प्रकाशित मिति : पुस ४, २०८२ शनिबार

अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स एन्फोर्समेन्ट (आइस)को हिरासतमा गत हप्ता चार जना आप्रवासीको मृत्यु भएको छ। यससँगै सन् २०२५ मा हिरासतमा मृत्यु हुनेको संख्या दुई दशकयताकै उच्च स्तरमा पुगेको आइसले जनाएको छ।
मृत्यु हुने ४ जना आप्रवासी हाइटी, निकारागुआ, इरिट्रिया र बुल्गेरियाका हुन् । उनीहरुको डिसेम्बर १२ देखि १५ तारिखसम्मको बीचमा मृत्यु भएको आइसले जनाएको छ । उक्त घटनाहरूको अनुसन्धान जारी रहे पनि आइसका अनुसार दुई जनाको मृत्यु मेडिकल इमर्जेन्सीपछि भएको र दुई जनाको प्राकृतिक कारणले भएको विश्वास गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा गैरकानुनी रूपमा बसोबास गर्ने आप्रवासीहरूको सामूहिक निर्वासनलाई जोड दिएका छन्। निर्वासन कार्यलाई तीव्रता दिन ट्रम्प प्रशासनले आइस हिरासतको क्षमतालाई रेकर्ड स्तरमा पुर्याएको छ । नोभेम्बरको अन्त्यसम्ममा करिब ६६ हजार व्यक्ति हिरासतमा रहेका थिए।
आइसका अनुसार यो वर्ष हिरासतमा ३० जनाको मृत्यु भएको छ। वर्षको १२ दिन मात्र बाँकी रहँदा यो संख्या २००४ यताकै उच्च हो।
“आइस आफ्नो हिरासतमा रहेका सबै व्यक्तिहरू सुरक्षित, संरक्षित र मानवीय वातावरणमा बसून् भन्ने कुरामा प्रतिबद्ध छ,” एजेन्सीले पछिल्लो मृत्युहरूको घोषणा गर्दै जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।
डेमोक्र्याटहरूले हिरासतमा भएका यी मृत्युहरूलाई ट्रम्प प्रशासनको नीतिको परिणाम भन्दै आलोचना गरेका छन्। सियाटल क्षेत्रकी अमेरिकी प्रतिनिधि प्रमिला जयपालले भनिन्, “आइससँग यी व्यक्तिहरूको हेरचाह गर्ने जिम्मेवारी छ । तर, उनीहरूले यसलाई स्पष्ट रूपमा बेवास्ता गर्दैछन्। यो अत्यन्त भयावह छ।”
यसैबीच, एक संघीय न्यायाधीशले ट्रम्प प्रशासनले कांग्रेसका सदस्यहरूलाई आप्रवासन हिरासत केन्द्रहरूमा अग्रिम सूचना बिना भ्रमण गर्न रोक्न नसक्ने फैसला सुनाएका छन्। डेमोक्र्याट सांसदहरूले पहुँच अभावमा मुद्दा दायर गरेका थिए। न्यायाधीशको आदेशपछि डेमोक्र्याट प्रतिनिधि ड्यान गोल्डम्यानले शुक्रबार न्यूयोर्क सिटीको लोअर म्यानह्याटनमा रहेको आइसको हिरासत केन्द्रको भ्रमण गरेका छन्।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्