अमेरिका-मेक्सिको सीमामा थप तीन हजार सैनिक तैनाथ गर्ने पेन्टागनको घोषणा



प्रकाशित मिति : फाल्गुन १८, २०८१ आईतबार

संयुक्त राज्य अमेरिकाले अवैध आप्रवासन नियन्त्रण गर्न दक्षिणी सीमा (अमेरिका-मेक्सिको सीमा) मा थप तीन हजार सक्रिय ड्युटी सैनिक तैनाथ गर्ने घोषणा गरेको छ। शनिबार पेन्टागनले एक विज्ञप्ति जारी गर्दै यो निर्णय सार्वजनिक गरेको हो।

यो नयाँ तैनाथसँगै सीमामा कुल ९ हजार सैनिक खटिनेछन्। थपिने सैनिकहरूमा २ दुई हजार ४ सय स्ट्राइकर ब्रिगेड कम्ब्याट टिमका सदस्यहरू र ५०० उड्डयन ब्रिगेडका सैनिकहरू रहेका छन्। स्ट्राइकर बख्तर बन्द सवारी साधनहरू हुन्, जसलाई पछिल्लो पटक सन् २०१२ मा सीमामा तैनाथ गरिएको थियो।

रक्षा विभागका अनुसार यी सैनिकहरू केही हप्ताभित्र सीमामा पुग्नेछन्। उनीहरूको उद्देश्य हालको सीमा सुरक्षा प्रणालीलाई बलियो पार्दै अवैध आप्रवासन रोक्ने रहेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्दै सेनालाई आप्रवासन नियन्त्रण गर्न सबै आवश्यक कदम चाल्न निर्देशन दिएका छन्।

अमेरिका-मेक्सिको सीमामा थप तीन हजार सैनिक तैनाथ गर्ने पेन्टागनको घोषणा

अमेरिका-मेक्सिको सीमामा थप तीन हजार सैनिक तैनाथ गर्ने पेन्टागनको घोषणा

रक्षा सचिव पिट हेगसेथले एक्समार्फत दक्षिणी सीमामा अवैध आप्रवासन नियन्त्रण गर्न शत प्रतिशत प्रतिबद्ध रहेको बताएका छन् ।

यसअघि, जनवरीमा पेन्टागनले एक हजार पाँच सय सक्रिय ड्युटी सैनिकहरू सीमामा तैनाथ गरिसकेको थियो।





Source link

Leave a Comment