इक्वेडरका शक्तिशाली अपराधी नेता ‘फिटो’ अमेरिकालाई सुपुर्दगी



प्रकाशित मिति : श्रावण ४, २०८२ आईतबार


इक्वेडरका शक्तिशाली अपराधी नेता ‘फिटो’ लाई अमेरिकामा सुपुर्दगी गरिएको छ । लागूऔषध र हतियार तस्करी मुद्दामा अदालतमा उपस्थित गराइने बताइएको छ ।
इक्वेडरका कुख्यात गिरोह नेता ‘फिटो’भनेर चिनिने अडोल्फो मासीआस भिल्लामार अमेरिका सुपुर्दगी गरिएका हुन । उनीमाथि लागूऔषध र हतियार तस्करी सम्बन्धी अन्तर्राष्ट्रिय अभियोग लागेको छ ।

३४ वर्षको जेल सजाय भोगिरहेका फिटो गत वर्ष उच्च सुरक्षा जेलबाट फरार भएका थिए ।

झण्डै एक वर्षपछि, जुन महिनामा उनलाई प्रहरीले मान्ता सहरको एक विलासी घरको भुइँतलाको बंकरबाट पक्राउ गरेको थियो । त्यसपछि उनलाई उच्च सुरक्षा जेल ला रोक्का मा राखिएको थियो।

इक्वेडरका शक्तिशाली अपराधी नेता ‘फिटो’ अमेरिकालाई सुपुर्दगी

इक्वेडरका शक्तिशाली अपराधी नेता ‘फिटो’ अमेरिकालाई सुपुर्दगी

इक्वेडरका राष्ट्रपति ड्यानियल नोबोआले त्यसबेला सुरक्षाकर्मीहरूको प्रशंसा गर्दै फिटोलाई अमेरिका सुपुर्दगी गर्ने प्रतिबद्धता जनाएका थिए । उनलाई इक्वेडरको जेलबाट निकालेर अमेरिकी अधिकारीहरूलाई हस्तान्तरण गरिएको हो।

फिटो अमेरिकाको ब्रुकलिनस्थित संघीय अदालत सोमबार उपस्थित हुनेछन् । उनका वकिल एलेक्सी स्काख्टले बताए अनुसार उनले अदालतमा आफू निर्दोष रहेको बयान दिनेछन् ।

फिटो गिरोहका प्रमुख हुन् । उक्त गिरोह मेक्सिको र बल्कन राष्ट्रहरूको शक्तिशाली अपराध संगठनहरूसँग जोडिएको छ । उनीमाथि सन् २०२३ मा राष्ट्रपति पदका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको हत्या गराउन आदेश दिएको शंका पनि गरिएको छ।

गिरोहलाई इक्वेडरको अपराध दर अत्यधिक बढाउनुमा दोषी मानिन्छ । एक समय पर्यटकहरूको गन्तव्य मानिने इक्वेडर हाल दक्षिण अमेरिकी क्षेत्रकै एक उच्च हत्या दर भएको देश बनेको छ ।

विश्वमा उत्पादन हुने कुल कोकिनको ७० प्रतिशत भन्दा बढी अहिले इक्वेडरका बन्दरगाहमार्फत तस्करी हुने बताइन्छ । इक्वेडर कोकिन निर्यातकर्ता दुई प्रमुख देश—कोलम्बिया र पेरु—को बिचमा रहेको छ ।

इक्वेडरका शक्तिशाली अपराधी नेता ‘फिटो’ अमेरिकालाई सुपुर्दगी

राष्ट्रपति ड्यानियल नोबोआले देशमा बढ्दो अपराध नियन्त्रण गर्न सुपुर्दगीसम्बन्धी जनमत संग्रह गरेका थिए ।

जनताले विदेशी सुपुर्दगीलाई समर्थन गरेका थिए । जसअनुसार नागरिकहरूलाई अपराधमा संलग्न भएमा विदेश पठाउन सकिने व्यवस्था बनाइएको हो ।

इक्वेडरको एक अत्यन्तै शक्तिशाली अपराधी नेता फिटोलाई अब अमेरिकामा लागूऔषध र हतियार तस्करीको मुद्दामा कारबाही गरिनेछ ।

यो कदम इक्वेडरमा बढ्दो हिंसा र आपराधिक गिरोहको प्रभावविरुद्ध लिइएको महत्वपूर्ण निर्णय मानिएको छ ।





Source link

Leave a Comment