आमाको निन्द्रा जोगाउने र छोराको सपना पूरा गर्ने ठमेल २४ सै घण्टा खुला गर्न लागेका हौंः लामिछाने

आमाको निन्द्रा जोगाउने र छोराको सपना पूरा गर्ने ठमेल २४ सै घण्टा खुला गर्न लागेका हौंः लामिछाने


उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने ठमेल र दरबारमार्गमा रात्रिकालिन व्यवसाय सञ्चालन आमाको निन्द्रा जोगाउने र छोराको सपना पनि पूरा गर्नेगरी गर्ने लागेको दाबी गरेका छन्।

शुक्रवार रात्रिकालिन व्यवसाय सञ्चालनसरोकारवाला निकायहरुसँगको छलफललाई सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन्।

उनले सरकारले रात्रिकालिन व्यवसाय स्थानीय र व्यवासायीहरुको समस्या समाधान गरेर मात्रै सञ्चालन गरिने प्रतिद्धता जनाए। गृहमन्त्री लामिछानेले आफू लोकतन्त्रमा विश्वास गर्ने भन्दै ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुला गर्नुहुन्न भन्नेको विचारलाई वेबस्था गर्ने गरी नजाने बताए। उनले उनीहरुको समस्या समाधान नगरी धेरै मानिसहरुले भनेकै भरमा अगाडि बढ्नुपर्छ भन्ने पक्षमा आफू नभएको स्पष्ट पारे।

स्थानीय र घरधनीको अधिकार सुरक्षित हुनेगरी मात्रै अगाडि बढ्ने उनको भनाई छ। गृहमन्त्री लामिछानेले धेरै मानिसहरु सहमत भएका आधारमा बलिया धेरै भएका पक्षमा रहेर कम मत भएकाहरुको विचारलाई अवमूल्यन गरेर जाने पक्षमा सरकार नभएको बताए। उनले ठमेल र दरबारमार्ग अनौपचारिक रुपमा चल्नु र औपचारिक रुपमा चल्नु धेरै फरक हुने बताए। २४ सै घण्टा शहर खुला हुँदा सरकार र प्रहरीले गर्ने तयारी त्यही ढङ्गको हुने उनको भनाइ छ।

पूर्णरुपमा व्यवसायीक क्षेत्र नभएकाले स्थायी बसोवास गर्नेहरुको हक अधिकार मध्यनजर राखेर काम गर्दा थप व्यवस्थित हुने विश्वास व्यक्त गरे। उनले ठमेलको हकमा दुईवटा कुरा रहेको बताए। उनले व्यवासाय जोगाउनको लागि सरकारले यो कदम चालिएको धारणा व्यक्त गरे। उनले शहरमा राति पेट्रोल हाल्ने ठाउँ नभएको भन्दै काठमाडौं शहर त्यस्तो मृत्य शहर नभएको बताए।  

प्रकाशित: २३ चैत्र २०८० १९:०८ शुक्रबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School