अमेरिकी सरकार शटडाउनकाबीच राष्ट्रपति ट्रम्पद्वारा हजारौं कर्मचारी बर्खास्त, डेमोक्र्याटलाई दोषारोपण

प्रकाशित मिति : आश्विन २४, २०८२ शनिबार

अमेरिकी सरकार शटडाउनकाबीच राष्ट्रपति ट्रम्पद्वारा हजारौं कर्मचारी बर्खास्त, डेमोक्र्याटलाई दोषारोपण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकार शटडाउनको बीच सङ्घीय कर्मचारी सङ्ख्यामा ठुलो कटौती गर्दै हजारौँ सरकारी कर्मचारीलाई बर्खास्त गरेका छन्। उनले यस कदमका लागि डेमोक्र्याट पार्टीलाई प्रत्यक्ष रूपमा जिम्मेवार ठहराएका छन्।

ह्वाइट हाउसका अनुसार बर्खास्तीको प्रक्रिया ट्रेजरी डिपार्टमेन्ट, स्वास्थ्य एजेन्सी, आन्तरिक राजस्व सेवा, एजुकेसन डिपार्टमेन्ट, कमर्स डिपार्टमेन्ट र होमल्याण्ड सेक्युरिटीको साइबर सुरक्षा शाखामा सुरु भइसकेको छ। तर, बर्खास्तीको कुल सङ्ख्या अहिलेसम्म स्पष्ट गरिएको छैन।

राष्ट्रपति ट्रम्पले ओभल अफिसमा पत्रकारहरूसँग भने, “यो स्थिति डेमोक्र्याटहरूले नै सिर्जना गरेका हुन्। उनीहरूकै कारण हामीलाई यस्तो निर्णय लिनुपर्‍यो।”

अमेरिकी सरकार शटडाउनकाबीच राष्ट्रपति ट्रम्पद्वारा हजारौं कर्मचारी बर्खास्त, डेमोक्र्याटलाई दोषारोपण

अमेरिकी सरकार शटडाउनकाबीच राष्ट्रपति ट्रम्पद्वारा हजारौं कर्मचारी बर्खास्त, डेमोक्र्याटलाई दोषारोपण

यसअघि नै ट्रम्प प्रशासनले सङ्घीय कर्मचारी सङ्कुचन अभियान सुरु गरेको थियो, जसअन्तर्गत झन्डै ३ लाख कर्मचारीले यस वर्ष जागिर गुमाउने अनुमान गरिएको छ।

हाल रिपब्लिकन पार्टीले प्रतिनिधिसभा र सिनेट दुवैमा बहुमत राखे पनि, सरकारले सञ्चालनका लागि आवश्यक बजेट प्रस्ताव पारित गर्न डेमोक्र्याटहरूको मत अपरिहार्य भएको छ। डेमोक्र्याटहरू स्वास्थ्य बिमा अनुदानको विस्तारको माग गर्दै अवरोध गरिरहेका छन्। उनीहरूको भनाइमा “अफोर्डेबल केयर एक्ट” अन्तर्गत बिमा लिएका २ करोड ४० लाख अमेरिकीको स्वास्थ्य खर्च अनुदान नबढाए अत्यधिक बढ्नेछ।

सरकार शटडाउनको १० दिन नाघिसकेको छ । राष्ट्रपति ट्रम्पले शटडाउनको क्रममा सङ्घीय कर्मचारीहरूलाई बर्खास्त गर्ने बारम्बार चेतावनी दिँदै आएका छन् । उनका अनुसार यो कटौती डेमोक्र्याटहरूले समर्थन गरेका सरकारी निकायहरूमा केन्द्रित हुनेछ।

ट्रम्पले हालै न्यूयोर्क, क्यालिफोर्निया र इलिनोयका लागि तोकिएको करिब २८ बिलियन डलरको पूर्वाधार कोष पनि रोक्न आदेश दिएका छन्। यी राज्यहरू डेमोक्र्याट समर्थक तथा ट्रम्प प्रशासनका आलोचक क्षेत्रका रूपमा चिनिन्छन्।

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसका अनुसार सात वटा सङ्घीय एजेन्सीमा ४,२०० भन्दा बढी कर्मचारीले बर्खास्ती सूचना पाइसकेका छन्, जसमा ट्रेजरी डिपार्टमेन्टका १,४०० भन्दा बढी र डिपार्टमेन्ट अफ हेल्थ एन्ड ह्युमन सर्भिसका कम्तीमा १,१०० कर्मचारी रहेका छन्।

अमेरिकी सरकार शटडाउनकाबीच राष्ट्रपति ट्रम्पद्वारा हजारौं कर्मचारी बर्खास्त, डेमोक्र्याटलाई दोषारोपण

Source link

Leave a Comment