‘आँखा’ र ‘सानो संसार’ फरक वर्ग, उस्तै संघर्ष

‘आँखा’ र ‘सानो संसार’ फरक वर्ग, उस्तै संघर्ष


बागमती किनारको एउटा सुकुम्वासी बस्तीमा भर्खरै एक नवजोडी विवाह गरेर आएका छन्। निलो पालले छोपेको छाना, टिनको ढोका, तन्नाका टुक्राटाक्रीले बेरेको कोठाको भित्ता, केही भाँडाकुँडा, ग्याँस चुलो, एउटा सुत्ने खाट र कुहिएको चामल। यो सुकुम्बासी टोलको पालले छोपेको झुपडीको पनि भाडा तिर्नुपर्छ भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ। तर, यो जोडीलाई उनीहरुको घरमा स्वागत गर्ने पहिलो मानिस यो झुपडीको मालिक हो। आत्म ज्ञान र ज्योतिको कुरा गर्ने यही ‘घरबेटी’ले तीन महिनाको भाडा तिर्न बाँकी रहेको कुरा सुनाउँछ।

काठमाडौंका साना गल्लीमा फोहोर उठाउने काम गर्ने रवीन्द्र यतिन्जेल एक्लै जेनतेन बाँचिरहेका थिए। अब बिहेपछि उनलाई दुइटा ज्यान पाल्नु छ। गाउँबाट पहिलो पटक काठमाडौं आएकी सरितालाई आफू भित्रिएको कोठा कोठा जस्तो लागेको छैन। लागोस् पनि कसरी — बागमतीको फोहोरको गन्ध, दिनरात रक्सीको मातमा श्रीमती कुटिरहने छिमेकी, यत्रतत्र प्वाल परेका पाल, उडुसले लिप्त ओछ्यान, जाम भइरहने फोहोर शौचालय र असुरक्षित बसाई। ‘गृहप्रवेश’पछि सरिताको मनमा उब्जिने पहिलो प्रश्नले उनलाई सोध्छ– ‘यस्तो ठाउँमा बसिरह्यो भने भविष्य के हुन्छ- सन्तानको के हुन्छ !’

‘आँखा’ले कसरी सामाजिक लाभांश नपाएका मानिसहरू सधैं पिंधमा पेलिइरहन्छन् र आधारभूत आवश्यकताबाट समेत वञ्चित हुन्छन् भन्ने कुरा स्पष्ट देखाएको छ। कसरी उनीहरूको अस्तित्व राज्यले समेत बेवास्ता गरेको छ भन्ने पक्ष फिल्ममा देख्न सकिन्छ।

सरिता र रवीन्द्रलाई अब राम्रो कोठामा सर्नुछ। उनीहरूले छत र जीविकोपार्जनको लागि गर्ने सङ्घर्षहरूले कथा अघि बढ्छ।

जोन योन्जनले लेखेको/निर्देशन गरेको फिल्म ‘आँखा’ सरिता र रवीन्द्रको मात्र नभई शहरमा दैनिक चलिरहने एउटा अदृश्य वर्ग सङ्घर्षको कथा हो। यो कथाले समाजमा रहेका आर्थिक र सामाजिक असमानताहरूलाई प्रतिबिम्बित गर्दछ। फिल्मले सुकुम्वासी बस्तीका मानिसहरूको दैनिक जीवनका चुनौती र जीविकोपार्जनको लागि गर्नुपरेको सङ्घर्षलाई यथार्थपरक ढङ्गले चित्रण गरेको छ। यो चलचित्रले नेपालमा सुकुम्वासी समस्या, गरिबी र सामाजिक असमानता जस्ता गम्भीर विषयहरूलाई उठाएको छ।

मधेशी र फोहोर उठाउने काम गर्ने भएकाले नै रवीन्द्रलाई काठमाडौंमा कोठा खोज्न सङ्घर्ष गर्नुपर्छ। कोठा पाउन झुट बोल्न उसको आत्मसम्मानले दिंदैन। न्यून ज्यालादारीमा काम गरिरहेको ऊ महिनौंदेखि तलब बढ्ने आशमा छ। बिहान–बेलुका के खाने भन्ने अवस्थामा अचानक एक दिन उसको फोहोर उठाउने ठेला खोलामा खस्छ र जागिरबाट समेत निकालिन्छ। यो कथाले समाजमा शक्तिको असमान वितरणको परिणाम देखाएको छ। फिल्ममा फोहोरको राजनीति भनौं या राजनीतिको फोहोर देख्न सकिन्छ। कसरी आवाजविहीनहरुको आवाज दबिन्छ भन्ने फिल्मले देखाउने प्रयास गरेको छ।

यो कथाले कसरी सामाजिक लाभांश नपाएका मानिसहरू सधैं पिंधमा पेलिइरहन्छन् र आधारभूत आवश्यकताबाट समेत वञ्चित हुन्छन् भन्ने कुरा स्पष्ट देखाएको छ। कसरी उनीहरूको अस्तित्व राज्यले समेत बेवास्ता गरेको छ भन्ने पक्ष फिल्ममा देख्न सकिन्छ।

चलचित्रमा स्मिता लामिछाने र आरके मेहता शीर्ष भूमिकामा छन्। साथमा, विजय बराल, निशा अधिकारी, बुद्धि तामाङ, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, अभयराज बराल र प्रसन राईको पनि अभिनय छ। फिल्ममा कलाकारहरूको अभिनय प्रभावशाली छ, जसले दर्शकलाई पात्रहरूको पीडा र सपनाहरूसँग जोड्छ।

मध्यम वर्गीय परिवारमा आर्थिक समस्याको कारण सामाजिक रूपमा समेत कसरी असर पर्छ भन्ने कुरा ‘सानो संसार’ले देखाएको छ। मध्यम वर्गीय परिवारलाई हुने सामाजिक पहिचानको सङ्कटको कारण निम्तिएको पुराना र नयाँ पुस्ता बीचको मतभेद फिल्ममा देख्न सकिन्छ।

महिलावादी दृष्टिकोणले पनि ‘आँखा’ सशक्त फिल्म हो । पितृसत्तामा महिलालाई सपना देख्न, खुलेर हाँस्न सहज छैन । पितृसत्ताले भन्छ– महिलाले सहनुपर्छ । सहनशीलता महिलाको गहना हो । तर यो फिल्मका महिला पात्रहरू विद्रोही छन्। उनीहरूलाई आफ्नो जीवनको लक्ष्य र सपनाहरू थाहा छ । उनीहरू आफूले देखेका सपनाहरू पूरा गर्न कसैको भर पर्दैनन् । पहिलो पटक काठमाडौं टेकेकी सरिता केही दिनमै लुगा धुने काम खोज्छिन् । पशुपति राईले निभाएको चरित्र पनि आफ्नो जीवन बाँच्नलाई आफैं दु:ख गरिरहेको देखिन्छ । लुनिभा तुलाधरले निर्वाह गरेको चरित्र पनि अन्तिममा बलियो भएर सपनाको बाटो लागेको देखिन्छ । फिल्ममा महिला पात्रहरू कतै सपनाका कुराहरू गरिरहेका देखिन्छन् त कतै जीवनका ।

फिल्ममा लेखकले निकै फरक ढङ्गले बिम्बात्मक संवादहरू प्रयोग गरेका छन्। जुन कुनै कुनै दृश्यमा सामान्य महसुस हुँदैन। आम जीवनमा गरिने गफगाफ अलिक बढी नै साहित्यिक र बिम्बात्मक लाग्न सक्छ।

यो फिल्मको अर्को बलियो पक्ष छायाङ्कन हो। थापाथलीको सुकुम्वासी बस्तीमा खिचिएको फिल्ममा बस्तीको वास्तविक परिवेशलाई सुन्दर तरिकाले कैद गरिएको छ, जसले कथालाई थप प्रभावकारी बनाएको छ। साथै ध्वनि प्रभावले फिल्मको भावनात्मक पक्षलाई बलियो बनाएको छ।

फिल्मले वर्ग सङ्घर्षले संरचनागत लाभांशलाई चुनौती दिन्छ भन्ने कुरा पनि देखाउन खोजेको छ। संरचनागत लाभांश पाएका मानिसहरूले कसरी आफू भन्दा कमजोर मानिसहरूलाई नराम्रो व्यवहार गर्छन् भन्ने देखाउँदै निम्न वर्गले पनि आफ्नो स्थिति सुधार्न र अधिकार प्राप्त गर्न सङ्घर्ष गर्छन् भन्ने कुरा फिल्मले बोल्छ।

‘आँखा’ र ‘सानो संसार’ फरक वर्ग, उस्तै संघर्षभनिन्छ, खुला आँखाले सपना देख्न साहस चाहिन्छ। सायद खुला आँखाले सपना देख्नु भनेको सम्भावित बाधाहरूलाई स्वीकार गर्दै अघि बढ्नु हो। तर यो फिल्मको अन्त्यले भने बाधाहरूलाई अस्वीकार गरेको देखिन्छ। फिल्ममा सङ्घर्षरत पात्रहरूको सङ्घर्ष गर्दा गर्दै ज्यान जान्छ। जसकारण सपना देख्ने आँखाहरूलाई भने सपना देख्न डर निम्तिन सक्छ। तर केही पात्रहरूले आफ्नो बोझहरू फालेर नयाँ आशा सहित निस्किएका भने देखिन्छन्। समग्रमा फिल्मले समाजका विभिन्न वर्ग बीचको सङ्घर्ष देखाएको छ।

वर्ग सङ्घर्षकै कुरा गरिरहँदा पछिल्लो हप्ता अर्को फिल्म ‘सानो संसार’ को कथाले पनि यही विषय वरपर उभिएर कथा भनेको छ। मध्यम वर्गीय परिवारको सङ्घर्षको कथा हो ‘सानो संसार’। फिल्मले पारिवारिक सम्बन्ध, आर्थिक चुनौती र सामाजिक परिवर्तनको जटिल संरचनालाई प्रभावकारी ढङ्गले देखाउँछ।

सपनाबाट सुरु भएको फिल्मले नयाँ आशा सहित कथा टुङ्ग्याएको छ। फिल्मको पटकथा र संवाद निकै सुन्दर छ। कान्छी छोरी साराको अमेरिका जाने सपना छ। त्यसै कारण उनले आफ्नो खर्च बचाएर एक लाख रुपैयाँ समेत जम्मा गरिसकिन्। पहिल्यै ऋण गरेर अमेरिका गएको छोरो सम्पर्कमै छैन। कान्छी छोरीले पनि अमेरिकाकै सपना देख्दा बुवाआमा मौन छन्। जेठी छोरी सुजाता आफ्ना रहरहरू मारेर भाइबैनी र आमाबाको बारेमा सोच्दै जागिर गरिरहेकै छिन्। आफ्नै कम्पनी खोल्ने उनको रहर अभावको कारण पूरा भएको छैन। कथा यही परिवारको दु:खसुखमा घुम्छ।

गाउँ छाडेर वर्षौंदेखि काठमाडौंमा सङ्घर्षरत उनीहरूलाई कमाएको पैसा खान–बस्न ठिक्क छ। परिवारमा पैसाकै कारणले झगडा भइरहन्छ। मध्यम वर्गीय परिवारमा आर्थिक समस्याको कारण सामाजिक रूपमा समेत कसरी असर पर्छ भन्ने कुरा फिल्मले देखाएको छ। मध्यम वर्गीय परिवारलाई हुने सामाजिक पहिचानको सङ्कटको कारण निम्तिएको पुराना र नयाँ पुस्ता बीचको मतभेद फिल्ममा देख्न सकिन्छ।

हाम्रो समाजमा एउटा ठूलो हिस्साले मध्यम वर्गीय जीवनको प्रतिनिधित्व गर्छ। जसकारण दर्शकहरू यो फिल्मको कथासँग सहजै जोडिन्छन्। यो फिल्ममा मध्यम वर्गीय परिवारहरूमा हुने परम्परा र आधुनिकता बीचको द्वन्द्व देखिन्छ।

वर्गीय कथाहरूले सामाजिक गतिशीलता र परिवर्तनको सम्भावनालाई देखाउँछन्। यी दुवै फिल्महरूले समाजलाई बुझ्न, त्यसप्रति सचेत हुन र आवश्यक परिवर्तनका लागि काम गर्न भूमिका खेल्छ।

सीतादेवी तिमिल्सिना, राज पङ्गेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल, शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय रहेको फिल्मलाई सिद्धार्थ पुडासैनीले निर्देशन गरेका हुन्।

फिल्ममा बुवा आमा र सन्तान बीचको प्रेम र तनावपूर्ण सम्बन्धलाई सूक्ष्म रूपमा देखाइएको छ। अमेरिका गएर हराएको छोराको कथाले नेपाली समाजमा बढ्दो आप्रवासनको असरलाई देखाउँछ। बुवाआमासँग पैसा नभएको अवस्थाले मध्यम वर्गीय परिवारको आर्थिक सङ्कटलाई दर्साउँछ। जसले शिक्षा र भविष्यको लागि गरिने आर्थिक लगानीको जटिलतालाई देखाएको छ। कान्छी छोरीको अमेरिका जाने चाहनाले पुरानो र नयाँ पुस्ता बीचको मूल्य र आकाङ्क्षाको भिन्नतालाई उजागर गर्छ। फिल्ममा विदेश जाने सपना र घरमै बस्नुपर्ने बाध्यता बीचको द्वन्द्वलाई प्रभावकारी ढङ्गले चित्रण गरिएको छ। फिल्मले नेपाली समाजमा आइरहेको द्रुत परिवर्तन र त्यसले पारिवारिक संरचनामा पारेको प्रभावलाई देखाउँछ।

खिचाइ र केही प्राविधिक समस्याहरू भने फिल्मका धेरै दृश्यहरूमा देख्न सकिन्छ। केही दृश्यहरूमा क्यामेरा निकै हल्लिएको र फोकस आउट भएकाले ध्यान भङ्ग हुन सक्छ। प्राविधिक रुपमा फिल्म अझै बलियो हुनसक्ने धेरै दृश्यहरु छन्।

फिल्मले नेपालमै पनि सफलता र सम्भावनाहरू छन् भन्ने सन्देश दिन्छ। यसले युवाहरूलाई विदेश जानुको विकल्प खोज्न प्रोत्साहित गर्छ। कथाको अन्तिममा कान्छी छोरीको निर्णयले परिवारप्रतिको प्रेम र जिम्मेवारी बोधलाई दर्साउँछ। यसले पारिवारिक मूल्य र आधुनिक आकाङ्क्षाबीच सन्तुलन खोज्ने प्रयास देखाउँछ। बुवा र छोरीको व्यापारिक साझेदारीले पुरानो र नयाँ पुस्ताबीचको सहकार्यको सम्भावना देखाउँछ। साथै, पुरानो पसललाई नयाँ ठाउँमा सार्नुले परम्परागत व्यवसायलाई आधुनिकीकरण गर्ने प्रयासलाई दर्साउँछ।

फिल्ममा एउटा यस्तो दृश्य छ जहाँ सँगै पार्टी प्रवेश गरेको साथीको निकै प्रगति भएको छ। जुन दृश्यले एउटै ठाउँबाट सुरु गरेका दुई व्यक्तिबीच आर्थिक अन्तर र कसले कसरी प्रगति गर्छ भन्ने कुरा केवल योग्यतामा मात्र निर्भर नरहेको देखाउँछ। उक्त दृश्यमा उनीहरू बीचको संवादले मानिसहरू सत्ता र शक्तिमा पुगेपछि परिवर्तित हुने प्रवृत्तिलाई प्रतिबिम्बित गर्छ।

‘आँखा’ र ‘सानो संसार’ फरक वर्ग, उस्तै संघर्ष

समग्रमा ‘सानो संसार’को अन्त्यले नेपाली समाजमा मध्यम वर्गीय परिवारमा देखिने जटिल परिस्थितिहरूलाई सकारात्मक दृष्टिकोणबाट हेर्ने प्रयास गरेको छ। यसले पारिवारिक मूल्य र व्यक्तिगत आकाङ्क्षा बीच सन्तुलन खोज्ने प्रयास गरेको छ।

वर्गीय कथाहरूले सामाजिक गतिशीलता र परिवर्तनको सम्भावनालाई देखाउँछन्। यी दुवै फिल्महरूले समाजलाई बुझ्न, त्यसप्रति सचेत हुन र आवश्यक परिवर्तनका लागि काम गर्न भूमिका खेल्छ।

पछिल्लो हप्ता देशमा निम्तिएको बाढीपहिरोका कारण यी दुवै चलचित्र प्रदर्शन हुँदाहुँदै रोकिएर फेरि प्रदर्शन मिति सरेका छन्। ‘सानो संसार’ कात्तिक ९ गतेबाट पुन: प्रदर्शन गरिने भएको छ भने ‘आँखा’ले आफ्नो पुन: प्रदर्शन मिति सार्वजनिक गरिसकेको छैन।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School