प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार

विगत केही महिनादेखि विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका नेपाली युवा रमेश खड्काको गत फेब्रुअरी २४, २०२६ का दिन क्यालिफोर्नियास्थित लोमा लिन्डा अस्पतालमा उपचारका क्रममा असामयिक निधन भएपछि परिवारले सहयोगको अपिल गरेको छ ।
सन् २०१२ मा वैवाहिक बन्धनमा बाँधिनुभएका रमेशका श्रीमती निलम र १२ वर्षीया छोरी रोज हुनुहुन्छ। गत वर्षको सेप्टेम्बरमा अचानक पक्षघात भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो।
उपचारका क्रममा स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि अन्ततः मुटु, कलेजो, मिर्गौला र फोक्सो जस्ता महत्त्वपूर्ण अंगहरूले काम गर्न छाडेका थिए । यसका साथै उहाँ एनोक्सिक ब्रेन इन्जुरी र निमोनियाबाट समेत पीडित हुनुहुन्थ्यो।
लामो समयसम्म अस्पतालमा मृत्युसँग संघर्ष गर्नुभएका खड्काको फेब्रुअरी २४ का दिन दिउँसो २ बजेर १३ मिनेटमा निधन भएको जानकारी लस एन्जल्सबाट विष्णु प्रसाद शर्माले दिनुभएको छ।
अमेरिकामा आफ्नो नजिकको परिवार वा अन्य आफन्तहरू नभएका कारण शोकाकुल श्रीमती निलम अहिले ठूलो संकटमा छिन्। श्रीमानको अन्त्येष्टि कार्य सम्पन्न गर्न र १२ वर्षीया छोरीको भविष्य सुनिश्चित गर्न उनले नेपाली समुदाय र सहयोगी मनहरूसँग आर्थिक सहयोगको अपील गरेकी छिन्।
यस कठिन परिस्थितिमा परिवारलाई सघाउनका लागि गोफण्डमी अभियान सञ्चालन गरिएको छ। तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।