इजरायलले गाजामा सहायता सामग्रीको प्रवेशमा रोक लगाएपछि अरब राष्ट्र र राष्ट्रसङ्घद्वारा निन्दा



प्रकाशित मिति : फाल्गुन १९, २०८१ सोमबार

इजरायलले गाज़ा पट्टीमा मानवीय सहायता प्रवेश रोक्ने निर्णय गरेपछि अरब राष्ट्रहरू र संयुक्त राष्ट्र सङ्घले आपत्ति जनाएका छन् ।

गाज़ा पट्टीमा मानवीय सहायता प्रवेश रोक्ने इजरायलको निर्णयको कडा विरोध गर्दै विभिन्न अरब राष्ट्रहरू र संयुक्त राष्ट्र सङ्घले यसलाई अन्तर्राष्ट्रिय नियमहरूको उल्लङ्घन भएको बताएका हुन् ।

इजिप्ट र कतारले इजरायलले आइतबार लिएको यो कदम युद्ध विराम सम्झौताविरुद्धको कार्य रहेको बताए । यस्तै, संयुक्त राष्ट्र सङ्घका मानवीय सहायता प्रमुख टम फ्लेचरले उक्त कदमलाई गम्भीर चिन्ताजनक रूपमा व्याख्या गरेका छन् ।

इजरायलले गाजामा सहायता सामग्रीको प्रवेशमा रोक लगाएपछि अरब राष्ट्र र राष्ट्रसङ्घद्वारा निन्दा

इजरायलले गाजामा सहायता सामग्रीको प्रवेशमा रोक लगाएपछि अरब राष्ट्र र राष्ट्रसङ्घद्वारा निन्दा

हमासले युद्ध विराम लम्ब्याउने अमेरिकी प्रस्ताव अस्वीकार गरेपछि इजरायलले गाजामा मानवीय सहायताको प्रवेश रोक्ने निर्णय गरेको हो ।

यसैबिच, हमासका प्रवक्ताले इजरायलको यो कदमलाई ‘सस्तो ब्ल्याक मेल’ भन्दै युद्ध विराम सम्झौताको उल्लङ्घन भएको बताएका छन्।

साउदी अरबले पनि इजरायलको कदमको आलोचना गरेको छ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School