अमेरिकी सरकारी खर्च विधेयक पाँचौँ पटक सिनेटद्वारा अस्वीकृत



प्रकाशित मिति : आश्विन १९, २०८२ सोमबार

अमेरिकी सरकारी खर्च विधेयक पाँचौँ पटक सिनेटद्वारा अस्वीकृत

फोटो : रासस

अमेरिकी सिनेटले सरकारी खर्च विधेयकलाई पाँचौँपटक अस्वीकार गरेको छ। सिनेटले सोमबार पाँचौँ पटक सरकारी खर्चका विधेयकहरू पारित गर्न नसकेपछि अमेरिकी संघीय सरकार पुनः सञ्चालनमा आउन सकेको छैन।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को पटक पनि मतदानमा असफल भएमा सामूहिक बर्खास्ती सुरु हुने चेतावनी दिएका छन्। संघीय निकायहरूको कोष पाँच दिनअघि सकिएपछि हजारौँ कर्मचारीहरूलाई निलम्बन गरिएको छ भने केहीलाई बिना तलब काममा पठाइएको छ।

प्रशासनले वार्ताबाट अवरोध अन्त्य गर्न र डेमोक्र्याटहरूसँग स्वास्थ्य बीमासम्बन्धी मागका विषयमा सम्झौता गर्ने सम्भावना खुला रहेको बताएको छ। रिपब्लिकनहरू “सफा” (अर्थात् स्वास्थ्यसम्बन्धी धाराविहीन) कोष विधेयकको पक्षमा देखिएका छन्।

अमेरिकी सरकारी खर्च विधेयक पाँचौँ पटक सिनेटद्वारा अस्वीकृत

अमेरिकी सरकारी खर्च विधेयक पाँचौँ पटक सिनेटद्वारा अस्वीकृत

डेमोक्र्याट नेतृत्वको सरकारी खर्च विस्तार गर्ने विधेयक पहिलो मतदानमा ४५–५० मतले असफल भयो। त्यसपछि रिपब्लिकनको वैकल्पिक प्रस्ताव पनि ५२–४२ मतले अनुमोदन हुन सकेन।

मतदानपछि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’मा प्रतिक्रिया दिँदै डेमोक्र्याटहरूमाथि सरकार बन्द गराएको दोष लगाएका छन्।

उनले लेखे, “म डेमोक्र्याटहरूसँग उनीहरूको असफल स्वास्थ्य नीति वा अरू कुनै विषयमा काम गर्न तयार छु, तर पहिले उनीहरूले हाम्रो सरकार पुनः खोल्नुपर्छ।”

डेमोक्र्याटहरूले भने रिपब्लिकन प्रस्ताव स्वीकार गरेमा निम्न आय भएका अमेरिकीहरूका लागि स्वास्थ्य पहुँच कमजोर हुने बताएका छन्। खर्च विधेयकले निम्न आय समूहका लागि स्वास्थ्य बीमा सब्सिडी कायम राख्न र ट्रम्प प्रशासनले मेडिकेड कार्यक्रममा गरेको कटौती उल्टाउन माग गरेका छन्।

रिपब्लिकनहरूले भने डेमोक्र्याटहरूलाई “अनधिकृत आप्रवासीहरूलाई स्वास्थ्य सुविधा दिन सरकार बन्द गराएको” आरोप लगाएका छन्। डेमोक्र्याट नेताहरूले भने यो आरोपलाई अस्वीकार गरेका छन्।

अमेरिकी सरकारी खर्च विधेयक पाँचौँ पटक सिनेटद्वारा अस्वीकृत

व्हाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले डेमोक्र्याटहरूसँग वार्ता चलिरहेको र वार्ताले स्वास्थ्य क्षेत्रमा राम्रो परिणाम दिन सक्ने बताएका छन्।

तर सिनेटमा डेमोक्र्याटिक नेता चक शुमरले ट्रम्पको भनाई असत्य रहेको बताएका छन्।





Source link

Leave a Comment