको र यसले युद्ध अन्त्य गर्न सहयोग नगर्ने चेतावनी दिए ।





Source link

Leave a Comment