अमेरिकामा कल्याणकारी कोष ठगीको राष्ट्रव्यापी कारबाही: म्यासाचुसेट्समा ११ गैरकानुनी आप्रवासीसहित १५ जना पक्राउ



प्रकाशित मिति : ४ असार २०८३, बिहिबार

अमेरिकामा कल्याणकारी कोष ठगीको राष्ट्रव्यापी कारबाही: म्यासाचुसेट्समा ११ गैरकानुनी आप्रवासीसहित १५ जना पक्राउ

अमेरिकामा कल्याणकारी कोष ठगी विरुद्धको राष्ट्रव्यापी कारबाही यस हप्ता म्यासाचुसेट्स राज्यमा पुगेको छ । अमेरिकी करदाताको करबाट सञ्चालित सरकारी सहायता कार्यक्रमहरूबाट १४ लाख डलरभन्दा बढी चोरी गरेको आरोपमा संघीय अधिकारीहरूले १५ जनालाई पक्राउ गरेका छन् । पक्राउ परेकामध्ये ११ जना गैरकानुनी आप्रवासी रहेका छन् ।

अमेरिकी जस्टिस डिपार्टमेन्टका अनुसार, आरोपीहरूले ‘स्न्याप’ खाद्य सहायता, ‘मासहेल्थ’, सामाजिक सुरक्षा अपाङ्गता भत्ता, आवास सहायता र बेरोजगारी भत्ता जस्ता सरकारी कार्यक्रमहरूबाट जालसाजी गरी रकम कुम्ल्याएका थिए ।

आरोपी १५ मध्ये ११ जना गैरकानुनी रूपमा बसोबास गरिरहेका विदेशी नागरिक हुन् । उनीहरूमध्ये केहीले पक्राउबाट बच्न र सरकारी सुविधा लिन अरूकै पहिचान चोरी गरेका थिए, कार्यवाहक सहायक महान्यायाधिवक्ता कोलिन म्याकडोनाल्डले बोस्टनमा आयोजित पत्रकार सम्मेलनमा भने ।

अधिकारीहरूका अनुसार, म्यासाचुसेट्सका एक आरोपी हेरिबर्टो रोड्रिगेजले मात्रै ‘मासहेल्थ’, सामाजिक सुरक्षा र आवास सहायता लगायतका कार्यक्रमबाट ५ लाख ४६ हजार डलरभन्दा बढीको ठगी गरेका छन् । अन्य धेरै संदिग्धहरूले पनि झुटा विवरण र पहिचान चोरी गरेर हजारौँ डलर सरकारी सहायता रकम लिएका थिए ।

म्याकडोनाल्डले यस प्रकारको अपराधले सरकारी ढुकुटी मात्रै नसिकाएर, वास्तविक रूपमा सहयोग आवश्यक परेका अमेरिकी नागरिकहरूलाई समेत मर्कामा पारेको बताए ।पहिचान चोरी भएका कारण वास्तविक हकदारहरूले समयमा सरकारी सुविधा पाउन सकेनन्, उनले थपे, “गैरकानुनी आप्रवासीहरूले उनीहरूको नाम र पैसा दुवै खोसेका कारण अमेरिकी नागरिकहरू नै ती कार्यक्रमहरूबाट वञ्चित हुन पुगे।

अमेरिकामा कल्याणकारी कोष ठगीको राष्ट्रव्यापी कारबाही: म्यासाचुसेट्समा ११ गैरकानुनी आप्रवासीसहित १५ जना पक्राउ

म्यासाचुसेट्सकी अमेरिकी अधिवक्ता लिआ फोलेका अनुसार, गत जनवरी महिनादेखि यता मात्रै संघीय अभियोजकहरूले ठगी सम्बन्धी मुद्दाहरूमा ६५ भन्दा बढी आरोपीहरू विरुद्ध मुद्दा दायर गरिसकेका छन्, जसमा कुल ५ करोड ६० लाख डलरभन्दा बढीको नोक्सानी भएको दाबी गरिएको छ। विगत सात महिनाको तथ्याङ्क हेर्दा कुल ठगी रकम करिब ६ करोड ३० लाख डलर पुगेको छ।

फोलेले यस घटनालाई राज्यभर फैलिएको लगामहीन र अनियन्त्रित ठगीको प्रमाण भन्दै आलोचना गरिन्। देशमा गैरकानुनी रूपमा बसेर पनि निःशुल्क खाना, आवास, स्वास्थ्य उपचार र मासिक भत्ता पाइने ठाउँ संसारमा कहीँ छैन । तर, म्यासाचुसेट्समा भने बिना कुनै डर र जबाफदेहिता जति पनि सरकारी सुविधा चोर्न पाइने स्थिति देखिएको छ,उनले भनिन्।

यो अनुसन्धान ‘होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेशन्स’  र विभिन्न महानिरीक्षकको कार्यालयहरूको सहयोगमा भएको हो । ट्रम्प प्रशासन अन्तर्गत यो कारबाही अझै जारी रहने र आगामी दिनमा थप पक्राउ र मुद्दाहरू दायर हुने अधिकारीहरूले चेतावनी दिएका छन् । हामीले जति गहिरिएर हेर्दैछौँ, त्यति नै धेरै ठगी फेला परिरहेको छ, म्याकडोनाल्डले भने, हाम्रो कामको यो त सुरुवात मात्र हो।





Source link

Leave a Comment