अमेरिकी ऊर्जा विभागका २६०० कर्मचारीद्वारा ट्रम्प प्रशासनको राजीनामा प्रस्ताव स्वीकार



प्रकाशित मिति : चैत्र २८, २०८१ बिहीबार

अमेरिकी ऊर्जा विभागका कर्मचारीले ट्रम्प प्रशासनले गरेको दोस्रो राजीनामा प्रस्तावलाई स्वीकार गरेका छन ।

२ हजार ६०० भन्दा बढी अमेरिकी ऊर्जा विभागका कर्मचारीहरूले ट्रम्प प्रशासनद्वारा दिइएको दोस्रो चरणको राजीनामा प्रस्ताव स्वीकार गरेको बताइएको छ ।

अमेरिकाको विद्युत् ग्रिड स्थिरता र उच्च प्रविधिको ऊर्जा परियोजनाका लागि ऋण दिने कार्यालयहरूमा यो प्रकरणले गम्भीर असर पार्ने देखिएको छ।

अमेरिकी ऊर्जा विभागका २६०० कर्मचारीद्वारा ट्रम्प प्रशासनको राजीनामा प्रस्ताव स्वीकार

अमेरिकी ऊर्जा विभागका २६०० कर्मचारीद्वारा ट्रम्प प्रशासनको राजीनामा प्रस्ताव स्वीकार

१ हजार २१७ जना कर्मचारीले जनवरीमा पहिलो चरणको राजीनामाको प्रस्ताव स्वीकार गरेका थिए ।

स्रोतका अनुसार ४० वर्षभन्दा बढी उमेर भएका कर्मचारीलाई प्रस्ताव स्वीकार गर्न थप ४५ दिन दिइएको छ । यस कारण यो संख्या आगामी हप्ताहरूमा अझै बढ्न सक्ने अपेक्षा गरिएको छ ।

जनवरीमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सहयोगी अरबपति एलन मस्कको नेतृत्वमा संघीय सरकारको आकार घटाउने योजनाअन्तर्गत २० लाख संघीय कर्मचारीलाई वित्तीय प्रस्ताव गरिएको थियो । जसमा उर्जा विभागका कर्मचारीहरू पनि समावेश थिए ।

ऊर्जा विभागमा करिब १७ हजार कर्मचारी कार्यरत छन् । दोस्रो चरणको राजीनामा प्रस्ताव स्वीकार गरिएपछि विभागले थप कर्मचारीहरूलाई पनि बिदा गर्न सकिने संकेत दिएको छ ।

ऊर्जा मन्त्री क्रिस राइटले यसै हप्ता विभागका सबै कर्मचारीलाई पठाएको इमेलमा राष्ट्रपति ट्रम्पद्वारा परिकल्पना गरिएको रणनीतिक प्राथमिकताहरूसँग मेल खाने गरी विभागमा व्यापक रूपमा कटौतीको प्रक्रिया हुने सम्भावना बढ्ने उल्लेख गरिएको छ ।

अमेरिकी ऊर्जा विभागका २६०० कर्मचारीद्वारा ट्रम्प प्रशासनको राजीनामा प्रस्ताव स्वीकार

उनले केही सुरक्षा, राष्ट्रिय सुरक्षा, कानून कार्यान्वयन तथा अन्य आवश्यक सेवामा कार्यरत कर्मचारीहरूले राजीनामा प्रस्ताव लिन नपाउने बताएका छन ।

ऊर्जा विभागका प्रवक्ताले राजीनामा प्रस्ताव स्वीकार गर्ने अन्तिम समयसीमा शुक्रबार मध्यरातसम्म लम्बाइएकोले अहिले नै संख्या पुष्टि गर्न नसकिने बताए ।





Source link

Leave a Comment