अमेरिकी सेनाका जवानलाई जेल सजाय , कारण यस्तो छ



प्रकाशित मिति : आश्विन ५, २०८१ शनिबार

अमेरिकी सेनाका सिपाही ट्राभिस किङलाई एक वर्षको जेल सजाय सुनाइएको छ ।

योसँगै उनलाई सेनाबाट निष्कासन गरिएको हो । गत वर्ष अमेरिका फर्किनुअघि दक्षिण कोरियाबाट भागेर उत्तर कोरिया पुगेका थिए ।

टेक्सासको फोर्ट ब्लिसमा भएको सुनुवाइका क्रममा उनीमाथि लागेका १४ आरोपमध्ये ५ मा दोषी ठहर गरिएको थियो । अन्य आरोप खारेज गरिएको थियो ।

ट्राभिस किङ जनवरी २०२१ मा अमेरिकी सेनामा भर्ना भएका थिए । उनलाई युनिट रोटेशन अन्तर्गत दक्षिण कोरियामा तैनाथ गरिएको थियो । जहाँबाट उनी भागेर उत्तर कोरिया पुगेका थिए।

जुलाई २०२३ मा, ट्राभिसलाई गैर(कमिसन अफिसरमाथि आक्रमण र सेना परित्यागको आरोप लगाइएको थियो। तर उनको सेवा र राम्रो व्यवहारका कारण रिहा गरिएको उनका वकिलले बताए । एजेन्सीहरु





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School