अमेरिकाले इरानको परमाणु केन्द्र पूर्ण रुपमा नष्ट गर्न नसकेको प्रतिवेदन सार्वजनिक, ह्वाइट हाउसद्वारा खण्डन



प्रकाशित मिति : असार १०, २०८२ मंगलबार

A Douglas C-47 Skytrain, center, flanked by two P41 Fighters, perform a flyover during an event to honor the Army’s 250th anniversary, coinciding with President Donald Trump’s 79th birthday, Saturday, June 14, 2025, in Washington. (AP Photo/Mark Schiefelbein)

अमेरिकाले इरानमा गरेको बम हमलामा त्यहाँका परमाणु केन्द्र पूर्ण रुपमा नष्ट नभएको अध्ययन प्रतिवेदनले औल्याएको छ ।

प्रारम्भिक अमेरिकी गुप्तचर प्रतिवेदनका अनुसार अमेरिकी आक्रमणपछि इरानको आणविक कार्यक्रम केवल केही महिनाका लागि मात्र अवरुद्ध भएको देखाएको छ
राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेजस्तो इरानका परमाणु केन्द्रहरु “पूर्ण रूपमा ध्वस्त” नभएका देखिएको हो ।

यो रिपोर्ट रक्षा गुप्तचर एजेन्सी ले सोमबार सार्वजनिक गरेको हो । रिपोर्ट अनुसार अमेरिकी आक्रमणले फोर्डो, नतान्ज र इस्फहानस्थित आणविक केन्द्रहरूमा ठूलो क्षति पु¥याए तापनि ती केन्द्रहरु सम्पूर्ण रूपमा नष्ट भएका छैनन् ।

अमेरिकाले इरानको परमाणु केन्द्र पूर्ण रुपमा नष्ट गर्न नसकेको प्रतिवेदन सार्वजनिक, ह्वाइट हाउसद्वारा खण्डन

अमेरिकाले इरानको परमाणु केन्द्र पूर्ण रुपमा नष्ट गर्न नसकेको प्रतिवेदन सार्वजनिक, ह्वाइट हाउसद्वारा खण्डन

अमेरिकी हमलाअघि इरानले आफ्नो तयारी युरेनियमको केही अंश ती स्थलहरूबाट सारिसकेको थियो । साथै, युरेनियमलाई आणविक हतियारका लागि आवश्यक स्तरमा संवर्धन गर्न प्रयोग गरिने उपकरणहरू पनि अधिकांश जोगिएका रिर्पोटमा उल्लेख छ ।

विशेषगरी गहिरो भूमिगत फोर्डो युरेनियम संवर्धन केन्द्रमा अमेरिकी बी २ स्टेल्थ बमवर्षकले ३० हजार पाउन्ड तौलका बंकर बस्टर बम खसालेका थिए । त्यसले प्रवेशद्वार ध्वस्त पारेको छ भने सतही पूर्वाधार नष्ट गरेको छ । तर पनि भूमिगत संरचना भने बाँकी रहेको मूल्यांकन गरिएको छ ।

ह्वाइट हाउसले भने यो मूल्यांकनलाई “पूर्ण रूपमा गलत” भन्दै खण्डन गरेको छ । प्रेस सचिव क्यारोलिन लेविटले राष्ट्रपति ट्रम्पलाई अपमानित गर्ने प्रयास भएको बताइन । उनले मिशन पूर्ण रुपमा सफल बनाएका ती साहसी पाइलटहरूको अपमान यस प्रतिवेदनले गरेको उनले दाबी गरिन ।

https://www.youtube.com/watch?v=videoseries

सीआइए र राष्ट्रिय गुप्तचर निर्देशकको कार्यालय ले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । इजरायली सरकारले पनि औपचारिक मूल्यांकन सार्वजनिक गरेको छैन।

राष्ट्रपति ट्रम्पले हालैका दिनमा पटक–पटक आक्रमणपछि इरानका आणविक स्थलहरू “पूर्ण रूपमा ध्वस्त” भएको दाबी गर्दै आएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पनि “हामीले इरानको आणविक कार्यक्रम ध्वस्त पार्यौं” भन्दै ट्रम्पलाई धन्यवाद दिएका छन्।

अमेरिकाले इरानको परमाणु केन्द्र पूर्ण रुपमा नष्ट गर्न नसकेको प्रतिवेदन सार्वजनिक, ह्वाइट हाउसद्वारा खण्डन

ट्रम्पका विशेष दूत स्टिभ विटकोफले पनि “यो रिपोर्ट लीक हुनु देशद्रोह हो र यसको छानबिन हुनुपर्छ” भन्दै कडा प्रतिक्रिया दिएका छन् । बाह्य विशेषज्ञहरूका अनुसार इरानले सम्भवतः पहिले नै संवर्धित युरेनियम र महत्वपूर्ण उपकरणहरू अन्यत्र सारिसकेको थियो ।

अमेरिकी उपग्रह कम्पनी म्याक्सार टेक्नोलोजीजका अनुसार, आक्रमणअघि नै फोर्डो साइटमा ट्रक र बुलडोजरहरू देखिएका थिए । उनीहरूका अनुसार सुरुङहरूको प्रवेशद्वार माटोले ढाकिएको थियो।

इरानले अहिलेसम्म सार्वजनिक रूपमा आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण रहेको दाबी गर्दै आएको छ । संयुक्त राष्ट्रसंघीय आणविक निरीक्षण संस्थाका अनुसार, इरानसँग पर्याप्त युरेनियम छ । उक्त परिमाणको युरेनियमले चाहेमा धेरै आणविक बम बनाउन सकिन्छ ।

अमेरिकाको डीआइए द्वारा गरिएको प्रारम्भिक मूल्यांकनले इरानको आणविक कार्यक्रमलाई स्थायी रूपमा नष्ट पारिएको छैन भन्ने देखाएको छ ।

यदि अन्तर्राष्ट्रिय समुदाय सतर्क भएन भने इरानको आणविक कार्यक्रम पुनः सक्रिय हुन सक्छ भन्ने सन्देश यो प्रतिवदेनको रहेको देखिन्छ ।





Source link

Leave a Comment