प्रकाशित मिति : मंसिर २८, २०८२ आईतबार

फोटो:एपी/रासस
अमेरिकाको विश्वविद्यालयमा गोली प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। रोड आइल्यान्ड राज्यस्थित ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डसँग सम्बन्धित एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। उक्त घटनामा दुई जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका छन्।
प्रोभिडेन्स शहरमा रहेको ब्राउन विश्वविद्यालयमा बन्दुकधारीले गोली चलाउँदा नौ जना घाइते भएका थिए। प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिइएको पुष्टि गर्दै विश्वविद्यालय परिसर र वरपरका क्षेत्रमा जारी गरिएको सावधानी आदेश हटाइएको जनाएको छ। पक्राउ परेका व्यक्तिको पहिचान नखुलाइएको भएपनि उनी विश्वविद्यालयको विद्यार्थी भने नभएको बताइएको छ।
प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीका अनुसार घाइतेमध्ये सात जनाको अवस्था स्थिर छ। एक जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ।
मृत्यु भएका र घाइतेहरूको पहिचान सार्वजनिक गरिएको छैन। तर ब्राउन विश्वविद्यालयकी अध्यक्ष क्रिस्टिना प्याक्सनले मृतक तथा घाइते सबै विद्यार्थी नै रहेको बताएकी छन्।
प्याक्सनका अनुसार करिब २,००० विद्यार्थीलाई रातभर सुरक्षित स्थानमा सारिएको थियो। उनले मृत्यु भएका दुई विद्यार्थीका परिवारलाई विश्वविद्यालयले आवश्यक सहयोग गरिरहेको पनि जानकारी दिइन्।
यसअघि प्रहरीले कालो कपडा लगाएर घटनास्थलबाट टाढा जाँदै गरेको एक पुरुषको सीसीटीभी फुटेज सार्वजनिक गरेको थियो। भवनमा खोजी गर्दा कुनै हतियार फेला नपरेको प्रहरीले जनाएको छ।
शंकास्पद व्यक्ति होटलबाट पक्राउ परेका थिए। उनी हाल ब्राउन विश्वविद्यालयका विद्यार्थी नभएको पनि स्रोतले जनाएको छ।
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले यस घटनालाई “भयानक” भनेका छन्।
गन भायोलेन्स आर्काइभका अनुसार यस वर्ष अमेरिकामा यस्ता सामूहिक गोलीकाण्डको संख्या ३८९ पुगेको छ। उक्त संस्थाले आक्रमणकारीबाहेक चार वा सोभन्दा बढी व्यक्ति मारिएका वा घाइते भएका घटनालाई सामूहिक गोलीकाण्डको रूपमा परिभाषित गर्छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्