अमेरिकी विदेशमन्त्री मार्को रुबियोद्वारा लोसारको शुभकामना


अमेरिकी विदेशमन्त्री मार्को रुबियोले लोसारको शुभकामना दिएका छन् । उनले ल्होसार मनाउने सबैमा शुभकामना व्यक्त गर्दै भनेका छन् -“सर्प वर्षको यो पहिलो दिन हामी विश्वभर तिब्बती समुदायको शक्ति र लगनशीलता मनाउँछौं। अमेरिका तिब्बतीहरूको विश्वव्यापी, मौलिक र अपरिहार्य मानव अधिकारको रक्षा गर्न र तिनीहरूको छुट्टै सांस्कृतिक, भाषिक र धार्मिक सम्पदाको प्रवर्द्धन गर्न प्रतिबद्ध छ।”

रुबियोले अगाडि भनेका छन् – “नयाँ वर्ष २०७७ को उपलक्ष्यमा विश्वभरका तिब्बतीहरूमा शान्ति र समृद्धिको कामना गर्दछु। लोसार टासी देलेक र नयाँ वर्षको शुभकामना ।”

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन नेपालको शेर्पा समुदायले पनि यो लोसार विविध कार्यक्रम आयोजना गरी मनाउँदै आएको छ । यो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ । यो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो ।

विगतमा हिमाली क्षेत्रका नेपालका १२ जिल्लामा मनाइने यो ल्होसार हाल कम्तीमा २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइ सराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । शेर्पा समुदायमा लोसार अथवा नयाँ साल आउनु भन्दा दुईतीन दिन अगाडि घर,आगन सबै ठाउँ सफा गर्ने र ग्रह शान्तिको प्रतिक घर सफा गर्दा निस्केको फोहोरलाई चौबाटोमा फ्याक्ने परम्परागत प्रचलन छ । प्रचलनअनुसार सबैले खाइसकेको वाकी अशं दोबाटोमा फाल्नुपर्छ ।

घर सफा गरी फोहोर मैला फालीसके पछि जसमा नौ प्रकारका गेडागुडी मिसाइ जस्तै मकै, भटमास, केराउ, चना, मुला, चामल आटा आदि मिसाई बनाइएको एक परिकार गुथुक सबै परिवार मिलि खाने गरिन्छ । यो खाना सर्वप्रथम भगवानलाई चढाएपछि मात्र खानुपर्छ भन्ने परम्परा पनि छ ।

परिवारको सख्यां अनुसार पिठोका डल्लाहरू बनाई त्यसभित्र विभिन्न किसिमका कागज, घ्यू, नुन, खुर्सानी, कोइला आदि इत्यादि सामग्री राख्ने गरिन्छ । ती सामाग्रहरूमध्ये कागजको अध्ययनशील, घ्यूको चाप्लुसी, खुर्सानीको रिसाउने, कोइलाको डाह गर्ने जस्ता फरकफरक रूपमा अर्थाइएको हुन्छ । गुथुक खाने बेला आफ्नो भागमा जुन सामग्री पर्‍यो त्यहि प्रकारको बानी हुने विश्वास गर्ने गरिन्छ ।

गुथुक खाइ सकेपछि पुरानो साललाई विदाइ गर्दे नयाँ सालको पहिलो दिन विहान सवेरै चराचुरुङ्गी अथवा कोही पनि नउठिसकेको वेला उठेर पानी पधेरामा गई हातमुख धोइ पानी लिन जाने र पानी लिने धारामा पूजा गरी धारामा करक्याङ खादा धुपले पूजा पाठ गरी ल्याएको चोखो पानी भगवानलाई चढाउने, पुजापाठ गरी सकेपछि प्रसाद भगवानलाई चढाउने गरिन्छ ।

त्यस पछि घरका ठुलावडाबाट अशिर्वाद लिइ चिया, खप्सा लगायत प्रसाद खाने र विशेष गरी छ्याङगुल खाँदै घर परिवारमा एकआपसमा रमाइलो गर्ने चलन छ । ल्होसारमा अशुद्धलाई चोख्याउनको लागि नयाँ सालको पहिलो दिन धुपवत्ती बाली साङ सेरङिम् पुजा पनि गर्ने गरिन्छ ।

लोसारका लागि तयार पारेर राखिएका परिकारहरू जस्तै छिमार, खप्से, लगायतका प्रसाद भगवानलाई चढाउने र घरका सवै परिवार सम्भव भए नयाँ लुगा लगाउने नभए पनि सफा लुगा लगाउने, र मान्यजनको हातबाट आशिर्वाद लिने गरिन्छ । त्यसपश्चात आफ्नो जन्मदिन अनुसारको शुभतिथि हेरि घरको दुरी, आगँन अथवा डाडाँहरूमा गएर दीर्घायु सु–स्वास्थ्यको कामना सहित घरका सबै परिवारको सुख शान्तिको कामना गर्दै ध्वाजा लुङ्दार टाग्ने गरिन्छ र आफ्नो घर–छरछिमेकमा लप्सो मनाउने गरिन्छ ।

लामाबाट अभिषेक गरेरमात्र लुङ्दार टाग्नुपर्ने प्रचलन पनि छ । परिवारबीच ल्होसार मनाई सकेपछि छिमेकीलाई घरमा बोलाएर अहिले शहरीय क्षेत्रमा पिकनिक आयोजना तथा विभिन्न तरिकाबाट पनि ल्होसार मनाउने गरिन्छ । यो लोसार नेपाल, तिब्बत, भुटान, मंगोलिया, भारत र अन्य देशहरूमा पनि मनाइन्छ ।



Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School