अमेरिका आउँदै गरेको विमानमा यात्रुको मृत्युपछि क्यानडा डाइभर्ट



प्रकाशित मिति : आश्विन २०, २०८२ मंगलबार

A blue and white jet airliner taking off from an airport runway

Photo by David Syphers

एम्स्टर्डमबाट लस एन्जलसका लागि उडेको एउटा अन्तर्राष्ट्रिय उडानका एक यात्रुको विमानभित्रै मृत्यु भएपछि विमानलाई क्यानडाको एक विमानस्थलमा डाइभर्ट गरिएको छ।
प्रहरीले केएलएम रोयल डच एयरलाइन्सको विमान आइतबार बिहान क्यानडाको नर्थवेस्ट टेरिटोरीजस्थित येल्लोनाइफ विमानस्थलमा आकस्मिक अवतरण गर्न बाध्य भएको घोषणा गरेको छ।

रोयल क्यानेडियन माउन्टेड पुलिसले अक्टोबर ५ मा बिहान करिब पौने १० बजे बजे विमानका एक यात्रु अचेत भएको रिपोर्ट आएको र विमानस्थलमा आकस्मिक अवतरण गर्न लागेको जानकारी प्राप्त भएको पुष्टी गरेको छ । ती महिलालाई स्ट्यान्टन टेरिटोरियल अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषित गरियो।

ती महिलाको उमेर ३४ वर्ष रहेको जनाइएको छ । उनको नाम भने सार्वजनिक गरिएको छैन । हाल यस विषयमा थप अनुसन्धान जारी रहेको जनाइएको छ । सप्ताहन्तमा विमानमा अर्को पनि मृत्युको घटना भएको थियो ।

अमेरिका आउँदै गरेको विमानमा यात्रुको मृत्युपछि क्यानडा डाइभर्ट

अमेरिका आउँदै गरेको विमानमा यात्रुको मृत्युपछि क्यानडा डाइभर्ट

नाइजेरियाली वायुसेनाका अवकाशप्राप्त एयर भाइस मार्शल प्रोफेसर ओसिटा ओबिएरिकाको लन्डनबाट अबुजाका लागि उडेको ब्रिटिश एयरवेजको उडानमा मृत्यु भएको थियो, जसका कारण विमान स्पेनको बार्सिलोनामा आकस्मिक अवतरण गर्न बाध्य भएको थियो ।

अवस्थाको अस्तव्यस्तताले यात्रुहरूबीच त्रास सिर्जना गरेको र जसको कारण एक गर्भवती महिलालाई मेडिकल आपतकाल भएको रिपोर्ट गरिएको छ। उनको अवस्था अज्ञात छ। ८० वर्षको हाराहारीमा रहेका भनिएका ओबिएरिका यूकेमा क्यान्सरको उपचार गराएर फर्कँदै थिए।





Source link

Leave a Comment