इजरायली हवाई हमलामा हिजबुल्लाह नेता नसरल्लाहको मृत्यु भएको पुष्टि



प्रकाशित मिति : आश्विन १२, २०८१ शनिबार

लेबनानको इरान समर्थित हिजबुल्लाह समूहले आफ्ना नेता हसन नसरल्लाहको मृत्यु भएको पुष्टि गरेको छ ।

हिजबुल्लाहले लेबनानको राजधानी बेरुतस्थित आफ्नो मुख्यालयमा इजरायली आक्रमणमा नसरल्लाह मारिएको जनाएको हो ।

हिजबुल्लाहले जारी गरेको विज्ञप्तिमा नसरल्लाहको मृत्यु भएको उल्लेख छ । नसरलाहले तीन दशकभन्दा बढी समयदेखि हिजबुल्लाह समुहको नेतृत्व गर्नुभएको थियो ।

इजरायली सेनाले लामो समयदेखि यो आक्रमणको योजना बनाइरहेको बताएको थियो ।

इजरायलले ६४ वर्षीय नसरुल्लाहलाई कैयौँ इजरायली सैनिक र सर्वसाधारणको हत्याका लागि जिम्मेवार ठहर्याएको छ ।

इजराइलले हिजबुल्लाहका नेता हसन नसरल्लाहको हत्या भएको दाबी गरेपछि इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले सामाजिक सञ्जाल एक्समा एक विज्ञप्ति जारी गर्दै लेबनानमा इजरायली आक्रमणबारे आलोचना गर्नुभएको थियो ।

वर्षौंदेखि इरानले हिजबुल्लाहलाई सैन्य र आर्थिक सहयोग प्रदान गर्दै आएको आरोप इजरायलले लगाउँदै आएको छ ।

खामेनीले आफ्नो वक्तव्यमा हसन नसरल्लाहको नाम नलिइकन सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ एकातिर लेबनानमा निहत्था मानिसहरूको हत्याले कट्टरपन्थी यहूदीहरूको बर्बर स्वभावलाई फेरि एकपटक उजागर गरेको छ।

इजरायली हवाई हमलामा हिजबुल्लाह नेता नसरल्लाहको मृत्यु भएको पुष्टि

अर्कोतर्फ, यी आक्रमणहरूले इजरायली नेताहरूको नीति कति अदूरदर्शी र मूर्खतापूर्ण छ भन्ने पनि प्रमाणित गरेको छ।

सन् २००६ मा समूह र इजरायलबीच अन्तिम पटक युद्ध भएयता हिजबुल्लाहको गढमा इजरायली लडाकू विमानले शनिबार रातिसम्म बेरुतको दक्षिण र बाहिरी इलाकामा आक्रमण गरेका थिए ।

सन् २००६ यता नसरल्लाह सार्वजनिक रुपमा विरलै देखिनुभएको थियो । सन् १९९२ मा अब्बास अल मुसावीको हत्यापछि उहाँ ३२ वर्षको उमेरमा हिजबुल्लाहको महासचिवमा निर्वाचित हुनुभएको थियो।





Source link

Leave a Comment