आइतबारै शान्ति सम्झौतामा हस्ताक्षर गर्न ट्रम्पको जोडबल, किन गर्दैछ इरानले अस्वीकार ?



प्रकाशित मिति : ३० जेष्ठ २०८३, शनिबार

आइतबारै शान्ति सम्झौतामा हस्ताक्षर गर्न ट्रम्पको जोडबल, किन गर्दैछ इरानले अस्वीकार ?

अमेरिकी राष्ट्रपति ट्रम्प । तस्वीर : एपी/रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आइतबार हस्ताक्षर हुने दाबी गरेका छन्। उनले उक्त सम्झौतामा हस्ताक्षर भएलगत्तै विश्व व्यापारका लागि अत्यन्त महत्त्वपूर्ण जलमार्ग ‘होर्मुज जलमार्ग पुनः सञ्चालनमा आउने बताएका छन्।

ट्रम्पको भनाइले हालैका दिनमा तीव्र रूपमा अघि बढिरहेको अमेरिका–इरान कूटनीतिक वार्ताले सकारात्मक मोड लिएको सङ्केत गरेको छ। इरानले पनि दुवै पक्ष सम्झौताका सर्तहरूमा सहमतिनजिक पुगेको सङ्केत दिएको छ।

तर इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले भने आइतबार सम्झौतामा हस्ताक्षर गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ। आईआरजीसीले ट्रम्पले विशेष गरी आइतबारकै दिन सम्झौता हुने विषयमा गरेको जोडलाई “असामान्य आग्रह” भन्दै आलोचना गर्दै अस्वीकार समेत गरेको छ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाएईले अमेरिका र इरानबीच हुने भनिएको सम्झौतामा आइतबार हस्ताक्षर नहुने बताएका छन्। बाघाएईले सम्झौतामा आइतबार हस्ताक्षर नहुने भए तापनि आगामी केही दिनभित्र भने सम्झौता हुन सक्ने स्पष्ट पारेका छन्।

यस घटनाले पछिल्ला केही दिनयता जारी कूटनीतिक प्रयासबीच अमेरिका र इरानबाट आएका सार्वजनिक अभिव्यक्तिहरूमा देखिएको मतभेदलाई पुनः उजागर गरेको छ। दुवै पक्ष वार्तामा प्रगति भएको स्वीकार गरिरहे पनि सम्झौता कहिले र कसरी औपचारिक हुनेछ भन्ने विषयमा फरक–फरक सन्देश बाहिर आइरहेका छन्।

आइतबारै शान्ति सम्झौतामा हस्ताक्षर गर्न ट्रम्पको जोडबल, किन गर्दैछ इरानले अस्वीकार ?

अमेरिकी अधिकारीका अनुसार यदि वासिङ्टन र तेहरानबीच समझदारीपत्रमा हस्ताक्षर भयो भने सम्झौताको कार्यान्वयनसम्बन्धी प्रक्रियाबारे थप छलफल गर्न नयाँ ६० दिने वार्ता अवधि सुरु हुनेछ। यो अवधिमा दुवै पक्षले सम्झौताका प्राविधिक, राजनीतिक तथा सुरक्षासम्बन्धी पक्षहरूमा विस्तृत सहमति जुटाउने प्रयास गर्नेछन्।

सम्भावित सम्झौताले क्षेत्रीय तनाव कम गर्न तथा ऊर्जा बजारमा स्थिरता ल्याउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विश्लेषकहरूले बताएका छन्।





Source link

Leave a Comment