आजदेखि अमेरिकाको ४ लाखभन्दा बढी कृषि र गैरकृषि अस्थायी कामदार भिसाका लागि नेपाली पनि योग्य



प्रकाशित मिति : माघ ४, २०८१ शुक्रबार

man in gray hoodie and black pants holding brown cardboard box

बाइडेन प्रशासनले जनवरी १७ देखि  अमेरिकाको कृषि र गैरकृषि अस्थायी कामदार भिसाका लागि निश्चित देशहरुमात्र योग्य हुने प्रावधान हटाएको छ । देशहरुमाथिको प्रतिबन्धहरू हटाउने र अस्थायी कामदारहरूको लागि लचिलोपन बढाउनेगरी फेडरल रजिष्ट्ररमा  प्रकाशित सुचना अनुशार अब नेपाल समेत अमेरिकाको कषि र गैरकृषि अस्थायी कामदार भिसाका लागि योग्य भएको छ ।

अमेरिकाले बार्षिक ४ लाखभन्दा बढी कषि (एच टु ए) र गैरकृषि अस्थायी कामदार भिसा (एच टु बी) जारी गर्दै आएको छ । यी भिसाका लागि ८० भन्दा बढी देशहरु योग्य देशको सूचीमा रहदै आएपनि नेपाल भने उक्त सूचीमा थिएन । यो नियम लागु भएपछि नेपालीहरुले पनि प्रत्यक्ष रुपमा यी भिसाबाट फाइदा लिन सक्ने भएका छन् । यद्यपी जनवरी २० मा ट्रम्प प्रशासन आइसकेपछि बाइडेन प्रशासनको यो नियमलाई निरन्तरता दिने नदिने भने प्रष्ट छैन ।

नियमले शोषणकारी अभ्यासहरू विरुद्ध श्रमिकहरूको सुरक्षा पनि बढाएको छ । कम्पनीहरूलाई अब कषि (एच टु ए) र गैरकृषि अस्थायी कामदार भिसा (एच टु बी) कामदारहरूलाई निश्चित शुल्कहरू लिन कडाइका साथ निषेध गरिएको छ। यस प्रावधानको उल्लङ्घन गर्नेहरूले एच टु याचिकाहरूको अस्वीकार सहित कडा परिणामहरूको सामना गर्नुपर्नेछ ।

आजदेखि अमेरिकाको ४ लाखभन्दा बढी कृषि र गैरकृषि अस्थायी कामदार भिसाका लागि नेपाली पनि योग्य

नयाँ नियमले श्रम वा कानुनी उल्लङ्घन गर्ने यो यो कार्यक्रमहरूको दुरुपयोगमा दोषी रोजगारदाताहरूका निवेदनहरू अस्वीकार गर्न नयाँ आधारहरू पनि तय गरेको छ । थप रूपमा रोजगारदाताले नियम उल्लंघन गरेको गोप्य सुराक कामदारहरूका लागि सुरक्षाहरू  विस्तार गरिएको छ । जसले गर्दा उनीहरूले बदलाको डर बिना कार्यस्थलमा हुने दुर्व्यवहारहरू रिपोर्ट गर्न सक्ने सुनिश्चित हुनेछ ।

नियम अनुशार युएससीआईएसको अनुगमन र निरीक्षणहरूमा पूर्ण रूपमा सहयोग नगर्ने रोजगारदाताका आवेदनहरु अस्वीकार वा खारेज हुने जोखिम हुनेछ । रोजगारदाताले साइट भ्रमण वा समीक्षाको क्रममा सहयोग नगरे आवेदनहरु खारेज गर्न सक्ने अधिकार युएससीआईएस समक्ष हुनेछ । कामदारहरूका लागि लचिलोपन सुधार गर्न नियमले योग्य कामदारहरूलाई निवेदन स्वीकृत हुन पर्खनुको सट्टा याचिका दायर गरेपछि तुरुन्तै नयाँ रोजगारी सुरु गर्न अनुमति दिन्छ। यो परिवर्तनले कामदारहरूलाई थप गतिशीलता प्रदान गर्ने र रोजगारदाताहरूको लागि ढिलाइ कम गर्ने अपेक्षा गरिएको छ।

नयाँ नियमले कामदारहरूको लागि अधिकतम तीन वर्षको बसाइ अवधि रिसेट गर्ने प्रक्रियालाई मानकीकृत गर्दछ, जसमा अमेरिकाबाट एकसमान ६० दिनको अनुपस्थिति मात्र आवश्यक हसनेछ । नयाँ नियमले अगाडिका जटिल र प्रतिबन्धात्मक प्रावधानहरु खारेज गरेको छ ।

अमेरिकाको कषि (एच टु ए) र गैरकृषि अस्थायी कामदार भिसा (एच टु बी) भिसा कार्यक्रमहरूले अमेरिकी रोजगारदाताहरूलाई अस्थायी कृषि र गैरकृषि कामका लागि विदेशी नागरिकहरूलाई काममा राख्न अनुमति दिन्छ। कृषि भिसा कुनै संख्यात्मक सीमाहरूको अधीनमा छैन, जबकि गैर कृषि भिसाको बार्षिक कोटा ६६ हजार रहेको छ । तर यो सीमा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको विवेकमा बढाउन सकिन्छ।

आजदेखि अमेरिकाको ४ लाखभन्दा बढी कृषि र गैरकृषि अस्थायी कामदार भिसाका लागि नेपाली पनि योग्य

आर्थिक बर्ष २०२३ मा ३ लाख १० हजार ६ सय ६७ कृषि कामदार भिसा र १ लाख ३१ हजार ७ सय ७ गैर कृषि कामदार भिसा जारी गरिएको थियो । २०२२ मा पनि ४ लाख २० हजारभन्दा बढी कषि (एच टु ए) र गैरकृषि (एच टु बी) अस्थायी कामदार भिसाहरु जारी गरिएको थियो ।





Source link

Leave a Comment