आप्रवासन अधिकारीहरूको गलत कार्यहरूको रिपोर्ट गर्न क्यालिफोर्नियाले बनायो अनलाइन पोर्टल



प्रकाशित मिति : मंसिर १८, २०८२ बिहीबार

आप्रवासन अधिकारीहरूको गलत कार्यहरूको रिपोर्ट गर्न क्यालिफोर्नियाले बनायो अनलाइन पोर्टल

अमेरिकाको क्यालिफोर्निया राज्यले सङ्घीय आप्रवासन अधिकारीहरूले गरेका हुनसक्ने गैर कानुनी वा दुरुपयोगात्मक गतिविधिहरूबारे सर्वसाधारणले सीधै प्रमाण पठाउन सक्ने अनलाइन पोर्टल सार्वजनिक गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको गैर कानुनी आप्रवासीविरुद्धको आक्रामक कारबाहीको प्रतिक्रियामा अन्य राज्यहरूले पनि यस्तै पहल अघि बढाइरहेका बेला क्यालिफोर्नियाको यो कदम चर्चामा आएको हो।

हालैका महिनाहरूमा अमेरिकी आप्रवासन एजेन्टहरूले लस एन्जलससहित धेरै सहरहरूमा ठुलो सङ्ख्यामा छापा र कारबाही गर्दा आलोचना बढेको छ। मुख छोपेर आक्रामक ढङ्गले काम गर्ने एजेन्टहरूले अनावश्यक बल प्रयोग गर्ने, समुदायलाई धम्क्याउने र बिना कारणै मानिसहरूलाई नियन्त्रणमा लिने गरेको आप्रवासी अधिकार समूहहरूको आरोप छ।

आप्रवासन एजेन्सीहरूको निर्देशनकर्ता विभाग डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)ले क्यालिफोर्नियाको नयाँ पोर्टलबारे कुनै टिप्पणी जारी गरेको छैन। तर, यसअघि डिएचएसले आफ्ना एजेन्टहरूको काम कानुनअनुसार भएको र राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार अवैध बसोबासकर्ताहरूमाथि कदम चालिएको दाबी गर्दै आएको छ।

क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युजमको कार्यालयले सामाजिक सञ्जालमार्फत पोर्टलको घोषणा गर्दै यसले “सार्वजनिकबाट प्राप्त जानकारीका आधारमा सम्भावित गैर कानुनी सङ्घीय कारबाहीको अभिलेख बनाउन” मद्दत गर्ने बताएका छन्। पोर्टलमार्फत राज्यको डिपार्टमेन्ट अफ जस्टिसले भविष्यमा लिन सकिने कानुनी कदमका लागि आधार तयार गर्न सक्ने उल्लेख गरिएको छ।

आप्रवासन अधिकारीहरूको गलत कार्यहरूको रिपोर्ट गर्न क्यालिफोर्नियाले बनायो अनलाइन पोर्टल

पोर्टलमा अत्यधिक बल प्रयोग, अवैध खोजतलास वा गिरफ्तारी, गैर कानुनी हिरासत, भोटिङ प्रक्रियामा हस्तक्षेप तथा अन्य नागरिक–अधिकार उल्लङ्घनजस्ता गतिविधि ‘सम्भावित अवैध’ श्रेणीमा पर्ने उल्लेख गरिएको छ।

यसैबीच, इलिनोइसका गभर्नर जेबी प्रिट्जकरले केही महिनाअघि सङ्घीय आप्रवासन कारबाहीका भिडियोहरू खिचेर सामाजिक सञ्जालमा राख्न बासिन्दालाई आग्रह गरेका थिए। पछिल्लो महिनामा उनले “इलिनोइस एकाउन्टबिलिटी कमिसन” गठन गरी सङ्घीय एजेन्टहरूको गतिविधिबारे प्रमाण सङ्कलन र सार्वजनिक बयान सुन्ने व्यवस्था गरेका थिए।

न्यूयोर्ककी अटर्नी जनरल लेटिटिया जेम्सले पनि अक्टोबरमा सर्वसाधारणसँग आप्रवासन छापामारीका भिडियो र फोटो आफ्नो कार्यालयलाई पठाउन अनुरोध गरेकी थिइन्।

अमेरिकाभर नागरिकहरूले सङ्घीय आप्रवासन एजेन्सीहरूको गतिविधि ट्र्याक गर्न तथा तिनको कामको रेकर्ड राख्न मोबाइल फोन प्रयोग गर्दै आएका छन्। तर, ट्रम्प प्रशासनले यस्ता गतिविधिबाट अधिकारीहरूविरुद्ध हिंसात्मक घटनामा वृद्धि भएको दाबी गरेको थियो । एप्पल र गुगलले आप्रवासन एजेन्ट ट्र्याक गर्न बनाइएका केही एपहरू आफ्ना स्टोरबाट हटाइसकेका छन्।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment