अमेरिकी ३ राज्यका सार्वजनिक विद्यालयमा किन सुरु भयो छानबिन ?



प्रकाशित मिति : मंसिर १०, २०८२ बुधबार

अमेरिकी ३ राज्यका सार्वजनिक विद्यालयमा किन सुरु भयो छानबिन ?

अमेरिकाको क्यालिफोर्निया, भर्जिनिया र पेन्सिल्भेनियाका तीन सार्वजनिक विद्यालयमा यहूदीविरोधी घटना भएको भन्दै छानबिन सुरु भएको छ ।

शिक्षा तथा श्रम समितिका अध्यक्ष तथा मिचिगनका रिपब्लिकन सांसद टिम वालबर्गले क्यालिफोर्नियाको बर्कले युनिफाइड स्कुल डिस्ट्रिक्ट, भर्जिनियाको फेयरफ्याक्स काउन्टी पब्लिक स्कूल्स र पेन्सिल्भेनियाको फिलाडेल्फिया स्कुल डिस्ट्रिक्टलाई पत्र पठाउँदै घटनाको विस्तृत विवरण माग गरेको बताएका छन ।

पछिल्ला केही वर्षमा रिपोर्ट भएका यहूदीविरोधी घटनासम्बन्धी विस्तृत विवरण माग गरिएको उनले बताएका हुन ।समितिले विद्यालयहरूले नागरिक अधिकार ऐन को दफा ६ अनुसार संघीय अनुदान पाउने कार्यक्रममा जाति, रंग वा मूल देशको आधारमा भेदभावलाई प्रतिबन्धित गरेको उल्लेख गरेको छ ।

अमेरिकी ३ राज्यका सार्वजनिक विद्यालयमा किन सुरु भयो छानबिन ?

ती विद्यालयहरुले यो प्रावधानको पालनाा गरिरहेका छन यो छैनन भनेर मूल्यांकन गर्ने बताएको छ। विद्यालयहरूलाई आवश्यक कागजात ८ डिसेम्बरसम्म बुझाउन भनिएको छ।फेयरफ्याक्स काउन्टी पब्लिक स्कूल्सले कांग्रेस सदस्य वालबर्गको छानबिनमा पूर्ण रूपमा सहकार्य गर्ने बताएको छ ।

बर्कले युनिफाइड स्कुल डिस्ट्रिक्टले पत्र १८ महिनाअघि उठाइएका आरोपसँग सम्बन्धित रहेको बताएको छ ।फिलाडेल्फिया स्कुल डिस्ट्रिक्टले भने सक्रिय छानबिनका कारण बारे टिप्पणी नगर्ने बताएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा १२ कक्षासम्मका विद्यालय र विश्वविद्यालयमा “इजरायललविरोधी तथा यहूदीविरोधी आन्दोलन” रोक्न विशेष प्राथमिकता दिएका छन्।समितिले यहूदी विद्यार्थीमाथि धम्की, यहूदीविरोधी प्रदर्शन, र शिक्षक प्रशासनबाट आएका टिप्पणीजस्ता घटनाको रिपोर्टलाई उद्धृत गरेको छ ।

बर्कले र फिलाडेल्फिया विद्यालय जिल्लाहरूलाई बाइडेन प्रशासनले पनि यस्तै आरोपमा पहिले छानबिन गरेको थियो।फिलाडेल्फिया स्कुल डिस्ट्रिक्टले २०२४ डिसेम्बरमा शिक्षा मन्त्रालयसँग सहमति गर्दै “संघीय निर्देशित सुधार योजना” मा सहमत भएको जनाएको थियो।यो छानबिन एक वर्षअघि गरिएको एउटा संसदीय सुनुवाइपछिको निरन्तरता हो ।

उक्त सुनुवाईमा न्यूयोर्क सिटी, मोन्टगोमरी काउन्टी (मेरिल्यान्ड) र बर्कले जस्ता उदारवादी क्षेत्रमा के १२ विद्यालयमा भएको भनिएको यहूदीविरोधी घटनाबारे छलफल भएको थियो।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment