आइरिस टोली सस्तैमा रोकियो, नेपाललाई १२२ रनको लक्ष्य

आइरिस टोली सस्तैमा रोकियो, नेपाललाई १२२ रनको लक्ष्य


यसैवर्ष हुने टि–२० विश्वकपको तयारीस्वरुप आयरल्यान्ड वुल्भ्ससँग घरेलु अभ्यास सिरिज खेलिरहेको नेपालले पहिलो खेलमा १२२ रनको लक्ष्य पाएको छ।

नेपाली बलरले राम्रो प्रदर्शन गरेपछि आइरिस टोली सस्तैमा रोकिएको हो। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको आइरिस टोलीलाई नेपाली बलरले निर्धारित २० ओभरको खेलमा अलआउट हुँदै १२१ रनमा रोकेका छन्।

आयरल्यान्डलाई सस्तैमा रोक्ने क्रममा नेपाली बलरहरू ललितनारायण राजवंशी, कुशल भुर्तेल र गुल्शन झाले २/२ विकेट लिए।

यस्तै करन केसी र कुशल मल्लले एक/एक सफलता दिलाए। आइरिस टोलीका तर्फबाट ओपनर स्टेफन डोहनीले ३९ बलमा ४६ रन जोड्नुबाहेक अन्यले आफ्नो टिमलाई उल्लेखनीय योगदान दिन सकेनन्।

प्रकाशित: १२ चैत्र २०८० १४:३९ सोमबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School