अमेरिकामा कहाँ कसरी मनाइयो अमेरिकाको २४८ औं जन्मदिन? फोटो फिचर

प्रकाशित मिति : असार २१, २०८१ शुक्रबार

अमेरिकामा कहाँ कसरी मनाइयो अमेरिकाको २४८ औं जन्मदिन? फोटो फिचर

फोर्थ जुलाई । अर्थात् अमेरिकाको २४८  औं स्वतन्त्रता दिवस । २४८  बर्ष अगाडि ब्रिटिस साम्राज्यको भागको रुपमा नरहेको भन्दै छुट्टै देशका रुपमा संयुक्त राज्य अमेरिकाको घोषणा गरिएको थियो । सन् १७७६ मा अमेरिकी संसदले स्वतन्त्रताको घोषणापत्र स्वीकार गरेको थियो भने संयुक्त राज्य अमेरिकाको घोषणा गर्दै १३ वटा अमेरिकन उपनिवेशहरुलाई बेलायती साम्राज्यबाट मुक्त गरेको थियो ।

संसदले अमेरिकी स्वतन्त्रताको घोषणापत्रमा जुलाई २ मा मतदान गरेपनि हरेक बर्ष फोर्थ जुलाईलाई अमेरिकामा स्वतन्त्रता दिवसका रुपमा मनाइदै आएको छ ।
सन् १७७६ को जुलाई २ सम्म अमेरिका बेलायतको १३ औं उपनिवेशका रुपमा रहेको थियो । उक्त दिन स्वतन्त्रताको घोषणामा मतदान भएपनि केही शब्दमा भएको विवादपछि जुलाई ४ मा स्वतन्त्रताको घोषणापत्रको अन्तिम दस्तावेज पारित गरिएको थियो ।

त्यसअगाडि अमेरिकामाथि बेलायती कब्जा थियो । बेलायती कानुनको विभेदपूर्ण व्यवहारका कारण अमेरिकीलाई बेलायती शासन मनपरेको थिएन। यहि क्रममा सन् १७७४ मा १३ मध्ये १२ उपनिवेशका प्रतिनिधिहरू पेन्सलभानिया राज्यको फिलाडेल्फियामा भेला भए । जर्जियाका प्रतिनिधिमात्र अनुपस्थित थिए । यी उपनिवेशमा बेलायत विरुद्ध लड्ने तयारी भइरहेको थियो। अनि बेलायत विरुद्ध युद्ध पनि शुरु भयो। सन् १७७५ मा कंग्रेस बस्दा युद्ध चलिरहेको थियो। उक्त कंग्रेसले थोमस जेफरसन र अन्य ज्ञातालाई स्वतन्त्रताको घोषणापत्र तयार गर्ने जिम्मेवारी दियो।

जेफरसनले घोषणापत्र तयार पारेपछि जोन एडम्स्, बेन्जामिन फ्र्याङ्कलिनसहितको समितिलाई मूल्यांकन गर्न दिनुभयो। उक्त समितिले घोषणा पत्रमा केही संशोधन गरेपछि कंग्रेसमा पढेर सुनाइयो। अमेरिकामा शुरूमा १३ राज्यहरू मात्र थिए। ती डेलावर, पेन्सलभेनिया, न्यू जर्सी, जर्जिया, कनेक्टिकट, मासाचुसेट्स, मेरिल्याण्ड, साउथ क्यारोलाईना, न्यु ह्याम्सर, भर्जिनिया, न्यु योर्क, नर्थ क्यारोलाईना र रोड आइल्याण्ड हुन् । बेलायतको उपनिवेशबाट अमेरिकालाई स्वतन्त्र बनाउने शुरुका यी १३ राज्य हुन्।

फोर्थ जुलाई अमेरिकामा कहाँ कहाँ कसरी मनाइयो ? हेर्नुहोस् तस्वीरमा ।

अमेरिकामा कहाँ कसरी मनाइयो अमेरिकाको २४८ औं जन्मदिन? फोटो फिचर

मेसीको ४ जुलाईको फायरवर्कसले न्युयोर्क सिटीमा एम्पायर स्टेट बिल्डिङको पृष्ठभूमिको रूपमा रातको आकाशलाई उज्यालो बनायो । सन् १९७६ देखिको फायरवर्कसको परम्परा यस पटक हडसन नदीको बार्जबाट सुरु गरिएको थियो, जुन एक दशकसम्म ईष्ट रिभरबाट गरिएको थियो । (एडम ग्रे /गेट्टी/ एएफपी)

अमेरिकामा कहाँ कसरी मनाइयो अमेरिकाको २४८ औं जन्मदिन? फोटो फिचर

अमेरिकामा कहाँ कसरी मनाइयो अमेरिकाको २४८ औं जन्मदिन? फोटो फिचर

बिहीबार वाशिंगटनमा स्वतन्त्रता दिवस समारोहको समयमा नेशनल मल र वाशिंगटन स्मारक माथि फायरवर्कस । (एपी फोटो/मार्क स्किफेलबेन)

अमेरिकामा कहाँ कसरी मनाइयो अमेरिकाको २४८ औं जन्मदिन? फोटो फिचर

जुलाई ४, २०२४ मा भर्जिनियाको अर्लिङ्गटनमा रहेको युएस मरीन कोर्प्स वार मेमोरियलको क्षेत्रबाट देखिएको वाशिंगटन, डीसीको नेशनल मलमा स्वतन्त्रता दिवसको फायरवर्कस । (एन्ड्रयू क्याबालेरो रेनोल्ड्स / एएफपी)

अमेरिकामा कहाँ कसरी मनाइयो अमेरिकाको २४८ औं जन्मदिन? फोटो फिचर

लस एन्जलसमा स्वतन्त्रता दिवस मनाउने क्रममा मानिसहरू सडकमा फायरवर्कस गर्दै। (फोटो:  एटियेन लॉरेंट/एएफपी )

अमेरिकामा कहाँ कसरी मनाइयो अमेरिकाको २४८ औं जन्मदिन? फोटो फिचर

होबोकेन न्यू जर्सीबाट देखिएको स्वतन्त्रता दिवसको फायरवर्कस  (केना बेटानकुर / एएफपी )

अमेरिकामा कहाँ कसरी मनाइयो अमेरिकाको २४८ औं जन्मदिन? फोटो फिचर

होबोकेन न्यू जर्सीमा स्वतन्त्रता दिवसको फायरवर्कस कार्यक्रम अघि हडसन नदीको किनारमा मानिसहरू भेला  (केना बेटानकर / एएफपी )

अमेरिकामा कहाँ कसरी मनाइयो अमेरिकाको २४८ औं जन्मदिन? फोटो फिचर

फायरवर्कस  प्रदर्शन हुनु अघि न्यूयोर्क प्रहरी विभागका हेलिकप्टरहरू हडसन नदीमा एम्पायर स्टेट बिल्डिंग पार गर्दै। (केना बेटानकर / एएफपी )

अमेरिकामा कहाँ कसरी मनाइयो अमेरिकाको २४८ औं जन्मदिन? फोटो फिचर

बोस्टनको एस्प्लेनेडमा रहेको ह्याच मेमोरियल शेलमा प्रस्तुती दिदै माभेरिक्स (एपी फोटो/माइकल ड्वायर)

अमेरिकामा कहाँ कसरी मनाइयो अमेरिकाको २४८ औं जन्मदिन? फोटो फिचर

ज्याकी वाशबर्न स्ट्याचु अफ लिबर्टीको लुगा लगाएर बोस्टनको एस्प्लेनेडमा ह्याच मेमोरियल शेलमा बोस्टन पप्स फायरवर्क्स स्पेक्टाक्युलरमा नाच्दै। (फोटो एटियेन लॉरेंट/एएफपी )

Source link

Leave a Comment