अमेरिकासँग प्रत्यक्ष वार्ता गर्न ईरानद्वारा अस्वीकार



प्रकाशित मिति : चैत्र १७, २०८१ आईतबार

ईरानले अमेरिकासँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरेको छ । तर ईरानले अमेरिकासँग अप्रत्यक्ष वार्ता गर्न भने तयार रहेको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष वार्ता गर्न ईरानी राष्ट्रपति मसौद पेजेश्कियनले अस्वीकार गरेको बताइएको छ ।

उनले ईरान वार्ताको विपक्षमा नभए पनि अमेरिकासँग सिधै वार्तामा बस्न नचाहने बताएका हुन ।

अमेरिकासँग प्रत्यक्ष वार्ता गर्न ईरानद्वारा अस्वीकार

अमेरिकासँग प्रत्यक्ष वार्ता गर्न ईरानद्वारा अस्वीकार

ट्रम्प प्रशासनले इरानले सम्झौतामा सहमति नगरे बम आक्रमण गर्ने धम्की दिदैं थप आर्थिक नाकाबन्दीको चेतावनी दिएको छ ।

इरानी राष्ट्रपति पेजेश्कियनले मन्त्रिपरिषद् बैठकपछि प्रत्यक्ष वार्ताका लागि अमेरिका पहिले आफ्नो गल्ती सुधार्नु पर्ने बताए ।

जबसम्म अमेरिकाले इरानको विश्वास जित्न सक्दैन, तबसम्म प्रत्यक्ष वार्ता सम्भव नरहेको उनले दावी गरेका छन ।

ईरानले अमेरिकी राष्ट्रपतिको पत्रको जवाफ ओमानमार्फत पठाएर प्रत्यक्ष वार्ताको प्रस्ताव अस्वीकार गरेको जानकारी गराएका छन ।

यसबीच अमेरिकी राष्ट्रपति ट्रम्पले यदि ईरानले सम्झौतामा सहमति जनाएन भने अमेरिकाले इरानमाथि बम आक्रमण गर्न सक्ने चेतावनी दिएका छन । उनले चार वर्षअघिजस्तै फेरि कडा आर्थिक नाकाबन्दी लगाउने बताए ।

अमेरिकासँग प्रत्यक्ष वार्ता गर्न ईरानद्वारा अस्वीकार

ईरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईका सल्लाहकार कमाल खराजीले अमेरिकासँग वार्ताका सबै ढोका बन्द नभएको बताएका छन ।

संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अनुसार आवश्यक आणविक सामग्री भएपनि ईरानले आणविक हतियार भने बनाउन लागेको देखिदैन ।

अमेरिकी प्रतिबन्धका कारण ईरानी अर्थतन्त्र कमजोर बनेको छ ।





Source link

Leave a Comment