प्रकाशित मिति : मंसिर १६, २०८२ मंगलबार

अमेरिकामा ग्रिन कार्डको अन्तर्वार्ता दिने क्रममा युएस इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) ले एकजनालाई पक्राउ गरेको छ। लस एन्जलसको डाउनटाउनमा ग्रिन कार्डको अन्तर्वार्ताका क्रममा ३९ वर्षीय श्रीमानलाई आइस ले नियन्त्रणमा लिएको उनकी श्रीमतीले बताएकी छिन्।
आइस का अधिकारीहरूले श्रीमान् तेहा ह्वाङलाई पक्राउ गरेको उनकी श्रीमती जेलेना डायाजले बताइन्। श्रीमानलाई आइस का अधिकारीहरूले पक्राउ गरेर लगेपछि आफू आत्तिएको अवस्थामा रहेको उनले बताइन्। श्रीमान्सँग भेट्न र कुराकानी गर्न अधिकारीहरूले नदिएको उनको दाबी रहेको छ।
ह्वाङ तीन महिनाको उमेरमा अमेरिका आएका थिए। उनको कुनै पनि आपराधिक रेकर्ड छैन। उनी र उनकी श्रीमतीले विवाह गरे र सबै नियम पालना गर्दै अन्तर्वार्ताका लागि गएकै दिन यस्तो घटना भएको हो।
कानुनी विशेषज्ञहरूका अनुसार अन्तर्वार्ताका लागि गएका धेरै मानिसहरू अहिले नियन्त्रणमा परिरहेका छन्।
“धेरै मानिसहरू अहिले अन्तर्वार्ता दिन डराउँछन्। उनीहरू जान चाहँदैनन्। आइस को नियन्त्रणमा परे के गर्ने भनेर उनीहरू योजना बनाइरहेको अवस्थामा रहेको” आप्रवासन वकिलहरूको भनाइ रहेको छ।
ती जोडीले ग्रिन कार्डका लागि आफ्नै बचत रकम खर्च गरेका थिए। अहिले वकिलहरूलाई शुल्क तिर्न उनीहरूलाई कठिन भइरहेको छ। उनको अर्को अदालत सुनुवाइ मार्च २०२६ मा तोकिएको छ।
यसअघि आफ्नो ६ महिनाको बच्चासहित ग्रिन कार्डको अन्तर्वार्ता दिन उपस्थित बेलायती नागरिक केटी पाउललाई सान डिएगोस्थित अमेरिकी नागरिकता तथा अध्यागमन सेवा कार्यालयमा आइस का अधिकारीहरूले पक्राउ गरेका थिए।
छ महिनाको बच्चा बोकेर उनी अन्तर्वार्ता दिन उपस्थित भएकी थिइन्। बच्चा च्यापेर अन्तर्वार्ता दिन पुगेका बेला आइस ले उनलाई पक्राउ गरेको हो।
उनका पति पाउल समेत ग्रिन कार्ड अन्तर्वार्ताका लागि कार्यालयमा पुगेका थिए। उनी ग्रिन कार्ड स्वीकृतिको अन्तिम चरणमा थिए। तर आइस अधिकारीहरू भित्र आए र ६ महिनाको छोरा काखमा लिएकी उनलाई पक्राउ गरे, पाउलले भनेका छन्।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
