अमेरिकामा नेपाली भौतिकशास्त्रीहरूको सम्मेलनमा नोबेल पुरस्कार विजेता डा. कार्ल वाइमनको विशेष सम्बोधन

प्रकाशित मिति : श्रावण १९, २०८२ सोमबार

अमेरिकामा नेपाली भौतिकशास्त्रीहरूको सम्मेलनमा नोबेल पुरस्कार विजेता डा. कार्ल वाइमनको विशेष सम्बोधन

अमेरिकामा रहेका नेपाली भौतिकशास्त्रीहरूको संस्था ‘नेपाली भौतिकशास्त्रीहरूको अमेरिका सङ्घ (एएनपीए)’ ले आफ्नो आठौँ वार्षिक वैज्ञानिक सम्मेलन अमेरिकाको फेयरमोन्ट स्टेट युनिभर्सिटी (एफएसयू), नेपालस्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय भौतिकशास्त्र विभाग (सीडीपी), र वेबएक्स भर्चुअल मञ्चमार्फत सम्पन्न  गरेको छ। डा. टिकाराम न्यौपानेको संयोजकत्वमा आयोजित तीनदिने सम्मेलनमा नेपाल, अमेरिका, जापान, बेलायत, क्यानडा, भारत, दक्षिण कोरिया, र ताइवानलगायत विभिन्न देशका विश्वविद्यालयहरू, अनुसन्धान संस्थाहरू र उद्योगहरूमा कार्यरत प्राध्यापकहरू, वैज्ञानिकहरू, अनुसन्धानकर्ताहरू र विद्यार्थीहरूको सहभागिता रहेको थियो।

अमेरिकामा नेपाली भौतिकशास्त्रीहरूको सम्मेलनमा नोबेल पुरस्कार विजेता डा. कार्ल वाइमनको विशेष सम्बोधन

सम्मेलनमा सन् २००१ का नोबेल पुरस्कार विजेता भौतिकशास्त्री डा. कार्ल वाइमनले “भौतिकशास्त्र शिक्षामा वैज्ञानिक दृष्टिकोण” शीर्षकमा विशेष सम्बोधन गर्नुभयो। आफ्नो प्रस्तुतीकरणमा उहाँले वैज्ञानिक पद्धतिमा आधारित शिक्षण विधिको महत्त्व, परम्परागत शिक्षण शैलीका सीमाहरू, र नयाँ प्रविधि तथा अभ्यासहरूले विद्यार्थीहरूको सक्रिय सहभागिता, गहिरो बुझाइ र दीर्घकालीन सिकाइमा कसरी सकारात्मक प्रभाव पार्छ भन्ने विषयमा उदाहरणसहित प्रष्ट्याउनुभयो।

त्यसैगरी, मिसिसिपी राज्य विश्वविद्यालयका डा. दिपाङ्कर दत्तले “तीव्रता सीमामा आणविक भौतिकशास्त्र: एमईपी समूहका नेपाली भौतिकशास्त्रीहरूको भूमिका” शीर्षकमा मुख्य प्रस्तुतीकरण गर्नुभयो। उहाँले उच्च ऊर्जाको आणविक भौतिकशास्त्र अनुसन्धानमा नेपाली भौतिकशास्त्रीहरूको योगदान, एमईपी समूहका गतिविधिहरू, र अन्तर्राष्ट्रिय अनुसन्धान परियोजनाहरूमा बढ्दो संलग्नताबारे विस्तृत जानकारी दिनुभयो।

अमेरिकामा नेपाली भौतिकशास्त्रीहरूको सम्मेलनमा नोबेल पुरस्कार विजेता डा. कार्ल वाइमनको विशेष सम्बोधन

तीनदिने सम्मेलन अवधिमा १४ वटा वैज्ञानिक सत्रहरू सञ्चालन गरिए, जसमा संक्षेपित पदार्थ भौतिकशास्त्र, खगोल भौतिकशास्त्र, आणविक र उच्च ऊर्जा भौतिकशास्त्र, भौतिकशास्त्र शिक्षा अनुसन्धान, क्वान्टम सूचना लगायतका विविध क्षेत्रका अनुसन्धानहरू समेटिएका थिए। नेपालस्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय भौतिकशास्त्र विभागमा मौखिक र पोस्टर सत्रहरू सञ्चालन गरिएको थियो भने, एफएसयू र वेबएक्समा मौखिक प्रस्तुतीकरणको व्यवस्था गरिएको थियो।

यस वर्षको सम्मेलनमा तीन सयभन्दा बढी वैज्ञानिकहरू, अनुसन्धानकर्ताहरू र विद्यार्थीहरूको प्रत्यक्ष र भर्चुअल सहभागिता रहेको थियो। प्रत्येक दिन आयोजित वैज्ञानिक छलफल र अन्तरक्रियाले सम्मेलनलाई थप जीवन्त र अर्थपूर्ण बनाएको थियो।

अमेरिकामा नेपाली भौतिकशास्त्रीहरूको सम्मेलनमा नोबेल पुरस्कार विजेता डा. कार्ल वाइमनको विशेष सम्बोधन

अमेरिकामा नेपाली भौतिकशास्त्रीहरूको सम्मेलनमा नोबेल पुरस्कार विजेता डा. कार्ल वाइमनको विशेष सम्बोधन

विद्यार्थीहरूको सक्रिय सहभागितालाई प्रोत्साहन गर्न उत्कृष्ट विद्यार्थी प्रस्तुतकर्ता तीन जनालाई प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिएको थियो। साथै, काठमाडौँ उपत्यकाबाहिरबाट त्रिभुवन विश्वविद्यालयमा प्रत्यक्ष सहभागी भएका र अमेरिकाको फेयरमोन्ट राज्य विश्वविद्यालयमा प्रत्यक्ष सहभागी अनुसन्धानकर्ता र विद्यार्थीहरूलाई एएनपीएद्वारा यात्रा अनुदान प्रदान गरिएको थियो।

अमेरिकामा नेपाली भौतिकशास्त्रीहरूको सम्मेलनमा नोबेल पुरस्कार विजेता डा. कार्ल वाइमनको विशेष सम्बोधन

पोस्टर सत्रबाट उत्कृष्ट ठहरिएका तीन अनुसन्धानपत्रहरूलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो।सम्मेलनमा प्रस्तुत अनुसन्धानपत्रहरूमध्ये सहकर्मी समीक्षा प्रक्रियाबाट छनोट भएका उत्कृष्ट शोधपत्रहरू नेपाल भौतिक विज्ञान समाजको विशेष अङ्कमा प्रकाशित गरिनेछ।

Source link

Leave a Comment