अमेरिकामा झण्डै १०० नेपाली विद्यार्थीको भिसा रद्द भएको अनुमान, तुरुन्त देश छाड्न निर्देशन



प्रकाशित मिति : चैत्र २८, २०८१ बिहीबार

अमेरिकामा झण्डै १०० नेपाली विद्यार्थीको भिसा रद्द भएको अनुमान, तुरुन्त देश छाड्न निर्देशन

अमेरिकामा झण्डै १०० नेपाली विद्यार्थीहरूको भिसा र सेभिज रद्द भएको कानुन व्यवसायीहरूले अनुमान गरेका छन्। यो साता अमेरिकामा रहेका नेपाली विद्यार्थीहरूको व्यापक मात्रामा सेभिज रेकर्ड रद्द गरिएको कम्तीमा न्युयोर्कका ३ जना कानुन व्यवसायीहरूले खसोखासलाई जानकारी दिएका छन्। उनीहरूले भने, सेभिज रेकर्ड रद्द गरिएकामध्ये अधिकांशको सेभिज रेकर्ड यसै साता रद्द भएको पाइएको छ।

केही नेपाली विद्यार्थीहरूको भिसा दूतावासले रद्द गरेर विद्यार्थीहरूलाई इमेलमार्फत सूचना पठाएको छ भने केही नेपाली विद्यार्थीहरूको सेभिज रेकर्ड रद्द भएको जानकारी कलेजले इमेलमार्फत दिएको छ। सेभिज रेकर्ड अमेरिकाको सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरू र आगन्तुकहरूलाई ट्र्याक गर्न प्रयोग गर्ने एक डेटाबेस प्रणाली हो। यो प्रणालीले विद्यार्थी भिसा प्राप्त गरेका विद्यार्थीहरू र आगन्तुकहरूको जानकारी राख्छ। यो रेकर्ड खारेज गरिनुको अर्थ उनीहरूको भिसा स्थिति मान्य नरहनु हो। उनीहरूले अमेरिकामा कानुनी रूपमा बस्ने वा अध्ययन गर्ने अनुमति गुमाउन सक्छन्।

एक साताको अवधिमा मात्र सेभिज खारेज भएका २ दर्जनभन्दा बढी नेपाली विद्यार्थीहरूले आफूलाई सम्पर्क गरेको कानुन व्यवसायी अभिमा उप्रेतीले खसोखासलाई जानकारी दिइन्। उनले भनिन्, अचानक सेभिज खारेज भएको सूचना प्राप्त गरेका नेपाली विद्यार्थीहरू निकै आत्तिएका छन्। उनीहरूलाई के कारणले सेभिज खारेज गरिएको हो भन्नेबारे विस्तृत जानकारी दिइएको छैन। उनीहरूलाई स्टुडेन्ट एण्ड एक्सचेन्ज भिजिटर प्रोग्रामले सेभिज खारेज गरेको जानकारी दिइएको छ।

अमेरिकामा झण्डै १०० नेपाली विद्यार्थीको भिसा रद्द भएको अनुमान, तुरुन्त देश छाड्न निर्देशन

अमेरिकामा झण्डै १०० नेपाली विद्यार्थीको भिसा रद्द भएको अनुमान, तुरुन्त देश छाड्न निर्देशन

त्यस्तै कानुन व्यवसायी बासु फुलाराले कैयन नेपाली विद्यार्थीहरुको भिसा दूतावासले रद्द गरेर इमेलमार्फत सूचना पठाइसकेको र कलेजहरुले पनि विद्यार्थीहरुलाई सेभिज खारेज भइसकेको जानकारी दिएको खसाखोसलाई बताएका छन् । विद्यार्थीहरु अन्यौलको अवस्थामा रहेको र आफूहरुले कानूनी विकल्पहरुबारे विचार गरिरहेको उनले बताएका छन् ।

खसोखासले सेभिज खारेज गरिएका कम्तीमा आधा दर्जन सूचनाहरूको पुनरावलोकन गरेको छ। अधिकांश सूचनाको भाषा लगभग उस्तै भए तापनि केहीमा भने विद्यार्थीहरूलाई तुरुन्त अमेरिका छाड्न समेत भनिएको छ। सूचनामा सेभिज आई-२० रेकर्ड समाप्त गरिनुमा अन्य कारण उल्लेख गरिएको छ, जसमा व्यक्तिको आपराधिक रेकर्ड जाँचमा पहिचान भएको छ र/वा उनको भिसा रद्द गरिएको कारण सेभिज रेकर्ड खारेज गरिएको उल्लेख छ। सूचनामा आफ्ना विकल्पबारे छलफल गर्न अध्यागमन वकिललाई सम्पर्क गर्न सुझाव दिइएको छ।

कलेजको अन्तर्राष्ट्रिय शिक्षा कार्यालयले यो भिसा रद्द गर्ने र कानुनी रेकर्ड जाँच गर्ने नयाँ दृष्टिकोण भएको उल्लेख गर्दै यो बाहेक आफूहरूसँग हाल यस अवस्थाको बारेमा धेरै जवाफहरू नभएको सूचनामा उल्लेख गर्दै यस्तै खारेजीहरू देशभर भइरहेका जनाएको छ। क्याम्पसमा रोजगारी भएकाहरू पनि काम जारी राख्न योग्य नहुने सूचनामा उल्लेख छ।

त्यस्तै अर्को सूचनामा भनिएको छ, “सेभिज रेकर्डहरूको समीक्षा गरेपछि, म तपाईंलाई यो जानकारी गराउन पाउँदा दुःखी छु कि हामीले तपाईंको एफ-१ सेभिज स्थिति समाप्त भएको पाएका छौं। यस्तो देखिन्छ कि यो कारबाही अमेरिका सरकारले सुरु गरेको हो र विश्वविद्यालयलाई यसको निर्णयको बारेमा जानकारी गराइएको थिएन। खारेज गर्नुको कारण आपराधिक रेकर्ड जाँचको सम्बन्धमा हो। यी घटनाहरूको कुनै अतिरिक्त मिति वा विवरणहरू छैनन्।”

“यस समयमा म तपाईंलाई आफ्ना विकल्पहरू पूर्ण रूपमा बुझ्न र गैरकानूनी उपस्थितिको दिनहरू जम्मा हुनबाट बच्न अमेरिका छोड्ने व्यवस्था गर्न एक अध्यागमन वकिलसँग परामर्श गर्न दृढतापूर्वक सल्लाह दिन्छु। कुनै अनुग्रह अवधि छैन र तपाईंले एक वकिलसँग कुरा गर्नुपर्छ वा तुरुन्तै अमेरिका छोड्ने योजनाहरू कार्यान्वयन गर्नुपर्छ,” सूचनामा भनिएको छ।

अमेरिकामा झण्डै १०० नेपाली विद्यार्थीको भिसा रद्द भएको अनुमान, तुरुन्त देश छाड्न निर्देशन

त्यस्तै सूचनामा मानक अभ्यास जारी राख्दै आई-२० पुनर्स्थापना प्रदान नगरिने उल्लेख छ। एउटा सूचनामा भनिएको छ, “यदि तपाईं र तपाईंको वकिललाई पुनर्स्थापना सम्भव लागेमा तपाईंले आफ्नो समाप्त गरिएको रेकर्ड अर्को स्कूलमा स्थानान्तरण गर्न छनौट गर्न सक्नुहुन्छ। यद्यपि स्थानान्तरण गर्नु अघि तपाईंले सेभिज स्थानान्तरण अनुरोध गर्नु अघि पुनर्स्थापना प्रक्रियामार्फत तपाईंलाई सहयोग गर्ने सुनिश्चित गर्न तपाईंको नयाँ स्कूलको डीएसओलाई समाप्तिको कारण व्याख्या गर्न आवश्यक छ। तपाईंको सेभिज रेकर्ड स्थानान्तरण गर्न सेभिज स्थानान्तरण अनुरोध पेश गर्नुहोस्।”

प्रारम्भिक सेभिज रेकर्डको लागि आवेदन दिन सक्ने पनि एउटा सूचनामा उल्लेख छ। यसको अर्थ आफ्नो देश फर्केर आई-९०१ को शुल्क तिरेर विद्यार्थी भिसा अन्तर्वार्ताको लागि जाने रहेको प्रष्ट पारिएको छ। यदि यो विकल्प रोजमा भर्नाका लागि आवेदन दिनुपर्ने कलेजले विद्यार्थीलाई पठाएको सूचनामा उल्लेख छ।

अमेरिकामा झण्डै १०० नेपाली विद्यार्थीको भिसा रद्द भएको अनुमान, तुरुन्त देश छाड्न निर्देशन
कलेजले सेभिज खारेज भएको जानकारी सहित नेपाली विद्यार्थीलाई पठाएको सूचना

यदि समर वा फलको सेमेस्टरका लागि दर्ता भएमा ती पाठ्यक्रमहरू विद्यार्थीको तालिकाबाट हटाइएका जानकारी दिइएको छ। पुन: भर्ना प्रक्रिया पार गरिसकेपछि फेरि पाठ्यक्रमहरूको लागि दर्ता हुन सक्ने सूचित गरिएको छ। अमेरिका फर्कने कुनै इरादा नराखी आफ्नो डिग्री पूरा गर्न चाहनेले शतप्रतिशत अनलाइन ढाँचामा कोर्स रूपान्तरण गरेर त्यसो गर्न सक्ने विकल्प समेत दिइएको छ। सेभिज खारेज विश्वविद्यालयद्वारा नगरिएको प्रायः ती सूचनाहरूमा स्पष्ट पारिएको छ।

कलेजले सेभिज खारेज गरेर नेपाली विद्यार्थीलाई पठाएको अर्को एउटा सूचनामा एफ-१ भिसाका नियमहरू अनुसार सकेसम्म चाँडो अमेरिका छोड्नु पर्ने उल्लेख छ। समाप्तिको मितिबाट कुनै अनुग्रह अवधि नभएको तथा समयमै अमेरिका छोड्न असफल भएमा देशनिकालाको कारबाही र गैरकानूनी उपस्थिति दिनहरूको संचय हुन सक्ने उल्लेख छ। यद्यपि आप्रवासन समाप्ति वा उल्लङ्घनले तपाईंको शैक्षिक स्थितिमा कुनै प्रभाव नपार्ने भए पनि अध्यागमन अधिकारीले पक्राउ गर्ने र हिरासतमा राख्ने खतरा रहेको सूचनामा उल्लेख गरिएको छ।

एउटा सूचनामा भनिएको छ, “कृपया ध्यान दिनुहोस् कि सबै क्याम्पस भित्र वा बाहिर सबै वर्क परमिट तुरुन्तै समाप्त हुन्छ जब तपाईं वैध स्थितिबाट बाहिरिनुहुन्छ, र त्यो अनधिकृत रोजगारले तपाईंलाई अध्यागमन पुनर्स्थापनाको लागि अयोग्य बनाउनेछ, त्यसैले कृपया कुनै पनि रोजगार तुरुन्तै बन्द गर्नुहोस्।”

अमेरिकामा झण्डै १०० नेपाली विद्यार्थीको भिसा रद्द भएको अनुमान, तुरुन्त देश छाड्न निर्देशन
कलेजले सेभिज खारेज भएको जानकारी सहित नेपाली विद्यार्थीलाई पठाएको सूचना

अपील दायर गर्न इच्छुक भएमा तुरुन्तै अध्यागमन वकिललाई सम्पर्क गर्ने विकल्प रहेको सुझाव दिइएको छ। केही सूचनामा विद्यार्थीहरूलाई उपलब्ध स्रोतहरू र अधिकारबारे समेत जानकारी दिइएको छ। भिसा रद्दको सूचनाहरू विद्यार्थीहरूले भिसा आवेदन दिँदा प्रयोग गरेका व्यक्तिगत इमेल ठेगानाहरूमा पठाइँदै गरेकाले यदि कोही विद्यार्थीले कलेजलाई आफूले प्राप्त गरेका कुनै पनि सूचनाहरू दिन इच्छुक भएमा त्यसको कदर गर्ने कलेजले पठाएको एउटा सूचनामा उल्लेख छ।

त्यस्तै दूतावासले पनि नेपाली विद्यार्थीहरूलाई भिसा रद्द गरिएका जानकारीहरू पठाइरहेको विवरणहरू आफूहरूले प्राप्त गरेको कानुन व्यवसायी बासु फुलाराले जानकारी दिएका छन्। भारतीय दूतावासबाट भिसा जारी भएका नेपालीहरूले यस्तो सूचना प्राप्त गर्ने क्रम केही बढी देखिएको अनुभव फुलाराले खसोखासलाई बताएका छन्।

खसोखासले पुनरावलोकन गरेको दूतावासले विद्यार्थीलाई पठाएको एक कागजातमा भनिएको छ, “हामी तपाईंको गैरआप्रवासी विद्यार्थी भिसासम्बन्धी एक महत्त्वपूर्ण र गम्भीर विषयमा लेख्दै छौं।

अमेरिकामा झण्डै १०० नेपाली विद्यार्थीको भिसा रद्द भएको अनुमान, तुरुन्त देश छाड्न निर्देशन
दूतावासले विद्यार्थीलाई भिसा खारेज भएको जानकारी सहित पठाएको सूचना

अमेरिकाको विदेश मन्त्रालयको तर्फबाट, ब्यूरो अफ कन्सुलर अफेयर्स भिसा कार्यालयले तपाईंलाई सूचित गर्दछ कि तपाईंको भिसा जारी भएपछि थप जानकारी प्राप्त भएको छ। फलस्वरूप, अमेरिकाको आप्रवासन र राष्ट्रियता ऐनको धारा २२१(आई) अनुसार, तपाईंको विद्यार्थी भिसा रद्द गरिएको छ।”

आप्रवासन र राष्ट्रियता ऐन  (आईएनए) को सेक्शन २२१(आई) ले भिसा रद्द गर्ने सम्बन्धमा व्यवस्था गरेको छ। यसले विदेश मन्त्री वा कन्सुलर अधिकारीलाई कुनै पनि समयमा, आफ्नो विवेकमा, जारी गरिएको भिसा रद्द गर्ने अधिकार प्रदान गर्छ। मुख्य कुराहरूमा भिसा धारक अयोग्य वा प्रवेश गर्न नमिल्ने ठहरिएमा, जस्तै धोखाधडी, गलत जानकारी, आपराधिक गतिविधि, सुरक्षा चिन्ता, वा भिसा सर्तहरूको उल्लंघन जस्ता नयाँ जानकारीका आधारमा भिसा रद्द गर्न सकिन्छ।

रद्द भएपछि भिसा अमेरिका यात्राका लागि मान्य हुँदैन र यो रद्द भएको जानकारी विदेश मन्त्रालयको प्रणालीमा रेकर्ड हुन्छ। सामान्यतया भिसा धारकलाई सूचना पठाइन्छ, तर सूचना नपाए पनि रद्द प्रभावकारी हुन्छ। भिसा रद्द गर्ने निर्णयको विरुद्धमा सामान्यतया अपील वा न्यायिक पुनरावलोकनको अधिकार हुँदैन ।

ब्यूरो अफ कन्सुलर अफेयर्स भिसा कार्यालयले डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीको इमिग्रेसन एण्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) लाई यसबारे जानकारी दिएको समेत सूचनामा उल्लेख छ। सूचनामा भनिएको छ, “ब्यूरो अफ कन्सुलर अफेयर्स भिसा कार्यालयले डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीको इमिग्रेसन एण्ड कस्टम्स इन्फोर्समेन्ट (आईसीई) लाई जानकारी दिएको छ, जसले विद्यार्थी र आगन्तुक आदानप्रदान कार्यक्रमको व्यवस्थापन गर्छ र निर्वासन प्रक्रियाको जिम्मेवारी लिन्छ। उनीहरूले तपाईंको तोकिएको स्कूल अधिकारीलाई तपाईंको एफ-१ भिसा रद्द भएको बारे सूचित गर्न सक्छन्।”

अमेरिकामा वैधानिक आप्रवासन स्थिति बिना बस्नाले जरिवाना, हिरासत, र/वा देशनिकाला हुन सक्ने उक्त सूचनामा उल्लेख छ। सूचनामा चेतावनी दिँदै भनिएको छ, “यसले तपाईंलाई भविष्यमा अमेरिकी भिसाको लागि अयोग्य बनाउन सक्छ। कृपया ध्यान दिनुहोस् कि देशनिकाला यस्तो समयमा हुन सक्छ जसले देशनिकाला हुने व्यक्तिलाई आफ्नो सम्पत्ति सुरक्षित गर्न वा अमेरिकामा आफ्ना कामहरू सम्पन्न गर्न अनुमति दिँदैन। देशनिकाला हुने व्यक्तिहरूलाई उनीहरूको मूल देशबाहेक अन्य देशहरूमा पनि पठाउन सकिन्छ।”

यो अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै, भिसा रद्द भएका व्यक्तिहरूले अमेरिका छोड्ने आफ्नो मनसाय देखाउन सीबीपी होम नामको मोबाइल एप्लीकेशन प्रयोग गर्न सक्ने सुझाव समेत सूचनामा दिइएको छ। अमेरिका छोड्ने बित्तिकै आफ्नो राहदानी व्यक्तिगत रूपमा भिसा जारी भएको अमेरिकी दूतावास वा कन्सुलेटमा पेश गर्न र भिसा भौतिक रूपमा रद्द गराउन सुझाव समेत दिइएको छ।

अहिलेको भिसा रद्द गरिएकाले प्रयोग गर्न नसकिने र भविष्यमा अमेरिकामा यात्रा गर्न चाहेमा अर्को अमेरिकी भिसाको लागि आवेदन दिनुपर्ने समेत सूचित गरिएको छ। त्यतिबेला आवेदकको भिसा योग्यताको निर्धारण गरिने सूचनामा उल्लेख छ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School