अर्जेन्टिनालाई हराउँदै स्पेन बन्यो विश्वविजेता



प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार

अर्जेन्टिनालाई हराउँदै स्पेन बन्यो विश्वविजेता

फोटो :एपी/रासस

फिफा विश्वकप फुटबल २०२६ को उपाधि स्पेनले हात पारेको छ। साविक विजेता अर्जेन्टिनालाई १–० गोल अन्तरले हराउँदै स्पेन विश्वविजेता बन्न सफल भएको हो।

सन् २०१० मा पहिलो पटक विश्वकप जितेको स्पेनले दोस्रो पटक सन् २०२६ मा विश्वकपको उपाधि जितेको हो। निकै प्रतिस्पर्धात्मक खेलको अतिरिक्त समयमा फेरान टोरेसले गरेको एक मात्र गोल नै स्पेनलाई विश्वविजेता बनाउन पर्याप्त बन्यो। उनको यस विश्वकपमा यो पहिलो गोल पनि हो।

अमेरिकाको न्युयोर्क-न्युजर्सी स्टेडियममा भएको खेलमा लियोनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाका एन्जो फर्नान्डेजले ९३ औँ मिनेटमा रातो कार्ड (रेड कार्ड) पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो।





Source link

Leave a Comment