प्रकाशित मिति : माघ २२, २०८१ मंगलबार
अमेरिकी पोस्टल सेवा ले चीनको मुख्यभूमि र हङकङबाट आउने पार्सललाई अस्वीकार गर्न थालेको छ । यो प्रक्रिया अस्थायी रूपमा रोकिएको बताइएको छ ।
कम्पनीको वेबसाइटमा प्रकाशित विज्ञप्तिमा पत्रहरूलाई यस निलम्बनले असर नगर्ने उल्लेख गरिएको छ ।
यो निलम्बन ‘अर्को सूचना नभएसम्म’कायम रहनेछ छ । पार्सल अस्वीकार गर्नुको कारण भने खुलाइएको छैन ।
यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट अमेरिका आयात गरिएका सबै वस्तुमा १० प्रतिशत थप शुल्क लगाउने निर्णय गरेपछि आएको हो ।
ट्रम्पको कार्यकारी आदेशले ८०० डलर वा सो भन्दा कम मूल्यका सामानहरूलाई बिना शुल्क र केही कर तिरे पुग्ने प्रावधान हटाइदिएको छ ।
पछिल्लो केही वर्षमा चिनियाँ शीन र टेमुले अमेरिकी ग्राहकहरूसम्म लाखौं वस्तुहरू पुर्याउने क्रम बढेको छ ।
अमेरिकामा ‘डे मिनिमिस’ मार्फत प्रवेश गर्ने सबै पार्सलमध्ये आधाको हिस्सा चीनबाट पठाइने गरेको सन २०२३ मा अमेरिकी कांग्रेसको चीन सम्बन्धी समितिको एक रिपोर्टमा उल्लेख गरिएको छ ।
अमेरिकी अधिकारीहरूले झोलाको माध्यमबाट देशमा प्रवेश गर्ने पार्सलहरूको ठूलो संख्याले अवैध वस्तुहरू पत्ता लगाउन कठिन बनाएको बताएका छन ।