अमेरिका आउनेबित्तिकै डिजिटल “आई ९४” जाँच गर्न सुझाव, अनलाइनमा नभेटिए के गर्ने?



प्रकाशित मिति : कार्तिक ३, २०८२ सोमबार

अमेरिका आउनेबित्तिकै डिजिटल “आई ९४” जाँच गर्न सुझाव, अनलाइनमा नभेटिए के गर्ने?

नेवार्क अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई प्रशोधन गर्दै सीबीपी अधिकारी । फोटो : जेम्स टूरटेलोटे

कानुन व्यवसायीहरुले गैर आप्रवासी भिसा खासगरी भिजिटर भिसामा अमेरिका आउने बित्तिकै अनलाइनमा डिजिटल आई ९४ जाँच गर्न र प्रिन्ट गरेर निकाल्न सुझाव दिएका छन् । भिजिटर भिसामा अमेरिकामा आउने कतिपयलाई विमानस्थल वा पोर्ट अफ इन्ट्रीबाट अमेरिका प्रवेश गर्ने क्रममा सीबीपीले अमेरिका बस्न पूरै ६ महिनाको अवधिका लागि अनुमति नदिई त्योभन्दा कम समयका लागि पनि दिनसक्ने भएकाले अनलाइनमा आफ्नो आई ९४ मा अमेरिकी बस्ने अवधि जाँच गर्न सुझाव दिइएको हो ।

पछिल्लो समयमा केही नेपालीहरुले नेपालबाट बुबाआमालाई भिजिटर भिसामा अमेरिका बोलाउने क्रममा एयरपोर्टमा सीबीपीले ६ महिनाभन्दा कम अवधिका लागि अमेरिका बस्ने अनुमति दिएको तर ६ महिनाको अवधि भएको अनुमानका साथ आई ९४ चेक नगर्दा भिसा ओभरस्टे भएर देशनिकालाको सामना गर्नुपरेको घटना समेत सार्वजनिक भएका छन् । हालै यस्तै घटनामा अमेरिकन नागरिककी एकजना नेपाली आमा पक्राउ परेकी थिइन् ।

सीबीपीले अमेरिकामा आउने विदेशी नागरिकहरूको राहदानीमा प्रवेश छाप लगाउँदै आएकोमा त्यसलाई हटाएर डिजिटल बनाएका कारण यात्रुहरु झुक्किने गरेका छन् । कतिपय यात्रुहरुले आफूलाई ६ महिना अमेरिका बस्ने अनुमति दिएको अनुमान गर्दा ओभरस्टे हुने र अमेरिकी अध्यागमनको पक्राउमा पर्ने घटनाहरु समेत भइरहेका छन् । जसका कारण अमेरिकाबाट देशनिकाला हुनेमात्र नभई भविश्यमा अमेरिका प्रवेशमा समेत रोक लाग्ने गरेको छ ।

अमेरिका आउनेबित्तिकै डिजिटल “आई ९४” जाँच गर्न सुझाव, अनलाइनमा नभेटिए के गर्ने?

अमेरिका आउनेबित्तिकै डिजिटल “आई ९४” जाँच गर्न सुझाव, अनलाइनमा नभेटिए के गर्ने?

अमेरिका प्रवेश गर्नेबित्तिकै सीबीपीको वेवसाइटमा गएर आफ्नो आई ९४ रेकर्ड तुरुन्तै जाँच गर्न, आफ्नो रेकर्डका लागि त्यसको एक प्रतिलिपि सुरक्षित गर्न प्रिन्ट गर्न, दिइएको भन्दा बढी समय आवश्यक भएमा आई ९४ को म्याद सकिनुभन्दा पहिले युएससीआईएससँग बस्ने म्याद बढाउनका लागि आवेदन दिन कानुन व्यवसायीहरुले सुझाव दिएका छन् ।

अमेरिका प्रवेश गर्दा प्रयोग गरेको पासपोर्टमा भएअनुसारै आफ्नो नाम, जन्म मिति, कागजात नम्बर, र नागरिकताको देश हाल्दा पनि अनलाइनमा आई ९४ भेटिएन भने आई ९४ को अनुरोध फाइल गर्नका लागि यहाँ क्लीक गर्नुहोला ।

कतिपय भिजिटरहरुले आफ्नो पासपोर्टमा ५ बर्षको भिसा रहेको उल्लेख गर्दै एकपटक अमेरिका प्रवेश गरेपछि भिसा स्टीकरमा रहेको पूरै म्याद अमेरिकामा बस्न पाइने गलत अनुमान समेत गर्दै आएका छन् । तर अमेरिकामा कति समयसम्म कानुनी रूपमा बस्न सकिने भन्ने कुरा भिसा स्ट्याम्पले नभई आई ९४ रेकर्डले निर्धारण गर्छ ।

परम्परागत रूपमा हवाई वा समुद्री मार्गबाट ​​अमेरिका आइपुगेका विदेशी नागरिकहरूलाई उनीहरूको कागजातहरूको निरीक्षण पछि पासपोर्टमा छाप लगाइने वा कागजी रुपमा आई ९४ जारी गरिदै आएको थियो । तर सीबीपीले कागजी प्रतिलिपिहरूको सट्टा आई ९४ को इलेक्ट्रोनिक संस्करणहरू प्रयोग गर्न थालेपछि कतिपय भिजिटरहरु सीबीपीले झुक्किएर छाप नलगाएको हो कि भन्ने भ्रममा समेत पर्ने गरेका छन् । केही बर्षदेखि लागु नयाँ नीति अनुशार अमेरिकी हवाई र पोर्टहरुमा आउने भिजिटरहरुले पासपोर्टमा कुनै छाप प्राप्त गर्दैनन् । यसको सट्टा तिनीहरूले केवल एक इलेक्ट्रोनिक आई ९४ प्राप्त गर्छन् ।

इलेक्ट्रोनिक आई ९४ अमेरिका प्रवेश गरेलगत्तै अनलाइन वा एप्लीकेशनमार्फत प्राप्त गर्न सकिन्छ । यदि विदेशी नागरिकले आई ९४ को भौतिक प्रतिलिपि चाहेमा सीबीपीको वेबसाइट वा मोबाइल एपबाट प्रतिलिपि प्रिन्ट गर्न सक्छन्। भौतिक प्रतिलिपि पनि अमेरिका प्रवेश गर्ने क्रममा निरीक्षणको क्रममा अनुरोध गर्न सकिन्छ तर त्यसका लागि थप चरणहरू आवश्यक पर्दछ।

अमेरिका आउनेबित्तिकै डिजिटल “आई ९४” जाँच गर्न सुझाव, अनलाइनमा नभेटिए के गर्ने?

विगतमा केही गैर आप्रवासीहरूका लागि रोजगार योग्यता प्रमाणीकरण गर्न र पहिचानका लागि पासपोर्ट र त्यसमा लगाएको छाप पर्याप्त थियो। तर पासपोर्टमा छापहरु जारी नगरिंदा इलेक्ट्रोनिक आई ९४ विदेशी नागरिकहरूका लागि रोजगारको उद्देश्यका लागि वैध स्थितिको एकमात्र प्रमाण भएको छ । आई ९४ ले काम गर्ने योग्य भएको प्रमाणिकरण उद्देश्यका लागि विदेशी नागरिकको अध्यागमन स्थिति र म्याद सकिने मितिलाई नियन्त्रित गर्छ। विदेशी नागरिकहरू आई ९४ मा स्वीकृत मितिभन्दा बढी अमेरिकामा बस्नु हुँदैन । त्यसैले विदेशी आप्रवासीहरुले प्रत्येक पटक अमेरिका प्रवेश गरेपछि सधैं आफ्नो आई ९४ डाउनलोड गर्नुपर्छ ।





Source link

Leave a Comment