अमेरिकी राष्ट्रपति ट्रम्प र रूसी समकक्षी पुटिनबीच आज टेलिफोन संवाद हुँदै



प्रकाशित मिति : असार १९, २०८२ बिहीबार


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार टेलिफोन संवाद हुने भएको छ।

मस्कोस्थित एक प्रदर्शनी केन्द्रको भ्रमणका क्रममा राष्ट्रपति पुटिनले पत्रकारहरूसँग संक्षिप्त टिप्पणी गर्दै यस कुराको पुष्टि गरेका हुन्।

“हो, म आज अमेरिकी राष्ट्रपतिसँग टेलिफोन कुराकानी गर्नेछु,” पुटिनले भने।

अमेरिकी राष्ट्रपति ट्रम्प र रूसी समकक्षी पुटिनबीच आज टेलिफोन संवाद हुँदै

अमेरिकी राष्ट्रपति ट्रम्प र रूसी समकक्षी पुटिनबीच आज टेलिफोन संवाद हुँदै

त्यसैगरी, अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग शुक्रबार फोनवार्ता गर्ने कार्यक्रम रहेको युक्रेनका एक वरिष्ठ अधिकारीले समाचार संस्था एएफपीलाई जानकारी दिएका छन्।

गत जनवरीमा पदभार ग्रहण गरेदेखि नै ट्रम्प दुवै नेतासँग नियमित सम्पर्कमा रहेका छन् । उनले करिब साढे तीन वर्ष लामो द्वन्द्व अन्त्यका लागि दबाब दिइरहेका छन् ।

हालसम्म बिहीबारको पुटिन–ट्रम्प वार्तामा के विषयमा छलफल हुने भन्नेबारे दुबै पक्षबाट औपचारिक विवरण सार्वजनिक गरिएको छैन।

https://www.youtube.com/watch?v=videoseries

मस्कोले युक्रेनमाथि जारी आक्रमणका बावजुद यी दुईले हालैका हप्ताहरूमा एकअर्काको प्रशंसा गरेका छन्।

पुटिनले गत हप्ता ट्रम्पप्रति आफ्नो ठूलो सम्मान रहेको र केही कठिनाइका बाबजुद पनि अमेरिकी सम्बन्धमा सुधार भइरहेको बताएका थिए भने अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनको प्रतिक्रिया ‘निकै राम्रो’ भएको बताएका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्प र रूसी समकक्षी पुटिनबीच आज टेलिफोन संवाद हुँदै





Source link

Leave a Comment